१५ साउन ,कोहलपुर बाँके।
बाँके जिल्लाको खजुरा गाउपालिका मा बुधबार युवाहरु बीच झडप भएको छ । झडपमा परि एक युवा घाइते भएका छन् ।
बुधबार दिउँसो करिब एक बजेको समयमा खजुरा गाउँपालिका वडा नं–३ स्थित बजारमा भएको झडपमा परि बिचु भनिने विजय खत्री घाइते भएका छन् ।
घाइते विजयको निधारमा खुकुरी प्रहार गरिएको छ । खत्रीको स्थानीय मेडिकलमा उपचार गरिदै छ ।
ठेक्कापट्टाको कमिशन रकम बाँडफाँडको विषयलाई लिएर युवाबीच झडप भएको बताइएको छ । तर प्रहरीले भने आफुहरुलाई सो बिषयमा जानकारी नभएको बताएको छ ।
पहिलेदेखिको रिसिईबीका कारण युवाबीच त्यस्तो भएको इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पोषण थपलियाले बताए।
घट्नाका पिडित र पिडक स्थानीय डन को रुपमा परिचित किरण क्षेत्रि कै समूहका रहेका छन् । घटनामा संलग्न किरण क्षेत्रि ,सचिन बि .क ,सुनिल बि.क लाई प्रहरी ले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यलाय बाँकेका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरिक्षक सुवास खड्काले जानकारी दिए ।
प्रहरीले २ वटा माेटरसाईकल र एक थान खुकुरी समेत बरामद गरेको छ ।
©2023 Rapti Pahichan. All rights reserved.