राप्ति पहिचान डटकम समाचारदाता
तुलसीपुर १० मङ्सिर २०८०, यस अघिको अंकमा वार्षिक २ करोड १० लाख ६ हजार ८ सय रुपैयाँ राजश्व उपमहानगरले गुमाई रहेको खुलासा भएको थियो भने उपमहानगरले राजश्वका दायरा भित्र राखेका ३ शिर्षकमा थप अनुसन्धान गर्दा हाल सम्म तुलसीपुर उपमहानगरले ४० लाख बढी रकम थप गुमाई रहेको तथ्य फेला परेको छ | राप्ती पहिचान डटकमका समाचार श्रोत
अनुसन्धान तथा विश्लेषण अधिकृतको टिम ले १७ दिन लगाएर गरेको अनुसन्धान बाट यस्तो तथ्य फेला पारेको हो | नेपालको संबिधान २०७२ को धारा २२८ को उप धारा २ मा स्थानीय सरकारले नियम बनाएर संघीय र प्रदेश सरकार लाई असर नपर्ने गरी कर वा सेवा शुल्क लिन पाउने ब्यबश्था गरेको छ भने संबिधान को धारा उप धारा लाई आधार मानी लागु गरिएको स्थानीय
सरकार संचालन ऐन २०७४ को दफा ११ को[ घ ] मा स्थानीय कर,सेवा शुल्क तथा दस्तुर शिर्षक राखेर स्थानीय स्तरमा सेवा शुल्क वा कर लगाउन पाउने नीतिगत ब्यबश्था गरेको छ | त्यही ऐन लाई आधार मानी तुलसीपुर उपमहानगरले आर्थिक ऐन जारी गरी आफ्नो करार हाता भित्र संचालनमा रहेका वा संचालन हुन् अनुमती लिन आउने कम्पनी वा कम्पनीका शाखा हरुका
लागी सेवा शुल्क वा कर निर्धारण गरेको छ | उपमहानगरले कर निर्धारण गरेका ३ वटा शिर्षक मध्य बैंक, बिमा कम्पनी र संचार सेवा प्रदायक कम्पनी हरु उपमहानगरको करको दायरामा छन् कि छैनन् भनी अनुसन्धान गर्दा उपमहानगर भित्र संचालनमा रहेका ७ वटा ईन्टरनेट प्रदायक कम्पनी का शाखा हरु दर्ता बिना नै संचालनमा रहेको पाईएको छ भने २ वटा ईन्टरनेट, टिवी
तथा फोन प्रदायक कम्पनी पनी दर्ता बिनै संचालनमा रहेको पाईएको छ | यसरी उपमहानगरमा दर्ता बिनै संचालनमा रहेका ईन्टरनेट,टी वि तथा फोन प्रदायक कम्पनी हरु नेपाल टेलिकम र एन सेल कम्पनी रहेका छन | उपमहानगरको क्षेत्र भित्र नेपाल टेलिकम का २७ वटा टावर छन् भने एन सेल कम्पनीका ३१ वटा टावर छन् | ती टावर अनुमती र दर्ता बिनै राखिएको पाईएको
छ | उपमहानगरको आर्थिक ऐन २०७९ कै मापदण्ड अनुसार ती कम्पनी ले ब्यबशाय दर्ता शुल्क १ लाख रुपैयाँ र नबिकरण शुल्क वार्षिक ५० हजार रुपैया र टावर राख्न अनुमती शुल्क प्रती टावर ५ हजार रुपैया, नबिकरण शुल्क प्रती टावर वार्षिक ३ हजार रुपैयाँ बुझाउनु पर्ने देखिए पनी उनी हरुले त्यसो नगरी उपमहानगर लाई कर छल्दै आई रहेको पाईएको हो | यसरी यी
दुरसंचार प्रदायक दुइ कम्पनी मध्ये नेपाल टेलिकमले दर्ता शुल्क १ लाख नबिकरण शुल्क २०७४ देखी २०८० साल सम्म ७ वर्षको ३ लाख ५० हजार,टावर राख्न अनुमती शुल्क २७ वटा टावरको १ लाख ३५ हजार र टावर राख्ने नबिकरण शुल्क प्रती वर्ष ३ हजारका दरले २७ वटा टावरको २०७४ देखी २०८० साल सम्म ७ वर्षको ५ लाख ६७ हजार रुपैयाँ गरी नेपाल टेलिकमले मात्रै
११ लाख ५२ हजार रुपैयाँ उपमहानगर लाई कर छली गरेको देखिन आएको छ |त्यस्तै एनसेल कम्पनीका उपमहानगर क्षेत्र भित्र ३१ वटा टावर राख्न प्रती टावर ५ हजारका दरले अनुमती शुल्क १ लाख ५५ हजार रुपैयाँ,टावर नवीकरण शुल्क प्रती टावर वार्षिक ३ हजारका दरले २०७४ साल देखी २०८० साल सम्म ७ वर्षको ३१ वटा टावरको नवीकरण शुल्क ६ लाख ५१ हजार
रुपैयाँ,ब्यबशाय नवीकरण शुल्क प्रती वर्ष ५० हजारका दरले २०७४ साल देखी २०८० साल सम्म ७ वर्षको ३ लाख ५० हजार रुपैयाँ गरी ११ लाख ५२ हजार बढी रुपैया कर छली गर्दै आई रहेको पाईएको हो | यसै गरी तुलसीपुर क्षेत्रमा ईन्टरनेट प्रदायक कम्पनी मध्ये वेब सरबर,सुबिसु ,भायो नेट,डीश होम,म्याक्स,, एभरेस्ट नेट, टिबि लिंक गरी ७ वटा ईन्टरनेट प्रदायक कम्पनी
बिना दर्ता वर्षौं देखी संचालनमा रहेका छन् भने उपमहानगरको आर्थिक ऐन २०७९ को मापदण्ड अनुसार यी कम्पनी हरुले २०७४ साल देखी २०८० साल सम्म ब्यबशाय दर्ता शुल्क र ब्यबशाय नबिकरण शुल्क लगायत ९ लाख २५ हजार रुपैयाँ कर छली गरेको देखिन्छ | त्यस्तै बैंक तर्फ रास्ट्रीय वानिन्ज्य बैंक र नेपाल बैंक लिमिटेड पनी बिना दर्ता नै संचालनमा रहेको पाईएको छ |उपमहानगरको आर्थिक ऐन २०७९ को मापदण्ड अनुसार यी बैंक ले ब्यबशाय दर्ता शुल्क २५-
२५ हजार रुपैयाँ र ब्यबशाय नबिकरण शुल्क २०७४ साल देखी २०८० साल सम्म प्रती वर्ष २० हजार रुपैयाँका दरले हुन् आउने रकम २ लाख ९० हजार रुपैयाँ कर छली रहेको पाईएको हो | यस्तै उपमहानगरमा दर्ता भएका तर नबिकरण शुल्क नतिरेका बैंक मध्ये सिभिल बैंक, एभरेस्ट बैंक,राप्ती भेरी बिकास बैंक,भार्गव बिकास बैंक,एन् आई सी एशिया बैंक, र देव बिकास बैंक
रहेका छन् | यी बैंक हरुले आफ्नो बैंकिंग ब्यबशाय नबिकरण शुल्क नबुझाउन्दा ६ लाख ७० हजार रुपैयाँ उपमहानगरले राजश्व गुमाई रहेको पाइएको छ | बिमा कम्पनी तर्फ अजोड इन्स्योरेन्स,नेशनल लाईफ, एशियन लाईफ, नेको ईन्स्योरेंस,प्रभु इन्स्योरेन्स, सानिमा लाईफ गरी ६ वटा बिमा कम्पनी हरुले पनी नबिकरण शुल्क तिरेका छैनन् भने यस बाट उपमहानगरले १ लाख ५२
हजार रुपैयाँ राजश्व गुमाई रहेको पाईएको छ | यसरी उपमहानगरले गुमाई रहेको राजश्व जोड्दा जम्मा ४० लाख ७० हजार रुपैयाँ देखिन्छ | यसै बिषयमा हामीले नेपाल बैंक लिमिटेड तुलसीपुर शाखा सह प्रबन्धक सन्दिप पन्थी र रा बा बैंक लिमिटेड तुलसीपुर शाखा प्रबन्धक बिनोद पाण्डे लाई कार्यकक्षमै भेटेर उपमहानगर लाई राजश्व किन नबुझाएको? भन्ने प्रश्न गर्दा
अहिले सम्म हामी लाई समेत थाहा थिएन अब छिट्टै उपमहानगरमा हाम्रा बैंकिंग ब्यबशाय दर्ता हुने कुरा बताए | यसमा हाम्रो मात्रै कमजोरी हैन उपमहानगरले पनी खोजीनिती गर्नु पर्थ्यो, किन नगरेको होला? भन्ने प्रती प्रश्न गरे | यसरी संबिधान,ऐनमा भएका कर उठाउन पाउने ब्यबश्था समेत लाई बेवास्ता गर्दै उपमहानगरको राजश्व शाखा निरिह जस्तै बसेर ड्युटी बजाई रहेको
छ भने त्यहाँ कार्यरत कर्मचारी हरुले सरकारी ढुकुटी बाट मासिक तलब थापी रहेका छन् |यसै सम्बन्धमा के भएको हो भनी सोधनी गर्न हामीले तुलसीपुर उपमहानगरपालिका का राजश्व अधिकारी ललित बहादुर घर्ती लाई फोन सम्पर्क गर्दा उनको फोन उठेन |यस बारे उपमहानगरमा कस कसलाई जिम्मेवार ठानी प्रतिक्रिया माग्ने की नमाग्ने भन्ने हाम्रो समाचार सम्पादन टिमले
छलफल गर्दा उपमहानगरको नगर सभा बाट पारित गरिएको आर्थिक ऐन अन्तर्गत राजश्व उठाउने जिम्मा लिएका जिम्मेवार ब्यक्ती तथा तुलसीपुर उपमहानगरका राजश्व अधिकारी ललित बहादुर घर्ती नै भएकाले अन्य अधिकारी हरु संग प्रतिक्रिया माग्नु तर्क संगत नहुने निष्कर्ष निक्लेकाले उपमहानगरका अन्य पदाधिकारी वा अधिकारी हरु संग थप प्रतिक्रिया मागीएन |
रमा बुढा मगर –======
दाङ,४ मंसिर २०८०। दाङमा एकै घरका दाजुभाई मृत फेला परेका छन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ बर्षीय पूर्ण बहादुर बस्नेत र भाइ ३० बर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन्
उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे । पूणर् परिवारका साँइला र टेकबहादुर कान्छा सञ्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रशाद पोखरेलले बताए ।
मृतक टेकबहादुरकी श्रीमति रुकुम पश्चिम स्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाई छ । मंगलबार मात्रै शव निकालेर पोष्टमार्टम गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलको भनाई छ ।यसै बारेमा थप जानकारी लिनका लागी हामीले ईलाका प्रहरी कार्यालय तुलसिपुरमा फोन गर्दा अहिले
सब-ईन्सपेक्टर तारा रेउले को कमाण्डमा घटना स्थलमा प्रहरी खटीई गई घटना स्थल सुरक्षित राखिएको कुरा ईलाका प्रहरी कार्यालय तुलसीपुर का प्रहरी निरीक्षक नवराज के सी ले राप्ती पहिचान लाई बताए | हत्या भएको हो की अन्य कुनै कारण हो जसका कारण उनी हरु मृत भेटीए भन्ने हाम्रो अर्को प्रश्नमा अहिले प्रहरीले शव हरुको प्रकृती मुचल्का उठाउने काम गरी
नसकेको र भोली मात्रै मृतक टेक बहादुर बस्नेत की श्रीमती घटना स्थल आई पुगे पछी शव को प्रकृती मुचल्का उठाउने र पोस्टमार्टम का लागी पठाउने भएकाले त्यस पछी मात्रै हत्या भएको वा अन्य कुनै कारण भन्ने बारे भन्न सकिने कुरा के सी ले अगाडी भने |
४ मङ्सिर २०८०, करिब डेढ दशक खाडी मुलुकमा बसेर काम गर्दा ठेला उठेको रित्तो हात र सात लाख रूपैयाँ ऋण बोकेर घर फर्किंदा म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली डाँडाखानीका धनबहादुर श्रीष निराश थिए। उनलाई त्यसबेला छोराछोरीको शिक्षादीक्षा, पालनपोषण र घरायसी खर्च कसरी जुटाउने भन्ने चिन्ताले पिरोलिरहेको थियो।
उनले घरको आगनमा खेल्दै गरेका स्थानीय जातका बाख्राबाटै व्यावसायिक बाख्रापालन गर्ने सोच बनाएर २०६८ सालमा जग्गा धितो राखेर एउटा बोएर बाख्रा खरिद गरे। कुनै समय विदेशमा रहँदा पैसा कमाउनु त कताकता उल्टै ऋण लागेपछि त्यही ऋण तिर्न घरमै जसोतसो गरेको बाख्रापालन अहिले पैसा आउने मूल स्रोत बनेको छ।
स्थानीय जातका बाख्रामा क्रस गर्दै बोएर बाख्राको स्रोत केन्द्र आफ्नै घरमा बनाएर बोयर बाख्रापालनबाट करोडपति भएका श्रीष अहिले भने निराश छन्।
तीन वर्ष अगाडिसम्म श्रीषले साढे तीन लाख मूल्यमा बिक्री गरेको विशुद्ध बोयर जातका बोकाको मूल्य अहिले ८० हजारमा झरेको छ। बोयर बाख्रा खरिद गर्न श्रीषको फार्ममा तँछाडमछाड गरिरहेका दृष्यहरू अहिले देखिँदैनन्।
अहिले फार्ममा भएका खैरो र सेतो रङ मिसिएको दुई वटा बोकासहित बोयर जातका सत प्रतिशत शुद्ध बाख्रा र पाठापाठीलाई रोजेर ८० हजार नै दिन्छन्। पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म प्रा लि बाट बाख्रा पाल्न सुरू गरेका श्रीसले नेपालभरि बिक्री गर्दै आएका छन्।दुई/तीन वर्ष पहिले बोयरका बोका र पाठीलाई दुई लाख रूपैयाँमा बिक्री गर्दा वार्षिक ६० लाख रूपैयाँको कारोबार गरेका श्रीषले अघिल्लो वर्ष १२ लाखको मात्रै कारोबार गरेको बताए।
‘गाउँघरमा युवाहरू छैनन्, बाख्रापालन गरेका युवाहरू पनि विदेश लागे, अहिले बोयरजातका बाख्राको बजार धेरै तल झरिसक्यो’ अगुवा कृषक श्रीषले भने।श्रीसले आफ्नो फार्ममा करिब दुई करोड लगानी रहेको बताए। फार्ममा पाठाहरू जन्माउने १५ वटा माउ बाख्रा र अन्य साना पाठापाठी छन्। अफ्रिकन जातको बाख्रापालनको मोडललाई प्रयोग गरिरहेका उनले जन्मदर
बढी हुने, छिटो तौल बढ्ने, बाली लाग्ने, कम रोग लाग्ने, दूध–मासु दुवैका लागि प्रयोग हुने, आकर्षक र कसिलो शरीर हुने लगायतका विशेषता यसजातका बाख्राबाट छोटो समयमा नै मनग्य कमाइ गरेको अनुभवसमेत उनीसँग छ।
अहिले बोयर जातिका बोकालाई उत्पादन बढाउन छोडेर मासुको रूपमा प्रयोग गरेको बताए। नश्ल सुधारका लागि दुईवटा बोका फार्ममा पालिरहेका श्रीषले मासुका लागि प्रयोग गर्ने तयारी गरेको बताए।
फार्मका २० वटा बोयर जातका बाख्रा म्याग्दी र बाहिरी जिल्लाका कृषकलाई पाल्न दिएको बताए । करिब तीन दशकसम्म बाख्रापालन गर्ने लक्ष्यसहित ६० रोपनी जग्गामा घाँस खेती गरेका श्रीषले युवा पलायनको असर बाख्रापालनमा देखिएको बताए।
‘अहिले धेरै बाख्रापालक कृषक निराश छन्, ‘एकवर्ष यस्तै भए धेरै बाख्रा फार्म बन्द हुन्छ’ म्याग्दीकै नमुना बाख्रापालक समेत रहेका श्रीषले भने। उनले सामुदायिक बनजंगलको चरन क्षेत्र प्रयोगको वातावरण नहुँदा धेरै युवा कृषकहरू महँगोमा घाँस किन्न बाध्य भएको बताए।
आर्थिक संकट, युवाको पलायन, बाख्रापालनमा लागेकालाई अनुदानसहित सहुलियत कर्जा, कृषि र पशुपालनमा सरकारी निकायबाट बजेट विनियोजनमा गरिएको बेवास्ताका कारण बाख्रापालनमा लागेकाहरू पलायन भएको बताए।
२०६८ सालदेखि बाख्रा पालन गरेका श्रीसले स्थानीय जातका बाख्रापालन छोडेर जिल्लामै पहिलो पटक बोयर पालन सुरू गरेका थिए। उनको फार्म र बाहिर पाल्न दिएको गरी करिब एक करोड मूल्य बराबरको बोयर बाख्रा बिक्री नहुदाँ समस्यामा छन्।
साभार: नागरिक दैनिक
राप्ति पहिचान डटकम समाचारदाता
तुलसीपुर २९ कार्तिक २०८०,गुट उपगुट उपगुटको पनी सहायक गुटको गुटबन्दीको असर बाट ग्रस्त दाङ माओवादी भित्र फेरी बिबादको चुरो चुलिएको छ | प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आफ्नै पार्टीको बैठकबाट गरिएको सिफारिस विपरीत राप्ती प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त गरेपछि माओवादी केन्द्रमा विवाद सुरू भएको छ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्वास्थ्यमन्त्री राजु खनाल नेपाल बाहिर रहेको बेला कार्यवाहक मुख्यमन्त्रीको हैसियतमा अर्थमन्त्री मास्कीले मन्त्रिपरिषद बैठक राखेर प्रदेशका १३ वटा अस्पतालमा अध्यक्ष नियुक्त गरेका थिए।
गत कात्तिक २३ गतेको मन्त्रिपरिषद बैठकबाट आफ्नै भान्जी-ज्वाइँ समेत रहेका सल्यानका दीपकबहादुर शाहलाई राप्ती प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त गरेपछि माओवादी केन्द्र दाङका नेता कार्यकर्ताहरू असन्तुष्ट बनेका छन्।
मुख्यमन्त्री र विभागय मन्त्री समेत नेपाल बाहिर भएको मौका पारी कार्यवाहक मुख्यमन्त्रीको हैसियतमा अस्पतालका अध्यक्षहरू नियुक्त गरेको भन्दै सार्वजनिक रूपमै मन्त्री मास्कीको आलोचना भइरहेको थियो। त्यसैमाथि उनकै पार्टीले अर्कै व्यक्तिलाई अध्यक्ष बनाउन गरेको सिफारिस विपरीत लुम्बिनी प्रदेश बाहिरका आफ्नै भान्जी-ज्वाइँलाई अस्पताल विकास समितिको अध्यक्ष बनाएपछि मन्त्री मास्कीले मनपरी गरेको भन्दै माओवादी कार्यकर्ता असन्तुष्ट बनेका हुन्।
अस्पताल विकास समितिहरूमा पद खाली भएपछि सरकारले पदाधिकारी नियुक्त गर्ने चर्चा चलेको थियो। त्यसपछि नेकपा माओवादी केन्द्र, तुलसीपुर उपमहानगर कमिटीले राप्ती प्रादेशिक अस्पतालको अध्यक्षमा स्थानीय शशिकिरण ढकाललाई नियुक्त गर्न सिफारिस गरेको थियो।
गत कात्तिक १४ गते बसेको नगर कमिटिको बैठकले नगर पार्टी कार्यालय सदस्य समेत रहेका ढकाललाई अध्यक्ष नियुक्त गर्न माओवादी केन्द्र, लुम्बिनी प्रदेशलाई सिफारिस गरेको थियो। माओवादी केन्द्र, लुम्बिनी प्रदेशका अध्यक्षलाई सम्बोधन गरी पठाइएको सिफारिस पत्रमा नगर समिति अध्यक्ष खुसीराम चौधरी र सचिव तुलाराम भण्डारी ‘बारूद’ ले संयुक्त रूपमा
हस्ताक्षर गरेका थिए। जिल्ला पार्टीलाई बोधार्थ पनि दिइएको थियो।तर मन्त्री मास्कीले नगर समितिले गरेको सिफारिस विपरीत अध्यक्ष नियुक्त गरे।माओवादी केन्द्र, दाङका अध्यक्ष सुवास पुनले अस्पतालको अध्यक्ष नियुक्त गर्दा जिल्ला पार्टीसँग कुनै समन्वय नगरिएको बताए। पार्टीभित्र नगर कमिटी नै कार्यकारी रहने भएकाले नगर समितिले नै अस्पतालको अध्यक्ष नियुक्तिका
लागि सिफारिस गरेको उनले बताए। तर जिल्ला पार्टीसँग मन्त्री मास्कीले समन्वय नै नगरी अर्कै प्रदेशका व्यक्तिलाई अध्यक्ष नियुक्त गरेको उनले बताए।मैले पनि समाचार सार्वजनिक भएपछि बल्ल थाहा पाएँ। नगर समितिले गरेको सिफारिस विपरीत मन्त्रीज्यूले अर्कै व्यक्तिलाई अध्यक्ष नियुक्त गर्न हुने थिएन। किन गर्नुभयो थाहा भएन,’ उनले भने।
पार्टीले अध्यक्षका लागि सिफारिस गरेका शशिकिरण ढकालले प्रदेश कमिटीले नगर कमिटीलाई अध्यक्षका लागि व्यक्तिको नाम सिफारिस गर्न भने पनि मन्त्रीले आफ्नै भान्जी-ज्वाइँलाई अध्यक्ष नियुक्त गरेर पार्टीमा काम गरेका कार्यकर्तामाथि अन्याय गरेको बताए।पार्टीले कि त व्यक्तिको नाम सिफारिस गरेर पठाउन भन्न हुने थिएन। नाम सिफारिस भएपछि किन बाहिरबाट
अर्कै व्यक्तिलाई नियुक्त गरियो? त्यसबारे मन्त्रीज्यूले पार्टीमा प्रस्ट्याउनुपर्छ,’ उनले भने।ढकालले आगामी मंसिर ५ गते बस्ने पार्टीको जिल्ला कमिटी बैठकमा यस विषयमा कुरा उठाउने बताए।नाम बताउन नचाहने नगर कमिटिका अर्का एक सदस्य पनि मन्त्री मास्कीको निर्णयविरूद्ध पार्टीमा उजुरी दिने बताए।पार्टीको बैठकमा यो विषयलाई एजेन्डा बनाएर लैजाने मात्र होइन,
मन्त्रीको मनपरीविरूद्ध उजुरी दिने तयारीमा छौं, ती सदस्यले भने।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अति नजिकका रहेकै कारण मन्त्री मास्कीले एकलौटी निर्णय गरे पनि त्यसविरूद्ध आफूहरू बोल्न नडराउने ती सदस्यले बताए।
‘नगर समिति बैठकले तुलसीपुरकै शशिकिरण ढकाललाई अध्यक्ष बनाउन सिफारिस गरेको थियो। पार्टी कमिटी बैठकको माइन्युट नै त्यही हो। मन्त्रीले अर्कै व्यक्तिलाई नियुक्त गरे पनि हामी त्यसलाई मान्दैनौं,’ उनले थपे।अध्यक्ष नियुक्त भएका दीपकबहादुर शाह पार्टीभित्र त्यति सक्रिय नभएको तर पहुँच र नातावादका कारण नियुक्ति दिइएको ढकालले गुनासो गरे।
पहिलो कुरा त पार्टीको सिफारिस विपरीत भयो। अर्को कुरा उहाँ पार्टीभित्र सक्रिय पनि हुनु हुन्न। उहाँ लुम्बिनी प्रदेशको मतदाता समेत होइन, ढकालले भने।शाह कर्णाली प्रदेशको सल्यान जिल्लाको शारदा नगरपालिका वडा नम्बर १५ का स्थायी बासिन्दा हुन्। गएको स्थानीय तहको निर्वाचनमा सोही वडाको अध्यक्षका उम्मेदवार बनेका उनी एमालेका लोकमान बुढाथोकीसँग पराजित भएका थिए।
शाहलाई हाल दाङको बबई गाउँपालिका वडा नम्बर ४ को ठेगाना तोकेर अस्पतालको अध्यक्ष पदको नियुक्ति पत्र दिइएको छ। उनले तुलसीपुरमा निजी स्कुल चलाउँदै आएका छन। मन्त्रीको मनपरी वा गलत निर्णय जे सुकै भए पनी दाङ माओवादी भित्रको बिबाद भने छताछुल्ल हुने गरी सतहमा आएको छ | यो घटनाले माओवादी भित्र परिवारवाद हावी हुँदै आएको कुरा पनी प्रस्ट देखिएको छ |
रमा बुढा मगर -====
तुलसीपुर २६ कार्तिक २०८०, दाङको तुलसीपुर ४ मा यात्रु वाहक जिप पल्टिंदा जिपमा सवार १४ जना घाईते भएका छन् | तुलसीपुर ३ साजवास कल्ले बाट तुलसीपुर बजार तर्फ आउंदैन गरेको यात्रु वाहक जिप विपरित दिसा बाट आई रहेको अटो लाई बचाउन खोज्दा दुर्घटनामा परेको थियो | दुर्घटनामा परी तुलसीपुर ३ का ३५ वर्षीय अम्मर बस्नेत, तुलसीपुर ३ राम्री की ४५
वर्षीय अमृता थापा ,तुलसीपुर ३ सिद्दधारा की धन कुमारी घर्ती, तुलसीपुर ३ कल्ले का पुष्प बोहरा घाईते भएका हुन् | यसै गरी घाईते हुनेमा तुलसीपुर ३ टुनापानी का ४२ वर्षीय नर बहादुर थापा, तुलसीपुर ३ राम्री की २३ वर्षीय टिका कुमारी राना, तुलसीपुर ३ कल्ले का २५ वर्षीय सुवास पुन कल्ले कै ५ वर्षीय निश्चल पुन, तुलसीपुर ३ राम्री की ४० वर्षीय कमला घर्ती,तुलसीपुर ३
टुनापानी की शान्ती पुन, टुनापानी कै वर्ष २२ की रेजिना पुन र वर्ष ३ की आकृती पुन रहेका छन् | यसै गरी अन्य घाईते हरुमा सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ धैरेनी की वर्ष १७ की सुस्मिता बोहरा र वडा नम्बर ४ धनाबांग का २३ वर्षीय करण बोहरा रहेको कुरा ईलाका प्रहरी कार्यालय तुलसीपुर ले जानकारी दिएको छ | सबै घाईते हरुको अवश्था हाल लाई सामान्य रहेको कुरा तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल प्रशासनले जानकारी गराएको छ |
तुलसीपुर २४ कात्तिक २०८० । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर भित्र बसोबास गर्ने गरिब नागरिहरुका लागी राज्य सुविधा परिचयपत्र अर्थात गरिब परिचयपत्र बनाउन सुरु गरेको छ । भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आयोजना गरेको कार्यक्रम अन्र्तगत नगरवासीहरुबाट गरिब नागरिक छनौट गरी गरिब परिचयपत्र वितरण गर्ने
तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्युपानेले जानकारी दिनुभएको छ । उहाका अनुसार केन्द्र सरकारले नै गरिबलाई राज्य सुविधा परिचयपत्र (गरिब परिचयपत्र) दिने निर्णय गरेकाले विभिन्न सुचकका आधारमा गरिब छनौट गरिने भएको छ । यसका लागी आज बिहिबारबाट ३२ जना गणक र ४ जना सुपरिवेक्षक गरी जम्मा ३६ जनालाई प्रशिक्षण दिएर
प्रत्यक घरघरमा खटाएको सूचना अधिकारी न्युपानेले जानकारी दिनुभयो । उक्त गणकहरुले अबको ४ महिनाको अवधिमा नगरवासीको व्यक्तिगत, पारिवारिक, आथीक लगाएत विविध विवरणहरु संकलन गरेर ल्याएपछी सो विवरण मन्त्रालयमा पठाउने उहाले बताउनुभयो । मन्त्रालयले विभिन्न सुचकको आधारमा तत्याङ्क विश्लेषणको काम सम्पन्न गरी सुचि तयार पारेर
नगरपालिकालाई पठाएपछी त्यसलाई सम्पुर्ण वडाहरुमा सूचना टास गरेर दाबी विरोधको समय दिने र त्यसपछी अन्तिम नतिजा निकाल्ने उहाको भनाई छ ।यसले गर्दा नगरपालिकामा गरिबको संख्या कति छ भन्ने बारे जानकारी हुने हुदा उनीहरुको जिवनस्तर सुधारमा सहज हुने अपेक्षा लिइएको छ । साथै उनीहरुलाई राज्यले दिने सेवासुविधामा छुट्टै सहुलियतको समेत
सुविधा रहने भएको छ । पछिल्लो समय गरिबीलाई आर्थीक रुपमा मात्रै नजोडेर बहुआयामिक गरिबीको रुपमा परिभासित गरिएको उहाले बताउनुभयो । यसमा दैनिक हुने आम्दानी सँगै स्वास्थ्य, शिक्षामा पहुच, मानिसको जिवनस्तर, दैनिक कृयाकलाप लगाएत १० वटा क्षेत्रमा रहेर यसको गरिबी छुट्याउने मापदन्ड तयार पारिएको उहाले बताउनुभयो । देशका अधिकांश
पालिकाहरुमा यो कार्यक्रम लागु भइसकेको भन्दै उहाले तुलसीपुरमा पनि २०७६ सालमा सुरु गर्ने भनिएकोमा कोरणा लगाएतका कारणले गर्दा ढिलो गरी यसवर्षबाट सञ्चालनमा आएको बताउनुभयो । वास्तविक गरिब नागरिकहरुले सत्य तथ्य जानकारी दिएर गरिब परिचयपत्र बनाई राज्यबाट पाइने सेवासुविधामा सहुलियत प्राप्त गर्न पनि उहाले सम्पुर्ण नगरवासीलाई आग्रह समेत गर्नुभएको छ ।
काठामाडौं २२ कार्तिक २०८०
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि तीन साता लामो मध्यपहाडी राजमार्ग केन्द्रित अभियान गर्दैछ। झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको अभियानको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने र अभियानमा पदयात्रा, साना–ठूला सभा, उद्योगी, व्यवसायी, बुद्धिजीवीहरूसँग अन्तरक्रियालगायत १२–१५ प्रकारका गतिविधि गर्ने योजना रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
‘नेपाल हिमाल, पहाड, तराई तीनवटा भौगोलिक संरचनाले बनेको मुलुक हो। त्यसमध्ये पहाड सबैभन्दा बढी भूभाग ओगट्ने, जैविक विविधता, कृषि, पशुपालन, जलस्रोतको भण्डार आदिका दृष्टिले महत्त्वपूर्ण भूभाग हो,’ उनले भने, ‘पहाडी भूभाग सामाजिक–सांस्कृतिक विविधताको क्षेत्र पनि हो। यही कुरालाई ध्यानमा राखेर पार्टीले पहाडी क्षेत्रको विकासका सन्दर्भमा महत्त्वपूर्ण योजना पनि बढाउँदै आएको छ। मध्यपहाडी लोकमार्ग बनाउने, त्यो लोकमार्गमा १० वटा आधुनिक सहर निर्माण गर्ने यी सबै कुराहरू हाम्रा योजनाभित्रकै विषयहरू हुन्।’
ज्ञवालीले पहाडी क्षेत्रलगायत देशका विभिन्न भूभागमा पछिल्लो समय एउटा विरोधाभाष देखिएको बताए। त्यसलाई अन्त्य गर्न पनि अभियानको जरूरी भएको उनले औंल्याए।
‘के देखिएको छ भने पहाडी क्षेत्रमा विकास र पूर्वाधारहरू पर्याप्त पुगेका छन्। तर, विकास गाउँतिर पस्ने, पहाडतिर पस्ने, नागरिकहरू तराई, सहर, अझ पछिल्लो समय त विदेशतिर बसाइँसराइँ गर्ने जुन एउटा विरोधाभाष छ, त्यसलाई अन्त्य गर्न जरूरी छ,’ उनले भने।
पहाडको विकासमा चुनौती के हुन्? जसले पहाडको बसाइँसराइँलाई कम गर्न सकिन्छ, भनेर पहिल्याउन आवश्यक भएको र अभियान त्यसैको कडी भएको ज्ञवालीले सुनाए।
‘पहाड समृद्ध नहुञ्जेलसम्म राष्ट्र समृद्ध हुन सक्दैन, विकासका समस्याहरूको पहिचान गर्दै, पहाडको समृद्धिलाई अगाडि बढाउने यो अभियानको एउटा महत्त्वपूर्ण उद्देश्य हुने छ,’ उनले भने।
अभियानको ध्येय सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने रहेको उनले बताए।
‘अहिले विभिन्न कोणबाट देखापर्न थालेका संकीर्ण अतिवादी सोचहरूलाई निस्तेज गर्ने र बलियो राष्ट्रिय एकताको आधार निर्माण गर्ने यसको दोस्रो उद्देश्य हुने छ,’ उनले भने।
त्यस्तै एमालेले २०८० साललाई कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको सन्दर्भमा हीरक जयन्तीकारूपमा मनाउँदै छ। अभियानका माध्यमबाट कम्युनिस्ट पार्टी स्थापना यता गरेका कामहरूका बारेमा नागरिकलाई सुसूचित गरिने उनले बताए।
‘यो वर्ष कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्ष हो। पुष्पलालले स्थापना गर्नुभएको पार्टी ७५ वर्षमा पुगेको छ र पुष्पलालको नाममा निर्मित राष्ट्रिय संरचनामा यो अभियान चलाउँदा हाम्रो इतिहासलाई पनि जोड्न चाहेका छौं। गएको ७५ वर्षमा हामीले केके काम गर्यौं? ती कामको बारेमा हामी सन्देश दिन चाहन्छौं,’ उनले भने।
ज्ञवालीले अहिले समाजमा निराशाको खेती मौलाएको बताए। यो निराशा, सामाजिक असन्तुष्टिलाई परिवर्तनकै विपक्षमा उभ्याउने खालका गतिविधि भइरहेको उनको बुझाइ थियो। त्यसलाई चिर्न पनि अभियानको जरुरी रहेको उनले बताए।
‘अहिले जुन ढंगको निराशाको खेती मौलाउने कोसिस भइरहेको छ। यो निराशा, सामाजिक असन्तुष्टिलाई परिवर्तनकै विपक्षमा उभ्याउने खालका जुन प्रयास भइरहेका छन्। थुप्रै ठाउँमा समस्याहरू होलान्। तथापि, देश अगाडि पनि बढिरहेको छ, निश्चित ठाउँमा कामहरू अगाडि बढिरहेका छन्, ती कुराहरू, भइरहेका राम्रा कामहरूलाई उजागर गर्दै यो देशलाई राम्रो बनाउन सकिन्छ,बनाउने शक्ति हामी यहीँ छौं भन्ने कुराको सन्देश दिने यसको उद्देश्य हो,’ उनले भने।
नागरिकसँग संवाद गर्दै, नागरिकको कुराहरू सुन्दै उनीहरूका गुनासो, सुझाव मनन गर्दै अभियान अघि बढ्ने उनले बताए।
‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय दिने गरी हामीले यो अभियान अगाडि बढाएका हौं,’ उनले भने, ‘मंसिर १४ गते बिहान झुलाघाटमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरेर अभियान सुरू हुने छ। चिवा भञ्ज्याङमा पनि त्यस्तै केही प्रतीक राखेर अभियानको समापन हुने छ।’
एमालेले यसअघि २०७३ साल फागुन २१ गतेदखि चैत ९ गतेसम्म मेची–महाकाली अभियान सुरू गरेको थियो। अभियानकै क्रममा सप्तरीको मलेठमा गोली चलेपछि पुनः हेटौंडाबाट सुरू गरेर सुर्खेत पुर्याएर टुंग्याएको थियो।
साभार: setopati.com
रमा बुढा मगर -======
तुलसीपुर १९ कार्तिक २०८०,अधिकृत आठौँ ग्रेड ७ तलब स्केल ४८७३७ रुपैयाँ ,प्रती ग्रेड १६२५ का दरले ७ ग्रेडको हुन आउने थप रकम ११३७५ रुपैयाँ गरी जम्मा ६० हजार ११२ रुपैयाँ राज्य कोष बाट मासिक तलब बुझ्छन उनले | १८ हजार बराबरको उनी बस्ने कुर्सी, १५ हजार को टेबल पनी साथमा दिईएको छ उनलाई | उनै अधिकृत असक्षम हुँदा तुलसीपुर
उपमहानगरपालिकाको राजश्व शिर्षक मध्यका केवल २ वटा शिर्षकमा मात्रै वार्षिक २ करोड १० लाख ६ हजार ८ सय रुपैयाँ राजश्व उपमहानगरले गुमाई रहेको पाइएको छ |उनको अ-सक्षमताको कारण उपमहानगरले घर बहाल कर शिर्षक बाट १ करोड ७० लाख ६ हजार ८०० रुपैयाँ र ब्यबशाय कर शिर्षक बाट ४० लाख रुपैयाँ राजश्व गुमाई रहेको पाइएको हो | उनी अरु
कोही नभई तुलसीपुर उपमहानगरपालिकाका राजश्व अधिकारी ललित बहादुर घर्ती हुन् | घर्तीको असक्षमताको कारण उपमहानगरले वार्षिक ठुलो धनराशी राजश्व गुमाई रहेको छ भन्ने सुचना पाएको राप्ति पहिचान डटकम ले गएको भदौ अन्तिम साता देखी यस बारे अनुसन्धान थालेको थियो | अनुसन्धानका क्रममा साँच्चिकै राजश्व गुमी रहेको तथ्य आधार प्रमाण पाईएको हो
| घर बहाल कर र ब्यबशाय कर तर्फ अनुसन्धान गर्दा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक ऐन २०७९ लाई कर को आधार मानी अनुसन्धान भएका हुन् | घर बहाल कर तर्फ उपमहानगरको आर्थिक ऐन २०७९ ले तुलसीपुर बजारका व्यापारिक शटर हरु लाई मासिक १२ हजार,१० हजार,७ हजार,६ हजार ५ सय,५ हजार,४ हजार र ३ हजार रुपैयाँ बहाल भाडा निर्धारण
गरी निर्धारित गरिएको भाडा रकमको १० प्रतिशत रकम बहाल कर असुल्ने गरी ब्यब्श्था गरेको पाईयो | सो ही ऐनमा भएको ब्यब्श्था र अवश्था लाई पछ्याउदै जाँदा तुलसीपुर क्षेत्रका व्यवशायिक शटर हरु गणना गरी उपमहानगरले असुल्ने बहाल कर को हिसाब यस्तो तथ्य फेला परेको हो | जस अनुसार उपमहानगर को आर्थिक ऐन २०७९ ले बिरेन्द्र चोक देखी गुम्राह चोक सम्म
को शटर भाडा मासिक १२ हजार रुपैयाँ निर्धारण गरी कुल भाडाको १० प्रतिशत बहाल कर असुल गर्दा बिरेन्द्र चोक देखी गुम्राह चोक सम्म पुर्व तर्फ २२२ शटर पश्चिम तर्फ २०५ शटर गरी जम्मा ४२७ शटर को एक वर्षको भाडाको कुल रकम ६ करोड १४ लाख ८८ हजार हुन् आउँछ भने त्यसको १० प्रतिशतले हुन् आउने बहाल कर रकम ६१ लाख ४८ हजार ८ सय रुपैयाँ
उपमहानगर ले असुल्नु पर्ने बहाल कर देखिन्छ | त्यस्तै ख लाईन चोक देखी सुनिल स्टेशनरी सम्म पुर्व तर्फ २२ र पश्चिम २५ गरी ४७ शटरको भाडा दर उपमहानगर ले १० हजार तोके अनुसार सो संख्याको शटरको एक वर्षको भाडा रकम कुल ५६ लाख ४० हजार हुने र त्यसको १० प्रतिशतले हुन् आउने रकम ५ लाख ६४ हजार रुपैयाँ,त्यसै गरी ग लाईन घोराही चोक देखी मिडिया
चोक सम्म पुर्व ५८ र पश्चिम तर्फ ९४ गरी जम्मा १५२ शटरको भाडा प्रति शटर १० हजारका दरले कुल भाडा रकम १ करोड ८२ लाख ४० हजार रुपैयाँ को १० प्रतिशत ले हुन् आउने रकम १८ लाख २४ हजार रुपैयाँ| त्यस्तै गुल्म चोक देखी बस पार्क पिपलबोट सम्म उत्तर तर्फ १८३ शटर र दक्षिण तर्फ १८९ गरी जम्मा ३ सय ७२ शटरको उपमहानगर ले तोकेको भाडा दर प्रति
शटर १० हजार का दरले कुल भाडा रकम ४ करोड ४६ लाख ४० हजार हुन्छ भने त्यसको १० प्रतिशतले हुन् आउने रकम ४४ लाख ६४ रुपैयाँ प्रती वर्ष उपमहानगर ले पाउनु पर्ने देखिन्छ | त्यसै गरी एकान्त होटेल देखी पिपलबोट सम्म उत्तर तर्फ ६२ शटर र दक्षिण ७२ शटर गरी जम्मा १३४ शटरको भाडा दर १० हजारले कुल भाडा रकम १ करोड ६० लाख ८० हजार को १०
प्रतिशतले हुन् आउने रकम १६ लाख ८० हजार,यस्तै राप्ति प्रादेशिक अस्पताल देखी तुलसी बोर्डिंग चोक सम्म पुर्व ५५ र पश्चिम ४५ गरी जम्मा १०० शटरको भाडा दर ५ हजारले कुल भाडा ६० लाख रुपैयाँ को १० प्रतिशतको दरले हुन् आउने रकम ६ लाख रुपैयाँ , त्यस्तै तुलसीपुर बोर्डिंग चोक देखी बाहिनी पर्खाल सम्म पुर्व तर्फ ५४ र पश्चिम तर्फ ८१ गरी जम्मा १३५ शटरको भाडा दर
७ हजारले कुल एक वर्षको भाडा १ करोड १३ लाख ४० हजार रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम ११ लाख ३४ हजार रुपैयाँ, त्यसै गरी सुनिल स्टेशनरी देखी बाहिनी चोक सम्म पुर्व ५५ र पश्चिम ५७ गरी जम्मा ११२ शटरको ५ हजारका दरले एक वर्षको कुल भाडा ६७ लाख २० हजार रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम ६ लाख ७२ हजार ,त्यस्तै घोराही तुलसीपुर
हाईवे बिजौरी उ वा संघ मा आवद्द व्यवशायिक शटर संख्या ३०७ को उपमहानागराले तोकेको भाडा दर ६ हजारको एक वर्षको कुल भाडा रकम २ करोड २१ लाख ४ हजार रुपैयाँ को १० प्रतिशत ले हुन् आउने रकम २२ लाख १० हजार ४०० रुपैयाँ वार्षिक असुल्न सक्ने भए पनी नअसुलेको पाईएको छ | यसै गरी घ लाईनमा पुर्व पश्चिम गरी १३६ शटर बस पार्क देखी भ्याली पेट्रोल पम
सम्म १८४ शटर गरी ३ सय २० शटरको मासिक ४ हजारका दरले एक वर्षको कुल भाडा रकम १ करोड ५३ लाख ६० हजार रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम १५ लाख ३६ हजार रुपैयाँ ,यस्तै न्यु रोडमा होटेल बाहेक व्यवशायिक शटर संख्या २७ र प्रती शटर ४ हजारका दरले एक वर्षको कुल भाडा रकम १२ लाख ९६ हजारको १० प्रतिशतले हुन् आउने रकम १ लाख
२९ हजार ६ सय रुपैयाँ, त्यसै गरी पातु खोला पुल वारी पट्टी ५७ शटर रहेको र भाडा दर ३ ह्जार मासिकका दरले कुल भाडा २० लाख ५२ हजार रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम २ लाख ५ हजार २ सय रुपैयाँ,यस्तै गरी पिपलबोट देखी आलु
मण्डी हुँदै रानिजरुवा साईडमा २१७ शटरको मासिक भाडा दर ३ हजार ले एक वर्षको कुल भाडा ७८ लाख १२ हजार रुपैयाँको १० प्रतिशतले हुन् आउने रकम ७ लाख ८१ हजार २ सय रुपैयाँ, त्यसै गरी तुलसीपुर उपमहानगर भित्र संचालित ठुला साना होटेल संख्या ६९८ को मिनिमम भाडा एक होटेलको १० हजार मासिक दरले एक वर्षको कुल भाडा रकम८ करोड ३७ लाख ६०
हजार रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम ८३ लाख ७६ हजार रुपैयाँ, यस्तै तुलसीपुर क्षेत्रमा संचालित बैंक संख्या २४ रहेको छ भने ती बैंक हरुले २ लाख सम्म मासिक भाडा तिरी रहेको भए पनी प्रति बैंक ३० हजार मासिक भाडाले एक वर्षको कुल भाडा रकम ८४ लाख ४० हजार हुन्छ भने सो रकमको १० प्रतिशत ले हुन् आउने बहाल कर रकम ८ लाख ६४ हजार
रुपैयाँ,यस्तै पुरानो बस पार्क देखी उ वा संघ सम्म ९२ शटरको मासिक भाडा दर ४ हजारका दरले एक वर्षको कुल भाडा रकम ४४ लाख १६ हजार रुपैयाँ को १० प्रतिशतले हुन् आउने रकम ४ लाख ४१ हजार ६ सय रुपैयाँ वार्षिक बहाल कर गुमी रहेको पाईएको छ |
घर घर सम्म पुग्नै सकेन तुलसीपुर उपमहानगरको घर बहाल कर
उपमहानगरको वडा नम्बर ५ मा घर धुरी संख्या ३ हजार ६ सय ८ रहेको छ भने प्राय घर ३ तले देखी ४ तले सम्मका छन् ती घर हरुमा ४ देखे १२ वटा सम्म कोठा रहेकामा हामीले सर्वेक्षण गर्दा न्युनतम रुपमा ५ नम्बर वडाका सबै घर हरुका माथिला तला हरुको २ हजार कोठा भाडामा गएको देखिन्छ भने ती कोठा हरुको वास्तविक घर भाडा घर धनी हरुले प्रती महिना प्रती कोठा
५ हजार भन्दा माथी बुझि रहेका छन त्यसलाई न्युनतम भाडा मासिक १५ सय रुपैयाँका दरले घर बहाल कर उठाएमा एक वर्ष को ३६ लाख रुपैयाँ उपमहानगरको खातामा रकम जम्मा गर्न सकिने भए पनी हाल सम्म माथिलो तलाको भाडाको बहाल कर एक रुपैयाँ पनी न उठाएको कुरा राजश्व अधिकारी स्वयम् ललित बहादुर घर्तीले स्वीकारेका छन् |त्यसै गरी वडा नम्बर ६ मा ६
हजार ७३ घर धुरी रहेकोमा त्यो वडाका अधिकांस घर हरुमा राप्ती बबई क्याम्पस र मा बि उ मा बि संचालन भएका संस्थागत बिद्यालय हरुमा अध्ययनरत अन्तर जिल्लाका बिद्यार्थी हरुले कम्तिमा १ हजार कोठा भाडामा लिएर बसेको भए पनी घर बहाल कर हाल सम्म ती घर सम्म नपुगेको पाईएको छ भने जस बाट उपमहानगरले वार्षिक झन्डै १८ लाख रुपैयाँ गुमाई रहेको छ |
त्यस्तै वडा नम्बर ९ मा ३७७३ घर धुरी छ जसमा कम्तिमा पनी ३ सय कोठा भाडामा लगाई रहेको पाइएको छ भने प्रति कोठा ३ हजारका दरले भाडा असुली रहेको पनी पाईएको छ भने १ हजारका दरले भाडा निर्धारण गरी ३ सय कोठा को एक वर्षको भाडा ३६ लाख हुन्छ भने त्यसको १० प्रतिशतले हुन् आउने रकम ३ लाख ६० हजार रुपैयाँ उपमहानगरले गुमाई रहेको छ | यसै
गरी वडा नम्बर ८ मा २२ सय ८ घर धुरी रहेकोमा त्यस वडामा कम्तिमा १५० संख्याको कोठा भाडामा लगाएको हाम्रो सर्वेक्षण ले फेला पारेको छ भने मासिक १ हजारका दरले भाडा निर्धारण गरी १५० कोठाको वार्षिक भाडा रकम १८ लाखको १० प्रतिशतले हुन् आउने रकम १ लाख ८० हजार रुपैयाँ पनी उपमहानगरले गुमाई रहेको पाईएको छ |
अस्तव्यस्त राजश्व शाखाको लथालिंग ब्यबशाय कर असुली प्रकिया
यसै गरी तुलसीपुर उपमहानगरपालिका भित्र दर्ता भएका ब्यबशायी हरुको संख्या ७ हजार ८१ रहेको भए पनी ब्यबशाय कर बुझाउने संख्या ना को बराबर रहेको पाईएको छ | उपमहानगरमा हाल सम्म जम्मा १ हजार १ सय ५३ जनाले मात्रै नियमित ब्यबशाय कर बुझाउने गरेको कुरा उपमहानगरपालिका बाट प्राप्त विवरण मा उल्लेख छ | हामीले तुलसीपुर बजार भित्रका र
केही वडाका व्यापारिक शटर गणना गर्दा २ हजार ४ सय ९९ शटर हरुमा १ लाख रुपैयाँ पुँजी देखी १ करोड पुँजी लगानी सम्म का ब्यापारी ले ब्यापार गरी रहेको फेला पारेका छौं भने उपमाहानगरको राजश्व शाखाले भने केवल ५ लाख सम्म को पुँजीको मात्रै न्यून ब्यबशाय कर असुल्ने गरेको पाईएको छ | राप्ती पहिचान डटकम का ब्यबशाय सम्बन्धी विज्ञको तुलसीपुर बजार
अनुगमन र ब्यबशाय मुल्यांकन टिम लिडर को प्रतिवेदन अनुसार उपमहानगरले सो मुल्यांकन गरी ब्यबशाय कर असुलेमा वार्षिक कम्तिमा पनी १ करोड २२ लाख ९ हजार ४ सय रुपैयाँ ब्यबशाय कर उठ्न सक्ने तथ्य पेश गरेको छ भने आ व २०७९ /०८० मा उपमहानगरले केवल ८१ लाख ४९ हजार मात्रै ब्यबशाय कर असुलेको कुरा उपमहानगर बाट प्राप्त जानकारीले
देखाएको छ भने यसरी ब्यबशाय कर वार्षिक ४० लाख रुपैयाँ कम उठी रहेको पाईएको हो | यसै बिषयमा हामीले तुलसीपुर उपमहानगरपालिका का राजश्व अधिकारी ललित बहादुर घर्ती लाई फोन सम्पर्क गरी यती धेरै रकम बहाल कर र ब्यबशाय कर उठाउन सकिने आधार हुँदा हुँदै पनी किन यती कम रकम उठाउनु भएको हो भनी सोधनी गर्दा यस अघी कोरोना काल पनी
थियो र म यो शाखामा पनी थिएन हजुर ले भने जस्तै बहाल कर र ब्यबशाय कर ब्यबश्थित गर्ने पर्ने तर्फ मैले पनी देखेको छु र अब तिहार पछाडी बाट तपाईले भनेका शिर्षकका कर उठाउन बजार अनुगमन र घर अनुगमन गर्ने तयारी गरेका छौं भनी जवाफ फर्काए | देख्दा देख्दै पनी बहाल कर र ब्यबशाय कर उठाउन सक्ने मिल्ने जती पनी उठाउन नसकेकाले तपाई लाई अ-
सक्षम राजश्व अधिकारी भन्न मिल्छ की मिल्दैन भन्ने हाम्रो अर्को प्रश्नमा म यो शाखामा बस्ने पर्छ भन्ने केही छैन म अर्को शाखामा पनी जान सक्छु र आफुले आफैलाई अ-सक्षम त् कसरी भनु र भन्ने जवाफ दिए | स्मरण रहोस तुलास्पुर उपमहानगरपालिका मा घर बहाल कर ३ करोड ६८ लाख ७८ हजार रुपयाँ सहजै उठाउन सक्ने भए पनी २०७९/०८० मा उपमहानगरले मात्रै १ करोड
९८ लाख ७२ हजार रुपैयाँ मात्रै बहाल कर उठाएको छ यसरी सबै जोड्दा उपमहागराले वार्षिक २ करोड १० लाख ६ हजार ८ सय रुपैयाँ राजश्व शिर्षक को केवल २ वटा शिर्षक बाट मात्रै गुमाई रहेको छ भने उपमहानगरको आर्थिक ऐनमा उल्लेख भएका अन्य राजश्व शिर्षकमा के कती राजश्व उठ्यो र कती उठाउन सकिन्छ र किन उठी रहेको छैन भन्ने बारे राप्ती पहिचान डटकमले अनुसन्धान गरी रहेको छ |यस तर्फ तुलसीपुर उपमहानगरपालिकाले पनी जिम्मेवारी तोकी पठाईएका अधिकारी हरु बाट तोकी पठाईएको काम काज भयो की भएन? भएन भने किन भएन भनेर जवाफ लिन जरुरी देखिन्छ |
जाजरकोट १८ कार्तिक २०८० ,जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ ।भूकम्पका कारण ५५ जना घाइते भएका
छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको डिएसपी रोकाले बताए । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ । अस्पताले केही घाइतेहरूलाई सुखेततर्फ रिफर गरेको छ ।
जाजरकोट केन्द्रबिन्दु रहेको ६.४ म्याग्नीच्युड भूकम्पमा परी रुकुममा १० जनाले ज्यान गुमाएका छन् |पश्चिम रुकुम को आठबिसकोट नगरपालिका वडा नम्बर ११ मा ६ जना र १२ मा ४ जन गरी १० जनाको ज्यान गएको हो | मलाई भर्खर जानकारी आए अनुसार वडा नम्बर ११ र १२ मा गरी १० जनाको ज्यान गएको भन्ने थाहा पाएकी छु आठबिसकोट नगरापालिका की उप-मेयर धन कुमारी
शाहीले राप्ति पहिचान लाई बताईन | अहिले म पनी क्षती भएका गाउँ बस्ती तिर जाँदै छु उता १४ नम्बर वडा र १३ नम्बर वडामा पनी भूकम्पमा परेर धेरै घाईते भएको भन्ने थाहा पाएकी छु शाहीले भनिन | मानबिय क्षती भएको छ तर कती क्षती भएको हो भन्ने एकिन तथ्यांक जुटाउदै छौं उनले अगाडी भनिन | सबै भन्दा बढी क्षती वडा नम्बर १४ मा भएको भन्ने खबर आएको छ उनले फेरी भनिन |
©2023 Rapti Pahichan. All rights reserved.