बिर बहादुर वि क -====
शान्तिनगर दाङ ७ फागुन २०७९, दाङ मा मोटरसाइकल अनियन्त्रीत भइ पल्टिदा दुइ जना घाइते भएका छन् | घाइते हुने हरुमा शान्तीनगर गाउपालिका वडा नम्वर ३ पातेटाकुरा निवासी १६ वर्षीय नितेश अम्लामी मगर र सो हि वडा निवासी १५ वर्ष का प्रकाश वि क रहेको कुरा इ प्र का तुलसीपुर ले जानकारी गराएको छ |शान्तिनगर २ बाघमारे बाट बबइ गाउपालिका को
हापुरे तर्फ जाँदै गर्दा नितेश अम्लामी मगर ले चलाएको रा ६ प् ९२५३ नम्वरको मोटरसाइकल अनियन्त्रीत भइ पल्टिदा उनी हरु दुर्घटनामा परेका हुन् | दुर्घटनामा परेका मगर को छाती,मुख र टाउकोमा चोट लागेको छ भने पछाडी बसेका वि क को दाहिने हात भाँचिएको छ | घाइते दुवै जनाको हाल राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइ रहेको छ |
आइतवार दुर्घटनामा परेको यती एयरलाइन्सको बिमानको मुख्य भाग उठाउदा पनी ४ जनाको शव फेला परेको छैन |अझै ४ जनाको शव शव फेला पार्न सकेका छैनौ कास्की का प्रमुख जिल्ला अधिकारीले बताए |
काठमाडौं । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२–५०० विमान दुर्घटना मुलुकको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना बन्यो । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित ७२ जना सवार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती नदी खोंचमा खसेको हो । चालक कमल केसीले सो विमान उडाएका थिए ।
७३ वर्षिय हवाई इतिहासमा दुर्घटनाको संख्या १०४ पुग्यो
सो विमान पोखराको टावरसँग सम्पर्कमा आएको एक मिनेटभित्रै सेती नदीको खोंचमा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार त्यतिबेला क्याप्टेन केसीसँगको सम्पर्कमा पोखरा टावरका एयर ट्राफिक कन्ट्रोलरले रनवे ३ शून्यमा ल्यान्ड गर्न आग्रह गरेका थिए । तर, चालक केसीले अर्को रनवे मागेका थिए । रनवे थ्री जेरोमार्फत ल्यान्ड गर्नुभन्दा चालकले होइन रनवे ‘वान टु’ बाट आउँछु भनेर अर्को रनवे खोजेका थिए । अर्को रनवेबाट आउन क्लियरेन्स दिनेबित्तिकै दुर्घटना भएको र सो दुर्घटना के कारण भयो भन्ने’दयगत अहिलेसम्म नखुलेको प्राधिकरणले जनाएको छ ।
एकै वर्षमा यतीका दुई विमान दुर्घटना
आइतबारको दुर्घटनासँगै यती समूहद्वारा सञ्चालित एयरलाइन्सको एकै वर्षमा दुईवटा विमान दुर्घटना भएका छन् । यसअघि यती एयरको भगिनी संस्था तारा एयरको विमान पोखराबाट जोमसोम जानेक्रममा गत १६ जेठमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।
यसअघि नेपाली आकाशका भएको अहिलेसम्मकै ठूलो विमान दुर्घटना भने सन् १९९२ मा भएको थियो । ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरको विमान दुर्घटना हुँदा १ सय ६७ जना यात्रुको ज्यान गएको थियो । सोही वर्ष थाई एयरको विमान दुर्घटनामा १ सय १३ यात्रुले ज्यान गुमाएका थिए ।
त्यसपछि पछिल्लोपटक सन् २०१८ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला एयरको विमान दुर्घटनामा ५१ जना यात्रुको ज्यान गएको थियो । अहिलेसम्म नेपालमा १० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका विमान दुर्घटनामा परेका छन् । सो दुर्घटनाबाट ३ सय ७३ जना यात्रुले ज्यान गुमाइसकेका छन् । तर, यी सबै अन्तर्राष्ट्रिय उडानअन्तर्गतका विमान दुर्घटनामा परेका थिए ।
आन्तरिक उडानतर्फ आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटना नेपालको इतिहासकै सबैभन्दा ठूलो मानवीय क्षति भएको हवाई दुर्घटना हो । यसभन्दा अघि हेलिकोप्टर र ४२ सिटे विमानभन्दा ठूलो आन्तरिक दुर्घटना भएको थिएन ।
नेपालको हवाई इतिहासमा आइतबार पोखरामा भएको यती एयरको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १ सय चारवटा पुगेको छ । सर्वप्रथम २००६ सालमा तत्कालीन राजा महेन्द्रले काठमाडौंको सानो गौचरण (अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँ) मा डकोडा विमान ल्याएपछिको ७३ वर्षको हवाई इतिहासमा दुर्घटना संख्या १ सय ४ पुगेको हो ।
२०१२ सालको वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । सो विमान दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘हवाई सुरक्षा प्रतिवेदन’ अनुसार व्यावसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५०औं दुर्घटना हो । हालसम्म नेपालमा एउटा मात्र इन्जिन भएका आठवटा विमान दुर्घटना भएका थिए भने हेलिकोप्टरतर्फ ३६ वटा र अन्तर्राष्ट्रियतर्फ १० वटा वायुसेवा गरी नेपालमा हालसम्म सानाठूलासहित १ सय ४ वटा विमान दुर्घटना भइसकेका छन् ।
विभिन्न दुर्घटनाबाट अहिलेसम्म साढे ८ सयजना भन्दा बढी यात्रुको मृत्यु भइसकेको छ । आइतबार पोखरामा भएको यतीको दुर्घटनाबाहेक हालसम्म यस्ता हवाई दुर्घटनामा ८ सय ४९ जना यात्रुको मृत्यु भइसकेको छ । अब यसमा ७२ जनाको संख्या जोडिनेछ । जसमा आन्तरिकतर्फ ३ सय ६४ जना, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५ जना, हेलिकोप्टरतर्फ ८५ जना र अन्तर्राष्ट्रिय वायुसेवातर्फ ३ सय ७५ जना गरी कुल ८ सय ४९ जनाको मृत्यु भइसकेको छ ।
आइतबार पोखरामा भएको यती एयरको एटीआर विमान दुर्घटना २४ वर्षयता भएको यती समूहको १४औं हवाई दुर्घटना हो । यसअघि गत जेठमा पोखराबाट जोमसोमका लागि १९ जना यात्रु लिएर जाँदै गरेको तारा एयरको ट्विनअटर विमान दुर्घटनामा चालकदलसहित २२ जनाको मृत्यु भएको थियो । सुगम उडानमा यतीको नाममा पाँचवटा एटीआर विमान भएको यती एयरलाइन्ससँग अब जम्मा चारवटा एटीआर विमान मात्र बाँकी छ । पोखराको विमान दुर्घटनापछि यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले आइतबार दिनभर उद्धार कार्य भएको जानकारी गराए । यसअघि भएका विभिन्न दुर्घटनामध्ये सबैभन्दा धेरै यात्रुको मृत्यु सन् २००० को विमान दुर्घटनामा भएको थियो । डडेलधुरामा भएको त्यो दुर्घटनामा २५ जना यात्रुको मृत्यु भएको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना
आइतबार बिहान भएको यतीको विमान दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना भएको छ । आइतबार बिहान काठमाडौंबाट उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी खोंचमा झरेर दुर्घटनाग्रस्त भएको हो ।
आज यतीका सबै उडान रद्द
यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज (सोमबार) निर्धारित सबै उडान रद्द गर्ने भएको छ । एक सूचना प्रकाशित गर्दै यतीले सोमबार आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ । यतीको ९एन एएनसी एटीआर ७२–५०० विमान विमान दुर्घटनाबाट अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । भने अन्यको उद्धार एवं खोजी भइरहेको छ ।
आन्तरिकतर्फका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन
सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । पोखरामा यती एयरको विमान दुर्घटनालगत्तै आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो ।
बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । आन्तरिक उडानका विमानको अनुगमन नागरिक उड्डयन प्राधिकरणले नै गर्नेछ । ‘यो व्यवस्थाले आगामी दिनमा यस्ता हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने अपेक्षा गरिएको छ,’ बैठकपछि सरकारका प्रवक्तासमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने ।
यतीको विमान पोखरामा दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ । सो विमान दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आयोगको सदस्यमा हवाईविज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराजजंग थापा रहेका छन् । यसैगरी, सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने छन् ।
यसैगरी, दुर्घटनाका बारेमा जानकारी लिन चाहने मृतक यात्रुका परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै, विमान दुर्घटनामा परेकाको शव बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने निर्णयसमेत सो बैठकले गरेको छ ।
१ पुस, काठमाडौंं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को प्रारम्भबाटै सरकारको हिसाब किताब चापमा छ । यो श्रृङ्खलामा चालु आवको पाँचौं महिनासम्म पुग्दा समेत जारी छ । मंसिर मसान्तसम्म सरकारले ३ खर्ब ५७ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन र अन्य आम्दानी गर्दा ४ खर्ब ३५ अर्ब २१ करोड रुपैयाँ खर्च गरेको छ ।
यस अनुसार सरकारको हिसाब–किताब ७८ अर्ब रुपैयाँ घाटामा चलिरहेको छ । यसले आगामी दिनमा सरकारलाई स्रोत जुटाउन हम्मेहम्मे पर्ने देखिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंसिर मसान्तसम्म सरकारले लक्ष्यको २३.३ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ । अन्य खर्च भने लक्ष्यको २४.२६ प्रतिशत भएको छ । यस हिसाबमा सरकारले लिने आन्तरिक तथा बाह्य ऋण भने गणना हुँदैन ।
तुलसीपुर १ पुस २०७९,मान्छे बिरामी हुँदा बित्तिकै अस्पताल जान्छ,डाक्टर लाइ जचाउँछ त्यस पछी डाक्टरले लेखेको औषधी पर्चा लिएर औषधी किन्न मेडिकल हरुमा जान्छ र उसलाई यत्ति मात्रै थाहा हुन्छ की उ यो औषधी खाए पछी निको हुन्छ वा उ रोग बाट सुरक्षित हुन्छ तर उसलाई थाहा हुँदैन कि तिनै औषधी पसल हरुमा औषधि सम्बन्धि जानकारी नै नभएका मान्छे हरुले औषधी बिक्रि गरी रहेका छन् भन्ने कुरा | यहि विषयमा राप्ति पहिचानडटकमले विगत ३ महिना पहिला देखी दाङ का घोराही क्षेत्र र तुलसीपुर क्षेत्रमा रहेका औषधी पसल [ मेडिकल ] हरुमा गुप्त रुपमा अनुसन्धान थालेको थियो | मेडिकल हरुमा अनुसन्धान गर्ने क्रममा तपाइँ हामीले कल्पना नै गर्न नसकिने कुरा फेला परेका छन् |ती कुरा हुन् तपाइँ हामीले बाँच्नका लागी औषधी किनेर खाने मेडिकल हरुमा औषधी सम्बन्धी जानकारी नै नभएका मान्छे हरुले हामि लाइ औषधी बेची रहेको तथ्य कुरा |
तुलसीपुर बजारको [ ग ] लाइनमा रौनियार मेडिकल नामले चिर परिचित मेडिकलमा हामीले यस्तै तथ्य आधार प्रमाण फेला पारेका छौं | मुरली मनोहर रौनियार द्वारा संचालित लाइफ मेडिकल सेन्टर र हेमन्त कुमार रौनियार ले संचालनमा ल्याएका एउटा आयुर्वेदिक मेडिकल र अर्को एलोपेथिक मेडिकल एकै कोठामा संगै राखेर संचालन गरिएको छ | मुरली मनोहर रौनियार पेशाले आयुर्वेद तर्फका BAMS हुन् |
उनले कोहि बिरामी आयुर्वेद औषधी गर्न आएमा आयुर्वेद औषधिको प्रेसक्रिप्सन लेख्न पाउछन तर उनले आयुर्वेद औषधी त् देखाउन मात्रै राखेका छन् उनले बिरामी जाँचेर सबै लाइ एलोपेथिक अर्थात अंग्रेजी औषधी लेख्ने गर्छन | आयुर्वेद उपचार विधा र एलोपेथिक विधा फरक फरक उपचार पद्दती हुन् तर रौनियारले आयुर्वेद पद्दती बाट उपचार गर्ने पढाइ पढेको भए पनी उनले एलोपेथिक औषधी प्रेसक्रिप्सन गर्छन र आफ्नै लाइफ मेडिकल बाट हचुवाको भरमा बिरामी हरुलाई औषधी दिने गरेका छन् | मानव स्वाश्थ्य जस्तो अती संबेदनसिल कुरामा यती ठुलो खेलवाड गरी रहेका मुरली मनोहर रौनियारको लाइफ
मेडिकलमा अर्को एउटा गम्भीर तृटी फेला परेको छ त्यो हो अनधिकृत-अदक्ष,औषधी सम्बन्धी जानकारी नै नभएको मान्छे द्वारा औषधी बिक्री गर्ने काम |डाक्टरले बिरामीलाई यो औषधी खानु भनी लेखेको औषधी फार्मेशी शिक्षा पढेका मान्छेले मात्रै बिक्रि गर्न पाउने नेपाल फार्मेशी परिषद ऐन ले ब्यबश्था गरेको छ |नेपाल फार्मेशी परिषद ऐन २०५७ संशोधन २०७५ को दफा ११ ले यो ऐन प्रारम्भ भएको मितिले एक वर्ष पछी परिषदमा नाम दर्ता नभएको
कुनै पनी व्यक्तिले फार्मेशी ब्यबशाय गर्न हुँदैन गरेको पाइएमा सो हि ऐनको दफा २९ को उप दफा १ मा ऐनको दफा ११ बिपरित परिषदमा नाम दर्ता नगराई फार्मेशी ब्यबशाय गरेमा यस ऐन बमोजिम कसुर भएको मानिने छ र त्यस्तो कसुर गर्ने व्यक्ति लाइ ३ वर्ष सम्म कैद र ३० हजार रुपयाँ जरिवाना हुने ब्यबश्था गरेको भए पनी मुरली मनोहर ले संचालनमा ल्याएको लाइफ मेडिकलमा औषधी ब्यबश्था विभागमा दर्ता भएका व्यक्ति नभई फार्मेशी
सम्बन्धी ज्ञान नै नभएका अर्कै व्यक्तिले धमाधम औषधी बेची रहेको पाइएको छ |रौनियारले संचालन गरेको मेडिकल दर्ता गर्दा फार्मेशिको नाम सिद्दी बहादुर के सी को प्रमाण पत्र राखेर मेडिकल दर्ता गराएको भए पनी सिध्दी बहादुर के सी भने त्यहाँ कहिल्यै बस्दैनन् | नेपाल सरकारले जारी गरेको नेपाल फार्मेशी परिषद ऐन र औषधी बिक्रि वितरण संहितामा सम्बन्धित फार्माशिस्टले आफै वा आफ्नो निगरानीमा मात्रै औषधी बिक्रि वितरण
गर्ने भनेको छ| औषधी पसल दर्ता गर्न औषधी ब्यबश्था बिभागमा जाँदा पनी सम्बन्धित फार्मशिस्ट ले मेरो उपश्थितिमा वा मेरो निगरानीमा मात्रै औषधी बिक्रि वितरण गर्ने छु म नभएको समयमा औषधी पसल बन्द गरेर जानेछु भन्ने कबुलियतनामा गर्ने गरेको भए पनी सिद्दी बहादुर के सी रौनियार मेडिकलमा नभई उनी दाङ को गोलटाकुरी स्थित स्वाश्थ्य चौकीमा कार्यरत सरकारी स्वाश्थ्य कर्मचारी हुन् भने उनले आफ्नो फार्मेशी लाइसेन्स मात्रै रौनियार लाइ प्रयोग गर्न दिएको पाइएको छ | फार्मेशी लाइसेन्स प्रयोग गर्न दिए वापत के सी ले वार्षिक मोटो रकम कामै नगरी रौनियार बाट लिने गरेका छन् नाम नबताउने शर्तमा तुलसीपुर बजारमा औषधी पसल संचालन गर्दै आइ रहेका एक ब्यापारीले हामि संग भने | यसै गरी मापदण्ड विपरित संचालन भइ रहेको अर्को मेडिकल हो ज्योति मेडिकल |याम बहादुर धौलाकोटि संचालक रहेको तुलसीपुर बजारको [ ग ] लाइनमा रहेको यो मेडिकलमा पनी अनधिकृत मान्छेले डाक्टरले मात्रै
प्रेसक्रिप्सन गर्न पाउने औषधी धमाधम प्रेसक्रिप्सन लेख्ने गरेको पाइएको छ | ज्योती मेडिकल एण्ड बिनोद प्याथोलोजी तथा तुलसीपुर पोलिक्लिनिक का संचालक याम बहादुर धौलाकोटी पेशाले अ हे व हुन् तर उनले एम बि बि एस एम डी गरेका डाक्टरले समेत बिरामी लाइ औषधी लेख्दा सोचेर मात्रै लेख्ने खालका औषधी हाकाहाकी
लेखी रहेका छन् भने उनको मेडिकलमा औषधी बिक्रि गर्ने मान्छे हरु समेत फार्मेशी सम्बन्धी अध्ययन नगरेका तर औषधी सम्बन्धी जानकारी भएका मान्छे मात्रै हुन् | मङ्सिर २९ गते हाम्रो स्टिंग अप्रेसन टिम त्यहाँ पुग्दा अनधिकृत मान्छे हरुले बिरामी हरुलाई औषधी बेची रहेका थिए |
धौलाकोटीले संचालन गरेको ज्योती मेडिकलमा औषधी बेची रहेकी फोटोमा देखिएकी इनलाई हाम्रो टिमले तपाईलाई औषधी बिक्रि वितरण गर्न पाउने अधिकार छ की छैन भन्दा उनी भागेकि थिइन् भने नाम समेत बताइनन |सरसर्ती हेर्दै जाँदा ज्योति मेडिकलका संचालक ले संचालन गरेको तुलसीपुर पोलिक्लिनिकमा पनी बेथिती र कानुन विपरित कार्य भएको पाइयो | पोलिक्लिनिकमा स्वाश्थ्य संस्था संचालन मापदण्ड २०७७ र स्वाश्थ्य संस्था स्थापना संचालन तथा स्तरउन्नती मापदण्ड सम्बन्धी
निर्देशिका २०७० मा भएका ब्यबश्था विपरित ५ वटा अस्पताल बेड राखेर बिरामी भर्ना गरेको पाइएको थियो |उक्त मापदण्ड र निर्देशिकाले पोलिक्लिनिक हरुमा अस्पताल बेड राख्न पाउने ब्यबश्था गरेको छैन | डाक्टरले लेखे जस्तो गरी औषधी लेखी रहनु भा छ तपाइँ लाइ प्रेसक्रिप्सन लेख्ने अधिकार छैन किन लेखी रहनु भा छ भन्ने हाम्रो प्रश्नमा धौलाकोटि ले आफु लाइ औषधी प्रेसक्रिप्सन लेख्ने अधिकार भएको कुरा बताए | तर यता स्वाश्थ्य संस्था संचालन मापदण्ड २०७७ र स्वाश्थ्य संस्था स्थापना
संचालन तथा स्तरउन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० मा अ हे व ले सामान्य प्रकारका बाहेक सबै प्रकारका औषधीको प्रेसक्रिप्सन लेख्ने ब्यबश्था छैन | यसरी मानव स्वाश्थ्य जस्तो संवेदनशील कुरा लाइ नियमन गर्न बनेका ऐन,नियमावली र निर्देशिका लाइ वेवास्ता गरेर औषधी बेची रहेका औषधी पसले हरुलाई किन कारवाही गर्नु हुन् भनी तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल लाइ प्रश्न गर्दा अब निरीक्षण गरेर गलत तरिकाले औषधी बेच्ने लाइ कारवाही को लागी
सम्बन्धित निकायलाई सिफारिस गर्ने कुरा बताए | स्वाश्थ्य जस्तो संबेदनशील कुरामा यतिका खेलवाड भा रैछ अब त्यसो हुन् दीइदैन उनले अगाडी भने |पहिला पहिला मान्छे हरु औषधी नपाएर मरेको इतिहास देखिन्छ भने हाल मान्छे हरु औषधी खाएर मर्ने गरी रहेका छन् यस्तो हुनुमा दक्ष जनशक्ति बाट औषधी बिक्रीवितरण र औषधीको बिकार संम्बन्धी काउन्सिलिंग राम्रो संग नहुनुको कारण हो नेपाल फार्मेशी संघ दाङ का अध्यक्ष सुलभ अधिकारीले राप्ति पहिचान संगको कुराकानीमा बताए | यहाँ
औषधी पसल वाला हरुले अलिकती पैसाको लाभमा बिरामी लाइ धेरै औषधी खान भन्ने जस्ता कारणले पनी मान्छे औषधी खाएर मर्ने भए उनले भने | औषधी ऐन २०३५ ले औषधी बिक्री गर्न चाहिने शिक्षा लाइ वर्गीकरण गरेको छ जसमा औषधीको गुण र बिकार, ब्यबश्थापन, भण्डारण र उत्पादन सम्बन्धी पढाइ हुने गर्दछ, औषधी बिक्रि वितरण गर्न दक्ष जनशक्ति भनेको हालको कानुन अनुसार सबै भन्दा तल्लो दर्जाको फार्माशिस्टले ३ वर्षीय डिप्लोमा इन फार्मेशी पढेको हुनु पर्छ भने त्यो भन्दा ३ प्रकारका
फारमाशिस्ट रहने ब्यबश्था गरेको छ | [ B PHAM ] ब्याचलर इन फार्मेशी, ४ वर्षीय कोर्ष पुरा गर्नु पर्छ भने[ M- PHAM ] मास्टर फार्मेशी जो ब्याचलर फार्मेशी गरी सके पछीको थप २ वर्षीय कोर्ष पुरा गर्नु पर्ने ब्यबश्था छ| त्यस पछी को सबै भन्दा माथिलो दर्जा हो [PHAAM-D ]जसको ६ वर्षीय कोर्ष पढेर आउनु पर्ने ब्यबश्था छ |अधिकारी ले भने | तर यहाँ २०५४ साल भन्दा अघिको कानुनी ब्यबश्था अनुसार एक महिना फार्मेशी तालिम गरेका फार्माशिस्ट हरुलाइ पनी औषधी बिक्रि वितरण गर्न
औषधी ब्यबश्था विभागले अझै अनुमती दिन नछोडेकाले पनी औषधीको बिकार सम्बन्धी गम्भीर समस्या निम्ती रहेको छ नेपाल फार्मेशी संघ का जिल्ला सचिव दया ज्ञवाली ले हामी संग भने |पैसा कमाउनकै लागी औषधी ब्यबशाय गर्ने प्रवृतिले पनी स्वाश्थ्य क्षेत्रमा गम्भीर स्वाश्थ्य समस्या निम्ति रहेको कुरा ज्ञवाली बताउछन | उनका अनुसार ५ दिन खानु पर्ने एन्टीवायोटिक औषधी १०
दिन खान सुझाव दिने गरेर दुइ पैसाका लागी आफ्नो औषधी बिकाउने सोंचका साथ् मेडिकल ब्यबशायामा आएका अ-दक्ष मान्छे हरुले नै यो बिकराल समस्या आउनुमा जान अन्जान भूमिका खेली रहेको कुरा बताए| एन्टीवायोटिक औषधी मात्रा अनुसार खाएमा औषधीको रुपमा काम गर्ने तर मात्रा भन्दा बढी खाएमा सोलोप्वैजन जस्तै खराब गर्ने कुरा ज्ञवाली बताउछन |
सामाजिक न्याय<बेथिति विसंगती, भ्रस्टाचार, कानुनको उलंघन गर्ने जो कोहीका बिरुद्द उभिएको राप्ति पहिचान डटकम एउटा संचार ग्रिह हो यसको कर्तब्य सत्य तथ्य कुरा बाहिर ल्याउने हो र ल्याएको छ मानव स्वाश्थ्य जस्तो संबेदनसिल कुरामा खेलवाड मात्रै नभई खेलवाडको पराकाष्ठा नै देखा परेकाले कर्तब्य ठानेर ३ महिने अनुसन्धान र खोजी पछी यो समाचार बाहिर ल्याएका छौं राप्ति पहिचानका कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगर ले समाचार डेस्क लाइ बताए
तुलसीपुर २५ मङ्सिर २०७९,, दाङ को तुलसीपुरमा प्रथम पटक संचालन भएको लुम्बिनी प्रदेश स्तरीय कृषी तथा पर्यटन महोत्सव २०७९ को आज उदघाटन गरिएको छ | लुम्बिनी क्षेत्रका कृषी वस्तु हरुको प्रवर्धन गर्न र तुलसीपुर क्षेत्रमा सुविधा सम्पन्न सुलभ पुस्तकालय [ लाइब्रेरी ] स्थापनार्थ महोत्सव संचालन गर्न लागिएको हो | तुलसिपुर क्षेत्रका युवा हरुको छाता संगठन युथ्स अफ तुलसीपुर दाङ ले आयोजना गरेको उक्त महोत्सव मङ्सिर २५ गते देखी सुरु भएर पुस ६ गते सम्म संचालन हुने कुरा युथ्स अफ तुलसीपुर का
अध्यक्ष ऋशिराज लहरे [ अरुण ] ले राप्ति पहिचान संग को कुराकानीमा बताए | तुलसीपुर कृषी महोत्सव बाट उठेको पैसाले तुलसीपुर क्षेत्रका क्याम्पस हरुमा अध्ययन गरी रहेका गरिब दुखी का छोरा छोरी ले पढ्न पाउने गरी एक सुविधा सम्पन्न लाइब्रेरी स्थापना हुन्छ जहाँ गरिब दुखीका बालबालिका हरुले आफुलाई आवश्यक विषयका किताव निशुल्क पढ्न पाउने छन् यो उद्देश्यका साथ् हामीले यो महोत्सव आयोजना गरेका हौँ लहरे ले अगाडी भने | यस्तै महोत्सव उदघाटन कार्यक्रम का प्रमुख
अतीथी अर्जुन कुमार श्रेष्ठ ले युवा हरु भोलिका कर्णधार मात्रै नभई भोलिका भविष्य पनी भएकाले युवा हरुले संचालन गर्न खोज्ने सामाजिक काम हरु मा आफ्नो सहयोग रहने कुरा बताए |महोत्सवमा बिभिन्न खाले ग्रामिण खानाका परिकार किसान हरुले उत्पादन गरेको कृषी उत्पादन हरु लगायतका सामग्री हरु प्रदर्शनीमा राखिएका छन् | युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋशिराज लहरेको
अध्यक्षतामा भएको उदघाटन समारोहमा प्रमुख अतिथि उर्जा जलश्रोत तथा सिचाई राज्यमन्त्री अर्जुन कुमार श्रेष्ठ, विशिस्ट अतिथि जनक प्रसाद खराल, सुबोध कुमार डांगी लगायतले महोत्सवको सफलताको शुभकामना मन्तब्य राखेका थिए |
रोल्पा, २६ कात्तिक । रोल्पामा टिप्पर दुर्घटना हुदा एक जना घाईते भएका छन् । घाइते हुनेमा चालक प्युठानको सरुमारानि गाउँपालिका —४ वडडाडा निवासी २३ वर्षिय रुपेश वि.क.रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार रोल्पाको रुन्टिगढी गाउँपालिका ६ खारा सिउधाराको सुभम खनिज उद्योगबाट ढुङ्गा लिई सम्राट सिमेन्ट उद्योग लमही देउखुरी तर्फ जादै गरेको रा १ ख २९०६ नम्बरको टिप्पर सिउधारामा आज बिहान सडक देखि करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी घाईते भएका बि.क को राप्ति स्वास्थय विज्ञान प्रतिस्ठान घोराहीमा दाङमा उपचार भईरहेको प्रहरीले बताएको छ । टिप्परमा चालक मात्र रहेको र टिप्पर पूर्ण रुपमा क्षति भएको छ । अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
रमा बुढा मगर —
दाङ, १२ असोज २०७९ । सल्यानको कपुरकोटमा जिप दुर्घटनामा परी निधन भएका आठ जनाकै सनाखत भएको छ । दुर्घटनामा परी एक महिला र सात जना पुरुषको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा जिप चालक सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ जलवाङका जीतबहादुर बोहरा र सोहि ठाउँका ३७ वर्षिय धर्मा वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसीले जानकारी दिनुभयो ।
यस्तै सोहि ठाउँकै ४० वर्षिय टोपबहादुर वली, उहाँको छोरा ११ वर्षिय बसन्त वली, सोहि ठाउँकै ३० वर्षिय सुरेश खत्री, ७० वर्षिय खुमलाल वलीको दुर्घटनामा परी निधन भएको छ ।
यस्तै कपुरकोट–६ जलवाङकै कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षिय ललित वलीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो । शबलाई सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।
दुर्घटनामा परी एक जना गम्भिर घाइते भएको उहाँले बताउनुभयो । गम्भिर घाइते हुनेमा कपुरकोट–६ जलबाङकै ३५ वर्षिय तिलक वली रहनुभएको छ । उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।
नेपालगञ्जबाट सल्यानको कपुरकोट–६ जलवाङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा बिहान साढे तीनबजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट दुई सय मिटर तल खसेको छ ।
बिर बहादुर बि, क, भदौ 6
यु, के, यड, को आर्थिक सहयोग प्राबिधिक यक्सन नेपाल र विकास सरोकार समाज दिकोस नेपालको शाझेदारी मा संचालित संमुन्नति परियोजना अन्तरगत दङ्गि सरन गा, पा, र शान्तिनगर गा, पा,दांग मा सम्पन्न गरियको छ, l संकता सान्नाटा तथा क्षमता बिस्लेसन कार्यसाला दांग को दंगी शरण गापा, र शान्ति नगर गापा, का किर्सी शाखा बाट पशु शाखा बाट बिपत बेबस्था शाखा, बाट दुवै गाउँ पालिका सह भागी थिय यग्रोभेट किर्सी सहकारी बाट दुवै गापा, बाट 1,1 जना र 20 जना कृसक सहभागी भयकाथिया, र जसमा दंगी सरण गापा,अदय्क्ष को अड्याक्षतामा पर्मुख अतिथि, सोहि
तुलसीपुर,४ भदौ । बाँकेमा दुई छुट्टा छुट्टै घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका १७ ढोडेनी बस्ने २५ वर्षीय बब्लु कलवार,बाबु ४० वर्षीय परशुराम कलवार र जानकी गाउँपालिका ५ बस्ने मुङसीलाल
प्रवलको छोरा वर्ष ७ को संन्जु प्रवल रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । शनिबार विहान ७ बजे अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लाग्दा बचाउन खोज्दा बाबु परशुराम र हजुर आमा रामराजिलाई करेन्ट लागेको थियो ।
बब्लुको घटना स्थलमै मृत्यु भएको थियो भने परशुरामको नेपाल नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घाइते ८५ वर्षीया रामराजीको भने उपचारपछि अवस्था सुधार भएको प्रहरीको भनाई छ ।
त्यसैगरी शनिवार बिहान ५ बजे संन्जु प्रवलको घर नजिकै खाल्डोमा डुवेर मृत्यु भएको छ । मृतक तीनै जनाको शव पोष्टमार्टम पछि परिवारको जिम्मा लगाएको बाँके प्रहरीले जानकारी दिएको छ ।
घोराही । बुटवलबाट मोटरसाइकल चोरी गरि दाङमा बिक्रि गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेबमे छ । बुटवलबाट मोटरसाइकल चोरी गरि दाङका ल्याएर बिक्रि गर्ने गिरोहलाई लमही र गढवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेमा पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष १८ का क्यानोन क्षेत्री, वर्ष १९ का करण बस्नेत, वर्ष १८ का बरुण कुमाल, वर्ष १८ को आनन्द परियार, वर्ष १७ को नसिम धुनिया, वर्ष १८ का आरएन सिंह ठकुरी, वर्ष १८ का शिवम यादव, वर्ष १८ का लक्षमण विष्ट, वडा नम्बर ५ बस्ने वर्ष ४४ का गोपाल चौधरी, वर्ष १९ का ओसिम पठान, राप्ती गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष ३० का शुभास चौधरी र लमही नगरपालिका वडा नम्बर ३ बस्ने घनश्याम चौधरी रहेका छन ।
उनीहरुले बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याई विभिन्न गिरोह मार्फत बिक्रि गर्दै आइरहेको पाइएको छ । पक्राउ परेकाहरु माथी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्ले जानकारी दिएका छन ।
घोराही बजारसहित बिभिन्न ठाउबाट मोटरसाइकिल चोरी भएपछि एसपि काफ्लेकै निर्देशनमा दाङ प्रहरीले अप्रेसन चलाएको थियो ।
©2023 Rapti Pahichan. All rights reserved.