१९ साउन ,कोहलपुर बाँके।
विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा वितरित खाजामा किरैकिरा भेटिएको छ।
किरैकिरा भेटिए पछि त्यहाँ उपचाररत कोरोना संक्रमितहरूले विरोध जनाएका छन् । केन्द्रमा सोमबार बिहान दिइएको खाजामा किरा भेटिएको हो । बिहान ७ बजे खाजामा दिइएको मटरमा किरैकिरा देखेपछि खान नसकेको एक संक्रमितले जानकारी दिएकि छिन। पेसाले स्वास्थ्यकर्मी ती संक्रमितले यस्तो बेला रोग प्रतिरोधक क्षमता बढाउने खाना दिइनुपर्नेमा चिल्लो–पिरो पुरी र तरकारी दिइएकोमा समेत आश्चर्य प्रकट गरिन् ।
खानादेखि शौचालयको सरसफाइसम्म विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड उक्त केन्द्रले पूरा नगरेको उनले बताइन् ।केन्द्र संयोजक ज्ञानबहादुर बस्नेतले खाना पकाउने क्रममा भएको मानवीय त्रुटिले यस्तो हुन गएको बताएका छन्।
६० जना संक्रमित रहेको उक्त केन्द्रको व्यवस्थापन प्रदेश १ सरकारले हेर्ने गरेको छ। प्राविधिक जनशक्ति र अन्य सहयोग भने संघीय सरकारअन्तर्गतको कोसी अस्पतालले उपलब्ध गराउँदै आएको छ।
कोभिड–१९ उपचार केन्द्रमा संक्रमितलाई दिइने खाना स्वास्थ्य मापदण्डअनुरुप नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले बताए । प्रदेश १ सरकार अन्तर्गत उक्त केन्द्र रहे पनि त्यहाँ कार्यरत कोसीका चिकित्सकहरू र सरोकारवाला अधिकारीलाई संक्रमितलाई तोकेको मापदण्डअनुरूप स्वास्थ्यवर्धक खाना वितरण गर्न सुझाव दिएको जानकारी दिए।
©2023 Rapti Pahichan. All rights reserved.