२० साउन ,कोहलपुर बाँके।
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने कि नगर्ने भन्ने बिषयमा छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू र विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन्।
कोरोना भाइरसबाट संक्रमितको संख्या बढेसँगै प्रधानमन्त्री ओलीले उनीहरूसँग छलफल गरेका हुन्। अहिले पनि बालुवाटारमा छलफल जारीनै रहेको छ। छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञहरू, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत उपस्थित छन्।
छलफलका लागि ओलीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मा रहेका मन्त्री, सचिव र अन्य विज्ञ तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूलाई बोलाएका छन्।
©2023 Rapti Pahichan. All rights reserved.