तुलसीपुर १ पुस २०७९,मान्छे बिरामी हुँदा बित्तिकै अस्पताल जान्छ,डाक्टर लाइ जचाउँछ त्यस पछी डाक्टरले लेखेको औषधी पर्चा लिएर औषधी किन्न मेडिकल हरुमा जान्छ र उसलाई यत्ति मात्रै थाहा हुन्छ की उ यो औषधी खाए पछी निको हुन्छ वा उ रोग बाट सुरक्षित हुन्छ तर उसलाई थाहा हुँदैन कि तिनै औषधी पसल हरुमा औषधि सम्बन्धि जानकारी नै नभएका मान्छे हरुले औषधी बिक्रि गरी रहेका छन् भन्ने कुरा | यहि विषयमा राप्ति पहिचान
डटकमले विगत ३ महिना पहिला देखी दाङ का घोराही क्षेत्र र तुलसीपुर क्षेत्रमा रहेका औषधी पसल [ मेडिकल ] हरुमा गुप्त रुपमा अनुसन्धान थालेको थियो | मेडिकल हरुमा अनुसन्धान गर्ने क्रममा तपाइँ हामीले कल्पना नै गर्न नसकिने कुरा फेला परेका छन् |ती कुरा हुन् तपाइँ हामीले बाँच्नका लागी औषधी किनेर खाने मेडिकल हरुमा औषधी सम्बन्धी जानकारी नै नभएका मान्छे हरुले हामि लाइ औषधी बेची रहेको तथ्य कुरा | तुलसीपुर बजारको [
ग ] लाइनमा रौनियार मेडिकल नामले चिर परिचित मेडिकलमा हामीले यस्तै तथ्य आधार प्रमाण फेला पारेका छौं | मुरली मनोहर रौनियार द्वारा संचालित लाइफ मेडिकल सेन्टर र हेमन्त कुमार रौनियार ले संचालनमा ल्याएका एउटा आयुर्वेदिक मेडिकल र अर्को एलोपेथिक मेडिकल एकै कोठामा संगै राखेर संचालन गरिएको छ | मुरली मनोहर रौनियार पेशाले आयुर्वेद तर्फका BAMS हुन् | उनले कोहि बिरामी आयुर्वेद औषधी गर्न आएमा आयुर्वेद
औषधिको प्रेसक्रिप्सन लेख्न पाउछन तर उनले आयुर्वेद औषधी त् देखाउन मात्रै राखेका छन् उनले बिरामी जाँचेर सबै लाइ एलोपेथिक अर्थात अंग्रेजी औषधी लेख्ने गर्छन | आयुर्वेद उपचार विधा र एलोपेथिक विधा फरक फरक उपचार पद्दती हुन् तर रौनियारले आयुर्वेद पद्दती बाट उपचार गर्ने पढाइ पढेको भए पनी उनले एलोपेथिक औषधी प्रेसक्रिप्सन गर्छन र आफ्नै लाइफ मेडिकल बाट हचुवाको भरमा बिरामी हरुलाई औषधी दिने गरेका छन् | मानव स्वाश्थ्य जस्तो अती संबेदनसिल कुरामा यती ठुलो खेलवाड गरी रहेका मुरली मनोहर रौनियारको लाइफ
मेडिकलमा अर्को एउटा गम्भीर तृटी फेला परेको छ त्यो हो अनधिकृत-अदक्ष,औषधी सम्बन्धी जानकारी नै नभएको मान्छे द्वारा औषधी बिक्री गर्ने काम |डाक्टरले बिरामीलाई यो औषधी खानु भनी लेखेको औषधी फार्मेशी शिक्षा पढेका मान्छेले मात्रै बिक्रि गर्न पाउने नेपाल फार्मेशी परिषद ऐन ले ब्यबश्था गरेको छ |नेपाल फार्मेशी परिषद ऐन २०५७ संशोधन २०७५ को दफा ११ ले यो ऐन प्रारम्भ भएको मितिले एक वर्ष पछी परिषदमा नाम दर्ता नभएको
कुनै पनी व्यक्तिले फार्मेशी ब्यबशाय गर्न हुँदैन गरेको पाइएमा सो हि ऐनको दफा २९ को उप दफा १ मा ऐनको दफा ११ बिपरित परिषदमा नाम दर्ता नगराई फार्मेशी ब्यबशाय गरेमा यस ऐन बमोजिम कसुर भएको मानिने छ र त्यस्तो कसुर गर्ने व्यक्ति लाइ ३ वर्ष सम्म कैद र ३० हजार रुपयाँ जरिवाना हुने ब्यबश्था गरेको भए पनी मुरली मनोहर ले संचालनमा ल्याएको लाइफ मेडिकलमा औषधी ब्यबश्था विभागमा दर्ता भएका व्यक्ति नभई फार्मेशी
सम्बन्धी ज्ञान नै नभएका अर्कै व्यक्तिले धमाधम औषधी बेची रहेको पाइएको छ |रौनियारले संचालन गरेको मेडिकल दर्ता गर्दा फार्मेशिको नाम सिद्दी बहादुर के सी को प्रमाण पत्र राखेर मेडिकल दर्ता गराएको भए पनी सिध्दी बहादुर के सी भने त्यहाँ कहिल्यै बस्दैनन् | नेपाल सरकारले जारी गरेको नेपाल फार्मेशी परिषद ऐन र औषधी बिक्रि वितरण संहितामा सम्बन्धित फार्माशिस्टले आफै वा आफ्नो निगरानीमा मात्रै औषधी बिक्रि वितरण
गर्ने भनेको छ| औषधी पसल दर्ता गर्न औषधी ब्यबश्था बिभागमा जाँदा पनी सम्बन्धित फार्मशिस्ट ले मेरो उपश्थितिमा वा मेरो निगरानीमा मात्रै औषधी बिक्रि वितरण गर्ने छु म नभएको समयमा औषधी पसल बन्द गरेर जानेछु भन्ने कबुलियतनामा गर्ने गरेको भए पनी सिद्दी बहादुर के सी रौनियार मेडिकलमा नभई उनी दाङ को गोलटाकुरी स्थित स्वाश्थ्य चौकीमा कार्यरत सरकारी स्वाश्थ्य कर्मचारी हुन् भने उनले आफ्नो फार्मेशी लाइसेन्स
मात्रै रौनियार लाइ प्रयोग गर्न दिएको पाइएको छ | फार्मेशी लाइसेन्स प्रयोग गर्न दिए वापत के सी ले वार्षिक मोटो रकम कामै नगरी रौनियार बाट लिने गरेका छन् नाम नबताउने शर्तमा तुलसीपुर बजारमा औषधी पसल संचालन गर्दै आइ रहेका एक ब्यापारीले हामि संग भने | यसै गरी मापदण्ड विपरित संचालन भइ रहेको अर्को मेडिकल हो ज्योति मेडिकल |याम बहादुर धौलाकोटि संचालक रहेको तुलसीपुर बजारको [ ग ] लाइनमा रहेको यो मेडिकलमा पनी अनधिकृत मान्छेले डाक्टरले मात्रै
प्रेसक्रिप्सन गर्न पाउने औषधी धमाधम प्रेसक्रिप्सन लेख्ने गरेको पाइएको छ | ज्योती मेडिकल एण्ड बिनोद प्याथोलोजी तथा तुलसीपुर पोलिक्लिनिक का संचालक याम बहादुर धौलाकोटी पेशाले अ हे व हुन् तर उनले एम बि बि एस एम डी गरेका डाक्टरले समेत बिरामी लाइ औषधी लेख्दा सोचेर मात्रै लेख्ने खालका औषधी हाकाहाकी
लेखी रहेका छन् भने उनको मेडिकलमा औषधी बिक्रि गर्ने मान्छे हरु समेत फार्मेशी सम्बन्धी अध्ययन नगरेका तर औषधी सम्बन्धी जानकारी भएका मान्छे मात्रै हुन् | मङ्सिर २९ गते हाम्रो स्टिंग अप्रेसन टिम त्यहाँ पुग्दा अनधिकृत मान्छे हरुले बिरामी हरुलाई औषधी बेची रहेका थिए |
धौलाकोटीले संचालन गरेको ज्योती मेडिकलमा औषधी बेची रहेकी फोटोमा देखिएकी इनलाई हाम्रो टिमले तपाईलाई औषधी बिक्रि वितरण गर्न पाउने अधिकार छ की छैन भन्दा उनी भागेकि थिइन् भने नाम समेत बताइनन |सरसर्ती हेर्दै जाँदा ज्योति मेडिकलका संचालक ले संचालन गरेको तुलसीपुर पोलिक्लिनिकमा पनी बेथिती र कानुन विपरित कार्य भएको पाइयो | पोलिक्लिनिकमा स्वाश्थ्य संस्था संचालन मापदण्ड २०७७ र स्वाश्थ्य संस्था स्थापना संचालन तथा स्तरउन्नती मापदण्ड सम्बन्धी
निर्देशिका २०७० मा भएका ब्यबश्था विपरित ५ वटा अस्पताल बेड राखेर बिरामी भर्ना गरेको पाइएको थियो |उक्त मापदण्ड र निर्देशिकाले पोलिक्लिनिक हरुमा अस्पताल बेड राख्न पाउने ब्यबश्था गरेको छैन | डाक्टरले लेखे जस्तो गरी औषधी लेखी रहनु भा छ तपाइँ लाइ प्रेसक्रिप्सन लेख्ने अधिकार छैन किन लेखी रहनु भा छ भन्ने हाम्रो प्रश्नमा धौलाकोटि ले आफु लाइ औषधी प्रेसक्रिप्सन लेख्ने अधिकार भएको कुरा बताए | तर यता स्वाश्थ्य संस्था संचालन मापदण्ड २०७७ र स्वाश्थ्य संस्था स्थापना
संचालन तथा स्तरउन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० मा अ हे व ले सामान्य प्रकारका बाहेक सबै प्रकारका औषधीको प्रेसक्रिप्सन लेख्ने ब्यबश्था छैन | यसरी मानव स्वाश्थ्य जस्तो संवेदनशील कुरा लाइ नियमन गर्न बनेका ऐन,नियमावली र निर्देशिका लाइ वेवास्ता गरेर औषधी बेची रहेका औषधी पसले हरुलाई किन कारवाही गर्नु हुन् भनी तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल लाइ प्रश्न गर्दा अब निरीक्षण गरेर गलत तरिकाले औषधी बेच्ने लाइ कारवाही को लागी
सम्बन्धित निकायलाई सिफारिस गर्ने कुरा बताए | स्वाश्थ्य जस्तो संबेदनशील कुरामा यतिका खेलवाड भा रैछ अब त्यसो हुन् दीइदैन उनले अगाडी भने |पहिला पहिला मान्छे हरु औषधी नपाएर मरेको इतिहास देखिन्छ भने हाल मान्छे हरु औषधी खाएर मर्ने गरी रहेका छन् यस्तो हुनुमा दक्ष जनशक्ति बाट औषधी बिक्रीवितरण र औषधीको बिकार संम्बन्धी काउन्सिलिंग राम्रो संग नहुनुको कारण हो नेपाल फार्मेशी संघ दाङ का अध्यक्ष सुलभ अधिकारीले राप्ति पहिचान संगको कुराकानीमा बताए | यहाँ
औषधी पसल वाला हरुले अलिकती पैसाको लाभमा बिरामी लाइ धेरै औषधी खान भन्ने जस्ता कारणले पनी मान्छे औषधी खाएर मर्ने भए उनले भने | औषधी ऐन २०३५ ले औषधी बिक्री गर्न चाहिने शिक्षा लाइ वर्गीकरण गरेको छ जसमा औषधीको गुण र बिकार, ब्यबश्थापन, भण्डारण र उत्पादन सम्बन्धी पढाइ हुने गर्दछ, औषधी बिक्रि वितरण गर्न दक्ष जनशक्ति भनेको हालको कानुन अनुसार सबै भन्दा तल्लो दर्जाको फार्माशिस्टले ३ वर्षीय डिप्लोमा इन फार्मेशी पढेको हुनु पर्छ भने त्यो भन्दा ३ प्रकारका
फारमाशिस्ट रहने ब्यबश्था गरेको छ | [ B PHAM ] ब्याचलर इन फार्मेशी, ४ वर्षीय कोर्ष पुरा गर्नु पर्छ भने[ M- PHAM ] मास्टर फार्मेशी जो ब्याचलर फार्मेशी गरी सके पछीको थप २ वर्षीय कोर्ष पुरा गर्नु पर्ने ब्यबश्था छ| त्यस पछी को सबै भन्दा माथिलो दर्जा हो [PHAAM-D ]जसको ६ वर्षीय कोर्ष पढेर आउनु पर्ने ब्यबश्था छ |अधिकारी ले भने | तर यहाँ २०५४ साल भन्दा अघिको कानुनी ब्यबश्था अनुसार एक महिना फार्मेशी तालिम गरेका फार्माशिस्ट हरुलाइ पनी औषधी बिक्रि वितरण गर्न
औषधी ब्यबश्था विभागले अझै अनुमती दिन नछोडेकाले पनी औषधीको बिकार सम्बन्धी गम्भीर समस्या निम्ती रहेको छ नेपाल फार्मेशी संघ का जिल्ला सचिव दया ज्ञवाली ले हामी संग भने |पैसा कमाउनकै लागी औषधी ब्यबशाय गर्ने प्रवृतिले पनी स्वाश्थ्य क्षेत्रमा गम्भीर स्वाश्थ्य समस्या निम्ति रहेको कुरा ज्ञवाली बताउछन | उनका अनुसार ५ दिन खानु पर्ने एन्टीवायोटिक औषधी १०
दिन खान सुझाव दिने गरेर दुइ पैसाका लागी आफ्नो औषधी बिकाउने सोंचका साथ् मेडिकल ब्यबशायामा आएका अ-दक्ष मान्छे हरुले नै यो बिकराल समस्या आउनुमा जान अन्जान भूमिका खेली रहेको कुरा बताए| एन्टीवायोटिक औषधी मात्रा अनुसार खाएमा औषधीको रुपमा काम गर्ने तर मात्रा भन्दा बढी खाएमा सोलोप्वैजन जस्तै खराब गर्ने कुरा ज्ञवाली बताउछन |
सामाजिक न्याय<बेथिति विसंगती, भ्रस्टाचार, कानुनको उलंघन गर्ने जो कोहीका बिरुद्द उभिएको राप्ति पहिचान डटकम एउटा संचार ग्रिह हो यसको कर्तब्य सत्य तथ्य कुरा बाहिर ल्याउने हो र ल्याएको छ मानव स्वाश्थ्य जस्तो संबेदनसिल कुरामा खेलवाड मात्रै नभई खेलवाडको पराकाष्ठा नै देखा परेकाले कर्तब्य ठानेर ३ महिने अनुसन्धान र खोजी पछी यो समाचार बाहिर ल्याएका छौं राप्ति पहिचानका कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगर ले समाचार डेस्क लाइ बताए
शेर बहादुर डाङ्गी।
म सपना लुटिएको बस्तिबाट तिमिलाइ सम्झिएछु।
मेरा बालापनका मित्रहरु खाडीको तातो हुदै
युरोपका गल्लीमा पहिचान खोजिरहेछन,
म्याक्सिकोको जङ्गलमा सपना ,
नेपालको आकासबाट दिनहुँ उडिरहेछन।
एक चम्किलो चादको चादनि सङै
लाखौ उल्का पिण्ड खसे झै खसि रहेछन।
ए आमा!
एक हुल मानब रुपि चेतना शुन्य नर्सिङ्गा
मालिकको शब्द बाणको तिर बनेर
सडकका गल्ली गल्लीमा आगो लगाउदै,
इतिहासको सभ्यतालाइ आगोमा जलाइ,
आफ्नै विवेकलाइ निषेध गरेर
आदिम दासतालाइ स्विकार्दै दास बनिरहेछन।
ए आमा!
तिम्रो अस्मिता सङ्ग सम्झौता गर्न गद्दीको
उपहास सङ्गै बैरि सङ्ग गिद्दे नजर मिलाइ
मदिराको मधुमासमा अधेरि कोठाको पर्दाबाट
निस्कलङ्क हिमालको छहारी देखि रहेछन।
कथाको अभिनय सङ्गै
ती राबन रूपी मालिकको श्रममा अस्तित्वको हरन गरि रहेछन।
ए आमा !
तिम्रा ति निमुखा सन्तति
न आवाज ओकल्न सक्छन
न त छुट्टै अस्तित्व बोकेर
यी नर्भक्षकको आकासमा तेजस्वी बादल बनेर
लुटको स्वर्गमा अन्धकार छाउने
मेग सहितको न बादल बन्न सक्छन?
ए आमा!
ए नेपाल आमा
तिम्रो छातिको लहरामा
ज्योति दिने सपूत कहिले आउछ?
युगको सपना बनेर!
– शेर बहादुर डागी
दाङ जिल्लामा जनयुद्धको समयमा अवसर लिएर बाचेका र आज सम्म यो नेकपा माओवादी केन्द्रलाई यो या त्यो रूपमा विघटन गराउनमा लागेकाहरू
एक दर्जन जती सीसीएम छन। कार्यक्रता हरूलाई दुखदिनु र बदनाम गर्नु तथा सिनियर जुनियरको मन्त्र
जप्नु उनीहरूको जिवनशैली हो। यो कार्य गर्नका लागी सबै केन्द्रीकरण हुने उनीहरूको सामुहिक विषेशता हो। फिल्डमा काम गर्नेलाई पाखा लगाई आफ्नो दलाल नेता बनाउनु उनीहरूले सिकेको जनयुद्ध देखी आज सम्मको वैज्ञानिक विशेषता हो। छोटोमा यी विशेषताहरूका कारण २०६४ पछीका निर्वाचन हरूको परिणामले आज सम्म दिनको घाम झै छर्लङ
देखाएकै छ। खास गरी यसको प्रयोगथलो तुल्सीपुर र बवई सारमा समग्र पस्चिमको नेतृत्वलाई ध्वस्त बनाई आत्मरती लिनु र कसैलाई स्थापित हुन नदिनु सारतः
कार्यकर्ता र नेतृत्वमा सुनियोजित अन्तरविरोध हाली केन्द्रीकरण हुन पनी नदीनु ती सिसीएम हरूको जिवनचर्या हो। त्यसो गर्न नपाय उनीहरूलाई खाएको पनी पच्दैन अर्को कुरा पश्चिममा पार्टी बन्न र नेतृत्व स्थापित भएको खण्डमा
आफ्नो विसर्जनको स्वर्ग भत्किने भएका कारण यस्को निरन्तरता उनीहरूको सामुहिक आवसयकता
भने हो। छोटोकुरा आज युद्ध भएको भए यती भन्दा कार्वाही हुने र भन्न पछी नपरि सही कुराको उजागर गर्दा कार्वाहीको सामना गरेरै आएका तथा
अर्को बाहानाको शान्तिकालीन अस्त्र प्रयोगमा पनी सिपालु तर परिवर्तनको नेतृत्व गर्न नस्क्ने सधै धर्मराउने अराजनीतिक शक्तीले सधै आफ्नो अस्तित्व रक्षाका लागी शान्तीकाल
पछी परिवारवादमा फसेको छ। यस प्रकारको नेतृत्वबाट समाजवादी क्रान्ति र आगामी चुनावमा
विजय हासील गर्ने कुरा आकासको फल हो त्यसैले नयाँ आधारमा
एकताबद्ध भएर हामी आफ्नो स्थानलाई सुरक्षित गर्न सक्छौ। यदी पुनः अब त्यो पुरातनवादी
सीसीएम हरूबाट विगतको उनीहरूको तरिका फिल्डमा देखा परेको खण्डमा डटेर मुकाविला गर्न पस्चिम देखी पुर्व पनि तयार भएन भने परिणाम सकारात्मक हात
लाग्नेवाला छैन।मालेमावाद र G.P.C.R.को अभीष्ट विरोधीहरूलाई 21औ शताब्दीमा ठेगान लगाएरै जान सक्नु आजका सही विचारका हिमायती हरूको दायीत्व काधमा आएकोछ।
संसारभर भयका सफल क्रान्तिका पछाडी पनी विजय र पराजय,क्रान्ति र प्रतिक्रान्ति तथा उत्साह र निरासा आदी भएरै एउटा पहलकदमीको विन्दुमा पुग्यो। त्यसपछी निरन्तर हिसावले क्रमशः क्रान्ती, विजय र
उत्साह हराउदै गयो सासन सत्तामा पुगीसके पछी हातलाग्यो पराजय, प्रतीक्रान्ती र निरासा। यसो कीन भयो भन्ने जवाफ क.माओले आज भन्दा अगाडी नै दिएर पनी प्रयोगमा आएन।सही कार्यदिशा आफुले विकास गर्न पनी नसक्ने संश्लेषण सहित अगाडी बढेको विज्ञानलाई आत्मसाथीकरण नगर्ने रोग कम्यूनिष्टहरूमा सय वर्षभन्दा बढी भएको इतीहास छ।
एक्काइसौँ शताब्दीमा माओको जवाफले मात्र पनी पुग्ने अबस्था होइन कीनकी विज्ञान गतीसील हुनुका साथै विकासवान छ त्यसैले थप बस्तु र चेतनाको तालमेलको अभाव भने
आज भएकै छ। सास्कृतिक क्रान्तिले आफैमा बलियो संगठनको स्वरूप पनी दीन सकेको थिएन आज हामीले दीनुछ।आर्थिक आधारलाई जननियन्त्रीत बनाउन सकेको थियन सक्नु छ, उपरिसंरचनामा ब्यापक फेरवदल गर्न सकेको अवस्था थिएन पुरानै प्रतीक्रान्तीकारीहरूको बाहुल्यता थियो।देशै आफ्नो नियन्त्रणमा लिएको देशमा त त्यसो थियो भने नेपालको आजको
अबस्थालाई त्यही स्तरबाट बुझ्नु गलत नै हुन्छ।आज हामी नेपाली मौलिकता सहित अगाडी बढीरहेको बस्तुगत अबस्थालाई नबुझी जडसूत्रीय ढंगले मार्क्सवादको ब्याख्या गर्नेहरूको समग्र अवस्था हामी हरूले देखेकै छौ। जनयुद्ध, संयुक्त जनआन्दोलन र समझदारी नैपाली विशेषताहरू हुन। यो विशेषताले समझदारीमा गणतन्त्रलाई संस्थागत गर्नेकाम, संविधान सभाबाट संविधान, संघीयताको ढाँचा,सत्तामा उत्पिडीत वर्गलाई सहभागिता ,
समाजवाद उन्मुख संविधानको परिकल्पना, धर्मनिरपेक्षता आदी नेपाली मौलिक विशेषताहरूका विरूद्धमा जानेहरूलाई लेनिन र माओको स्तर भन्दा माथीबाटै शान्तिपुर्ण हिसावले सरकारबाट गलहत्याउनु जस्ता कार्यहरू क.प्रचण्डको नेतृत्व मै भएका छन।यी उपलब्धि हरुलाई संस्थागत गर्नमा प्रचण्डको दोष होईन नेपालका कम्यूनिष्ट पार्टी भन्ने हरूको पनी अवस्य हो। त्यसैले कम्यूनिष्ट पार्टी भनेको परिस्थितिको ठोस् विश्लेषण गर्ने र सोही अनुसारको रणनिती र
कार्यनिती तर्जुमा गर्नुका साथै एकताबद्ध भयर अगाडी बढ्न सक्नु हो। हामी कम्यूनिष्टहरू प्रतिशोधात्मक बढी र रचनात्मक कम भयौ यो इतिहास स्टालीनबाट सुरू भएर झाङ्गिदै गएको छ।माओ भन्दा रचनात्मक भएर मात्र यो शताब्दीको कार्यभार पुरा गरिने छ। आजका करोडपती मजदुर, वित्तीय पुँजीवाद,संचार , यातायात र प्रविधी र विज्ञानमा डिजीटलीकरण संग जोडीएको उत्पादन प्रणालीमा
कम्यूनिष्ट हरूको चेतनामा विकास र प्रतीरोधको कार्यदिशा सबैलाई एकिकृत गरेर नहुने होला। संसार बदलिएको नदेख्ने र जडसूत्रीय ढंगले मार्क्शवादको हिसाव गर्नेहरू कम्यूनिष्ट होइनन्। आजको हाम्रो समस्या भनेकै २१ औ शताब्दीमा मार्क्शवादको प्रयोग मै छ।त्यस्को सही मार्गनिर्देशन सापेक्षिक हिसावले माओवादी केन्द्र नै भएकाले उसको कार्यदिशा वरपर गोलबन्द हुनेहरू न तुलनात्मक हिसावले कम्यूनिष्टहरू हुन।यो वैज्ञानिक समाजवादको
कार्यदिशा बाहीर रहेका जो कोही ब्यबहार वीनाका कोरा आदर्शका मार्क्शवादीहरू हुन।त्यसैले सचेततापुर्वक संगठित भइ इतिहासकै आवश्यकता पुरा गरौ। रचनात्मक तरिकाको बहसको थालनी गरौ आफु मात्र मार्क्शवादी देख्ने अरूलाई नदेख्ने तरिकालाई निरूतसाहित गरि एक समृद्ध चेतनाको विकास नेपाली भुमिबाट सुरूवात गरौ त्यसैमा तिन करोड जनताको भविश्य सुनिश्चित गर्न सकीन्छ।
प्रचण्ड भन्दा अर्को पार्टीमा नेतृत्व उत्तराधिकारीका रूपमा भेटन सकीयन त्यसको परिणाम विघटन नै हो हाम्रा अगाडि इतीहास छ यो कुनै मनोगत बुझाई होईन बस्तुगत नै हो। लेनीन र माओले पनी आफ्नो राजनैतिक जीवनकालमा कुसल जिम्मेवारी बहन गर्ने नेतृत्व पाएको इतीहास छैन सो कुरा आफ्नै आन्तरिक राजनैतिक जिवनमा प्रचण्डलाई पनी देखियो। ठुलो अबसरबादी
जत्थाको घेरा बन्दी भीत्र बन्दी जिबन प्रचण्डको बितीरहेको कुरा देख्न नसक्ने प्रचण्डको कार्यक्रता नै होईन। यही इतीहासकै निरनातरता नेपालमा पनी जसरी रूस र चीनमा कम्यूनिष्ट पार्टीको बीघटन भयो यो संसारकै सार्वभौम सिद्धान्त बनिसकेको रहेछ आज
अध्यनकै दौरानमा बुझियो तर प्रतिक्रान्ति रोक्नका लागि नेपाली कम्यूनिष्टहरूको कार्यदिशा छैन सारमा समग्र आन्दोलनका हीसावले विघटन उन्मुख देखियकाले एक पटक नेपाली माटोबाट सम्भव देख्ने हो भने हामीहरूले निम्न ढंगले आफुलाई प्रस्तुत गर्न सकौला त ? आबसयक हाम्रा कार्यभारहरू।।
पहीलो कुरा त मालेमावादलाई बुझ्ने र बदलिने कुरामा ठुलो दरार श्रृजना भयर आयको छ। वर्गसंघर्षको बाटो परित्याग गरी सान्तीपुर्णबाटोबाट समाजवादमा पुग्ने सम्भावना कती सत्य र मालेमावादी सम्वत। निर्वाचनमा पराजय भोग्दै जाने र दलालहरूसंग एलायनस गरेर जाने तरिका नै एक्काइसौँ सताब्दिमा नेपाली क्रान्तिको बाटो
बनाउन खोज्नु वैज्ञानिक नै छ त!! यती छिट्टै कम्यूनिष्ट आदर्श जनताबाट अलगथलग किन भयो र जनताहरूले साथ छोडनुका पछाडी जनता दोसी भयर हो। के जनताहरूलाई समानता मन परेको छैन त्यही हो त कारण ?दोश्रो कुरा जनताहरूलाई दलालहरूले किनेरै कम्यूनिष्टको हालत यो भयको हो त! दलालहरूले त
आज नेता नै किनेको कुरा कहाँ लुकेको छ र? जनता नै खरिदन सक्ने,नेतृत्वलाई प्रभाव पार्न सक्ने र देशनै किन्ने सामर्थ्यमा आज दलालनोकरसाही संयन्त्र तयार छ यो समयमा संसारलाई नै बदल्न सक्ने मालेमावाद किन हराउदै र खरिद हुदैछ। आज यी दुईकूराको जवाफ दिनसक्ने मात्र नेतृत्व हो।
भुमण्डलिकृत वित्तीय पुँजीवादले आज समग्र पक्षलाई भुमण्डलिकृत गरेर आयको छ नकी पुजिमात्र। पुजिवादले आज विचार र दृष्टिकोण,संचार र प्रविधि, विज्ञान र श्रम,यातायात र उत्पादन, वितरण र उपभोग,युद्ध र वार्ता आदी विषयहरूलाई पुरै
भुमण्डलिकृत गरे पछी हामी कम्यूनिष्टहरू भने संकिर्ण घेराबाट आफ्नै नेतृत्वको कत्लेआम गरेर आत्मरति लियर आनन्द अभुभुती गरेका छौ।यस्तो तरिका अबलम्वन गर्ने तर वैज्ञानिक समाजवादी ब्याबस्था प्राप्तीको आफुलाई हीमायती ठान्ने हामीहरू सबैले लाजमान्नै पर्छ। छोटो सारसंक्षेपमा हामी एती मात्र भन्न र गर्न सक्नु पर्छ।
नेतामा समाजपरिवर्तनको जागरण होईन जनतामा किन आयन नेतामा मात्र आयो यो खोजीका साथ जनतामा जाऔ। मालेमावादी कम्यूनिष्ट आदर्श दलालहरूसंग घुडा टेकाई होईन संघर्ष हो। सुविधा सम्पन्न नेतृत्व र पार्टीबाट समाजलाई परिवर्तन गर्न सकीदैन आफैलाई मात्र हो।
यसैले सामुहिक जिवन सैलि र अर्थनितीको विकास गरी समाजलाई आत्मनिर्भर बनाउने कार्यदिशा अप्नाई जनजिवनलाई हराभरा बनाउने आसावादी संसारतीर अगाडी बढौ।।
रुस लाई घेरा हाली सखाप पार्ने अमेरिकी रणनीती लाई साथ दियको युक्रेनको अवस्था जस्तै mcc पास गरि चिनलाई सखाप पार्ने अमेरिकी रणनितीका पछी लागे हाम्रो हालत युक्रेनको भन्दा भयावह हने नै छ।
विश्व शान्तीका लागी पनी रूसले युक्रेनमा वीजय हासिल गर्नै पर्छ जस्ले अमेरिकाको संसारमा पहीलो पटक दोश्रो विश्वयुद्ध पछी ढाड सेकीने छ। रूसका विरुद्ध युक्रेन र चिनका विरुद्ध नेपाल प्रयोग गर्ने अमेरिकी रणनितीलाई समर्थन गर्ने नेपाली जो कोहीलाई नेपाली जनताले उनी हरू लाई सुलेमानी नबनाई देश र जनताको रक्षा हुने देखिएन। नेपालमा mcc अनुमोदनका पक्षधर हरू लाई आम जनताको सक्तीबाट सडक हुदै
सदन सम्म कीच्न तयार हुनुपर्ने देखिएको छ। mcc लाई जोडबलले पास गराउन खोजे यो देशमा बैसाखमा चुनाव होईन ती दीनहरू विद्रोहका दिनहरू बनाउदै निर्वाचन
लाई परास्त गर्न सकेनौ भने युक्रेनमा देश बदलिन सक्छ।त्यसैले हाम्रो समर्थन अमेरिकी सहयोग परियोजना mcc भन्दा bri चिनिया परियोजनाको समर्थन हुने तथा पक्षधरता लाई आत्मसाथ गरिनु पर्छ।
आज विषेश गरी सही र गलत विचको राष्ट्रिय संर्घष हो त्यस संघर्षलाई सहीतिर लिन मुस्कील परेको अवस्था छ भने गलततिर लिन खोज्ने हरूलाई पनी उस्तै। हामीहरूले नेपाललाई स्वाधिन तथा पंचसिलमा आधारित
लगायत आदी कुरा त गर्छौ सारतः पराधिनताको पराकाष्टतामा पो रहेछ त देश।नेपालदेशका नेताहरू स्वतन्त्र नभएको कुरा थाहा हामीहरूले पाईसके पछी आम जनता संग एकाकार भयर आत्मनिर्भर अर्थ प्रणाली भयको समाज निर्माण गर्न सक्यौ भने मात्र दलाल नोकरसाही संयन्त्रका मुख्य अंगहरू सेना,अदालत,अख्तियार,पुलिस,जेल र कर्चारी हरूलाई वदल्न सकीन्छ।जनबलका भरमा त्यसमा पनी सत्यतामा आधारित भयर सकीन्छ।
यदी जनतालाई निरन्तर रूपले विचारको ताजगिकरण गर्दै एकाकार भयनौ भने विघटन र प्रतिगमन सत्य कुरा हो अन्य कुरा गर्नु भ्रम हो। त्यसैले भ्रमबाट मुक्त हुनलाई इतिहासको सही वुझाई सहित वर्तमानमा हाम्रा कार्यभारहरू निर्धारित गरिनु पर्छ। निर्वाचन छलढाटमा आधारित छ त्यसको सहि तरिकाले भण्डाफोर गर्दै निर्वाचनमा आजको उत्पादन प्रणालीमा परिवर्तन गर्न सक्ने सक्तीलाई जनताहरूले मतदान गर्ने वातावरण बनाऔ। परंपरागत र
यथा-स्थितीका चुनावहरू बहीष्कार या विद्रोह गर्ने र निर्वाचन जनमुखी बनाउन आवसयक छ। यही दलाल पुँजीवादी संयन्त्रको चुनावमा जनताका प्रतीनिधीहरू हार्ने छन।जनताहरूले हार्ने र दलालहरूले जित्ने चुनावमा वलगर्न लगाई जनमुखी नेताहरूलाई कंगालीकरण गराउदै आएको वर्तमानको निरन्तरता क्रमभंग आजको आवसयकता हो। अर्को कुरा जनमुखी नेताहरूले दलाल हरू संग आर्थिक प्रतिस्पर्धा गर्न
नसक्ने अवस्थामा विद्रोह गर्दा पनी साथ नपाउने अबस्थाका कारण दलालहरूको प्रचारमा जुटनपर्ने वर्तमान अबस्थालाई चीर्न भने आवसयक छ। कैयौ नेताहरू र
दलहरू जनताबाट अलग हुदै साना हुनेको निरन्तरतामा निर्वाचन प्रणाली बदल्ने संघर्ष तिर लागौ चुनावतिर भन्दा अर्को कुरा के का लागी चुनाव दलाल लाई मात्र बदल्ने कुराहरू जनतामा छोटो समयमा स्पष्ट गर्न
मुश्किल पर्ने छ। 52 सालमा विद्रोह गर्ने हामी जीउदा मान्छेहरू की त लास भैसक्यौ,की डरायौ,थाक्यौ, कार्यदीसा विहीन भयौ या प्रतीगमनकारी हरू को चंगुलबाट
निष्कन सकेनौ यस्तै यावत कुराहरूको जवाफ त दिन पर्ला। आरोप कसैलाई लगाई अंधकारमा डुल्ने क्रान्तीकारी को देश यदि संसारमा छ भने नेपाल भने पक्कै हो भ्रममा पर्नु छैन। यही दलाल पुँजीवादि संयन्त्रको निर्वाचन प्रणालीबाट देशमा समाजवाद को आसा गर्नु भ्रम मात्र हो तर सत्य कुरा मालेमावादको
आलोकमा वीद्रोह नै हो। विद्रोह 52 सालमा जुन अन्तर विरोधमा टेकेर गरेका थीयौ त्यो भन्दा वैज्ञानिक र परिपक्व समय वर्तमान छ की अब सकीदैन भनौ यात सम्भव देख्नेहरू संगठित विद्रोहमा जुटौ। आज हतीयार बोकेर हीडनु छैन जनतामा सत्य कुरा लिएर सान्तीपुर्ण विद्रोह गराउने कुरा संबैधानिक अधिकार भित्रको कुरा हो। अन्तीम कुरा विद्रोह भन्ने विषय नापेअनुसार हुदैन वलिदान संघर्षको मैदानमा आवस्यक
छ सो मनोविज्ञानका साथ जनता हरू का विचमा पुगी आफु र जनतालाई सही बाटोमा हीडौ र हीडाऔ यसैमा जनताको तथा हाम्रो भविस्य छ अन्यकुरा भ्रम हो।।
नेपालका mcc हरूले नपुगी विदेसको mcc आज नेपालमा कीन खोजी हुदैछ। एक दर्जन जती त नेपालकै mcc ले भनेजती आफ्नो लगानी गर्न पाईरहेका छैनन् र आफ्नो अकुत सम्पत्ति विदेसीबैकमा राखेका छन त्यही रकम आज अमेरिकी mcc को नाममा सुरक्षित ढंगले परिचालन
गर्ने दाउमा छन। आफ्नो मनपरी साम्राज्य विस्तार गर्न नपाईरहेका समयमा के नेपाली mcc असफल भयर हो। विदेसी mcc ल्यायर नेपालको हरिविजोग बनाउन नेताहरू कीन तम्सेका होलान।देश ब्यापी सर्वत्र विरोध छ तर पनी पास गरिछोडने कुरा भने कम जब्बर ढंगको छैन। नेपालको जनविरोधी सरकारका कुरा अली पछाडी गरौला आज नेपाललाई नै कंगाल बनाउने गरी नेपाली जनताको करबाट मात्तीयकाहरूको बारेमा छोटो चर्चा आजको आवसयकता ठानियो र लेख्ने
उत्सुकता मलाई जाग्यो।
नेपाली भुमीमा आजसम्म रजाई गर्नेहरूमा नेपालको अदालत,नेपाली सेना, नेपाल प्रहरी,नेपालका कर्मचारी,नेपालको अख्तीयार दुरूपयोग अनुसन्धान आयोग,नेपालका जेलहरू,नेपालका ठेकेदार भनाउदाहरू, विदेसीका आडमा चलेका उध्धोगपतीहरू, नेपाल आएल नीगम, नेपालको ट्राफिक पुलिस, नेपाल वायुसेवा निगम लगायत धेरैका पछाडी देशलाई अग्रगमनतिर नभैपस्चगमनतिर लिने नेपाली mcc मा नेपाल सरकार
पर्दछ। हामीहरूले राज्यसत्ताको परिवर्तन कीन गर्न सफल भयनौ के सम्भव छैन भयर नै सत्ता परिवर्तनका नयाँ विचार संश्लेषणहरू भय त्यसैले हामीहरूले मुक्ती या मृत्युको कसम खायर आगाडी बढन बिर्सेका छैनौ। आज नेपालमा अमेरीकी mcc ल्याउन यी सबै तयार न छन तर जनताहरूको डरले मात्र रोकीयको कुरा सत्य हो अन्य सबैकुराहरू जे जसरी आयका छन भ्रम न हो। नेपाल देशलाई खोक्रो बनाउने यी माथीका एक दर्जन नेपाली mcc हरूलाई
जनताहरूले वचाउ गर्नु छैन। कीनकी आफैले बनाएको खोक्रो रूपलाई ब्यबहारिक हीसावले अमेरिकी mcc ले बनायको हो भनी आफु सबै बाच्ने रणनैतिक योजना भने अवस्य हो हामीहरूले अमेरिकी mcc रोक्दै नेपाललाई कंगाल बनाईसकेका नेपाली यी सबै mcc हरूलाई पानीमुनी गयपनी नछोडने नेपाली जनताको अवको रणनिती हुन जरूरी छ। उच्च ओहदामा रहेका संघ देखी स्थानिय सम्म सवैको सम्पत्ति राष्ट्रियकरण गरि उनीहरूलाई जिवन जिउनका लागी सामुहिक
ब्यबस्थापनको योजना अवलम्बन गर्न आवसयक भै सक्यो। सामूहिक जिवन जिउने तरिकाको विकास र थालनी भोकानागाहरूबाट होईन उच्च ओहदाबाट नै सुरू गर्ने 21औ शताब्दीको तरिका हुनुपर्छ। यो कुरा नमान्नेहरू उच्च ओहदाका नेपाली mcc हरू हुन भन्नेमा हामी के भ्रममा होऔला र! के प्रमाणित भै सक्यो भने अमेरिकी mcc आउदा नेपाली mcc वालाहरूलाई घाटा पर्ने भय त विरोध गर्थे किन आज सर्वसाधारणको मात्र सडक देखी संजालमा विरोध छ त। जनताहरूको इमान्दार नेतृत्व गर्न
चाहने राजनैतिक सक्ती बाहेक आज एक जुट भयर अनुमोदनको अन्तीम तयारी गर्दैछन। यो समय जनता जाग्नेवेला हो सुतेर बस्दा देशमा स्वाभिमानी नागरिकको औचित्य सकियको हुनेछ पछी पुछुताउनु भन्दा अर्को हात केही लाग्दैन।
अन्तीम कुरा आजको हाम्रो जनविरोधीसरकारले यी कुराहरू लियर जनतामा आयको खोई ? जनताप्रती उत्तरदायी सरकारले राष्ट्रहित विरोधी काम र अनुदान आउदा जनताप्रती किन जीम्मेवारीपुर्ण तवरले पेस भयन र अझै
जनताहरूलाई दीगभ्रमित बनाउदै छ यी यावत कुराहरूले गर्दा आजको सरकार देश र जनताविरोधी तथा राष्ट्रघाती सरकार नै हो भन्ने कुरा ब्यबहारमा प्रमाणित हुन्छ। कुनै एक नेता र केहीदलको जिम्मेवारी पुर्णकदमले मात्र राष्ट्रघाती संझौता रोकीयो भने त सबै जनताहरू एकतावद्ध भएर उसकै नेतृत्वमा समाजवादी क्रान्तिको
झण्डा बोकेर अगाडि वढ्न रोकीन्छौ भने हामी जनताहरू पनी प्रतिगामी भयको त्यसवेला प्रमाणित होला तर आज त्यो सक्तीको खाँचो त
जनतालाई छ कस्ले पुरा गर्छ त्यस्को बारेमा जानकारी गराउने हामीहरूको कर्तब्य हो। हो आज वैदेसिक mcc भन्दा स्वदेसी mcc बाट देश बर्वाद भैसकेको छ । नागो जमीनमा देखियको अमेरिकी मोडलको mcc भन्दा हरियो घाॅसमा लुकेको नेपाली mcc दसौगुणा खतरा कोशी, गण्डकी हुदै महाकालिमा अस्तायको तर आज उदाउदै गरेको राष्ट्रघातले हामीलाई सदाको निम्ती वैदेसिक दाश बनाउदै छ।थोरै सचेतनाका लागी जानकारी आजको आवस्यकता ठानेर जनता विच पुर्याउने चेस्टा गरेको छु।म सधै जनताहरूको साथमा रहेर
परिस्थितिको बारेमा जानकारी गराउने मात्र सत्य कुरा नठानी जनताहरूसंगै एकाकार हुदै जनताहरूका दुष्मनहरूसंग लडने छु। इतिहासमा अली एक्लै लडने कोसिष पनी कमजोर त थियन अबको संयुक्त पहलकदमी त्यो भन्दा सक्तिसाली हुनेमा विश्वस्त छु।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने बताएका छन्। शनिबार कोभिड-१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिकाबारे काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अबको चार महिनामा सो संख्यामा कोरोना संक्रमितको बृद्धि हुनसक्ने सरकारले अनुमान गरेको बताएका हुन्। सुरूमा सरकारले नेपालको कुल जनसंख्याको दुई प्रतिशतमा पिसिआर परीक्षण गर्ने नीति लिएको थियो। तर, संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको बताए।
सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरूको यथार्थभित्र रहेर अधिकतम काम गरिराखेको मन्त्री ढकालले दाबी गरेका छन्। त्यस्तै, कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताए। कुल सक्रिय संक्रमितहरूमध्ये ८० प्रतिशत होम आइसोलेसनमा बस्नुले नै नागरिकको बुझाइमा परिवर्तन आएको स्पष्ट हुने उनले बताए।
सरकारले अस्पतालहरूमा अक्सिजन सहितका बेडहरूको व्यवस्थापन गर्ने, औषधीको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको समेत बताए। यस्तै, विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भई प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकहरूलाई पनि भ्याक्सिन दिलाउन सकियोस् भन्नेतर्फ सरकारले ध्यान केन्द्रित गरी काम गरिरहेको उनले बताए।
वि.सं. २०७७ कात्तिक १८। मंगलवार। इ.स. २०२० नोभेम्बर ३। शकसंवत् १९४२ । ने.सं. ११४० कौलागा। कार्तिक कृष्णपक्ष। तृतीया, २५:०५ उप्रान्त चतुर्थी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। आलोचकहरूबाट पनि केही सजग रहनुपर्ला। मौकामा प्रयत्न गर्दा काम बन्नेछ। सोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ। तर आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विशेष अवसर अथवा रमाइलो परिस्थितिका बीच पनि सानो चिन्ताले पिरोल्न सक्छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ तर स्वास्थ्यका लागि सजग रहनुहोला। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि कामले प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षमताले प्रशंसा पाउनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
का, कि, कु, घ, ङ, छ, के, को, ह
केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने परिस्थिति आउन सक्छ। सरसापटमा रकम बाहिरिन सक्छ। लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ला।
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्यांकनले जिम्मेवारी पनि दिलाउनेछ। आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। दिगो काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।
र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।
तो, ना, नि, नु, ने, नो, या, यि, यु
लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ला। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। हडबडीले घर-व्यवहारमा समस्या निम्त्याउनेछ। तापनि, प्रेम र मित्रताको बन्धन कसिन सक्छ।
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। परिश्रम परे पनि लक्ष्य नजिक पुग्न सकिनेछ। ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुखद समाचारले मनको डर उत्साहमा रूपान्तरण हुनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ।
गु, गे, गो, सा, सि, सु, से, सो, द
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ।
©2023 Rapti Pahichan. All rights reserved.