१३ साउन ,कोहलपुर बाँके।
पूर्वप्रधानमन्त्री तथा पञ्चायतकालका हस्ती सूर्यबहादुर थापाका छोरा तथा पूर्वमन्त्री सुनील थापा काँग्रेस प्रवेश गरेका छन् । उनीसहित राप्रपा परित्याग गरेका रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाह, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नारायण राउत र ईन्द्रबहनदुर तामाङ पनि काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरु सबै राप्रपाका प्रभावशाली नेता भएकाे बताइएकाे छ ।
आज १४ नेता काँग्रेसमा प्रवेश गरेका र अन्य जिल्लाबाटै प्रवेश गर्ने बताइएको छ । आज पार्टी प्रवेश गर्ने सबैलाई काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता प्रदान गरेका छन् भने उपसभापति बिमलेन्द्र निधिले पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति निधिले लामो छलफलपछि थापा लगायतलाई पार्टी प्रवेश गराउन सफल भइएको बताए । आजको दिन ऐतिहासिक भएको समेत बताउँदै निधिले सूर्यबहादुर थापाको खुलेर प्रशंसा गरे ।
सूर्यबहादुर थापाको राजनीतिबारे पक्ष र विपक्षमा वहस भए पनि नेपाली राजनीतिकमा उनको ठूलो योगदान रहेको निधिले बताए ।
©2023 Rapti Pahichan. All rights reserved.