१८ साउन ,कोहलपुर बाँके।
भेरी अस्पतालमा आज गरिएको चेकजाँचमा १२ जनामा थप संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालका अनुसार, नयाँ संक्रमण भएकोमा आर्मी अस्पताल राँझाका एक जना चिकित्सक सहित ३ जना, अदालतका ५ जना, खजुराका १ जना रहेका छन्।
आइतबार मात्र मुलकभर २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् ।कारोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको आशंका गर्दै भिड नियन्त्रणका लागि बाँके जिल्लामा आजबाट निषेधित क्षेत्र जारी गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले संक्रमण समुदायस्तरमा फैलिएको अवस्था देखिएको औल्याउँदै निषेधाज्ञाको पालना गर्न आव्हान गरेका छन् । स्थानीय प्रशासनले हटस्पट पहिचान गरि सिल गर्ने योजना बनाइएको छ । त्यसका लागि सम्बद्धहरुसँग छलफल भइरहेको बताइएको छ ।
©2023 Rapti Pahichan. All rights reserved.