११ साउन ,कोहलपुर बाँके।
नेपालगंज को यातायात व्यवस्था कार्यालय का कम्प्युटर अपरेटर २२ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। यातायत कार्यालयमा ९ गते लिएको स्वावको आज नतिजा आएको हो।
बाँकेमा सेवाग्राहीको भिड भाड हुने कार्यालय का कर्मचारीमा कोरोना देखिएको छ। त्यसैगरि फिल्ड मा खटिने एक एनजीओकर्मिमा पनि कोरोना देखिएको छ।
यी घटनाले सेवाग्राही छाप हुने कार्यालयका कर्मचारी संगै घर बाहिर हिड्दा जो कहिले सावधानी अपनाउनु पर्ने जरुरि देखिएको छ। शुरुवाती दिनमा क्वारेन्टाइन मा फोकस गरिएको र भारतबाट आएर कवारेन्ताइन बसेका व्यक्ति लाइ मात्र कोरोना देखिएपनि पछिलो दिनमा कार्यालय पसलमा कम गर्ने लाई कोरोना देखिएको छ।
©2023 Rapti Pahichan. All rights reserved.