१३ साउन ,कोहलपुर बाँके।
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी समिति बैठक स्थगित गरेपनि इतर समूहले त्यसलाई अस्वीकार गर्दै बोलाएकाे स्थायी समिति बैठक सकिएको छ ।
बालुवाटारमा बसेको बैठकले अहिले पार्टीभित्र देखिएको संकटको अवस्थालाई निकास दिन र ओलीसँग सहमति गर्न कार्यकारी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको छ । बैठकमा २९ स्थायी समिति सदस्य र २ जना आमन्त्रित सदस्य सहभागी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
ओलीले बैठक स्थगित गर्नु सही नभएकाले बैठक बसेको भन्दै श्रेष्ठले सोअनुसार ओली समूहलाई पनि बैठकमा सहभागी हुन आग्रह गरेपनि अस्वीकार गरेको बताए ।
©2023 Rapti Pahichan. All rights reserved.