१० साउन , कोहलपुर बाँके।
बर्दिया जिल्लाको ५५ वर्षीय एक संचारकर्मीसहित २ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा गुलरिया नगरपालिकाकाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।
क्वारेन्टिनमा नबसेका एक जना ५५ बर्षिय सञ्चारकर्मी र क्वारेन्टिमा बस्दै आएका १९ बर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कृष्ण गोपाल चौधरीले जानकारी दिए ।
जिल्लामा कोरोना संक्रमितको संख्या २ सय २६ पुगेको छ भने निको भएर १ सय ९६ जना घर फर्केका छन् भने आइशोलेशनमा ३० मात्र रहेका छन् ।
©2023 Rapti Pahichan. All rights reserved.