दाङ्ग तुलसीपुर, १८ साउन ।
तुलसीपुर उपमहागनरपालिकाले १० वटा शवदाह स्थलमा स्मार्ट सोलार जडान कार्य सुरु गरेको छ । ११ लाख ७५ हजार लागतमा ९ वटा वडाको १० स्थानमा सोलार जडान सुरु गरेको तुलसीपुर उपमहानगरपालिकाले जानकारी दिएको छ ।
तुलसीपुर स्थित ग्वारखोलाको रातपरा (वडानं–४) बबई खोला (वडानं–११) काला खोला (वडानं–७), ग्वार खोला (वडानं–१९), संग्राम खोला (वडानं–१८) चौवा खोला (वडानं–१७) मा सोलार जडान गरिसकेको सोलार बत्ती जडान उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर बस्नेतले जानकारी दिए ।
बाँकी रहेका अश्वाराको गहतेखोला (वडानं–८), भमके खोला र पातु खोलाको चार स्थानमा एक हप्ता भित्रै जडान कार्य सकिने बिराट इनर्जी प्रालिका इन्जिनियर युवराज आचार्यले जानकारी दिनुभएको छ । रातमा बल्ने र दिउँसोमा आफै निभ्ने स्वचालित सोलार बत्तीको सौर्य पातामा २० बर्ष र व्याट्री, कन्भटर र बत्तीमा ५ बर्ष ग्यारेन्टी रहेको इन्जिनियर आचार्यले बताउनुभयो ।
सोलार जडान भएसंगै अब रातबिरातमा पनि सजीलै शव जलाउन सकिने भएकाले मृत्यु पछि घरमा राख्नु पर्ने बाध्यता हट्ने उपमहानगरपालिकाका प्रवक्ता श्याम डाँगीले बताउनुभयो ।
‘सोलार जडान भएसंगै स्थानीहरु पनि खुशीले दंग भएका छन् । मोबाईलको लाईट बालेर शव जलाउनु पर्ने बाध्यता पनि हटेको छ,’ प्रवक्ता डाँगीले भन्नुभयो–‘सुनसान मसानघाट अब उज्यालो हुँदा डर पनि भाग्ने र काम पनि सजीलै हुन्छ । ’
©2023 Rapti Pahichan. All rights reserved.