तुलसीपुर, १९ श्रावन । दाजुको अस्तु सेलाउन गएका दाङका इकजना नारायणी नदिमा बगेर वेपत्ता भएका छन । वेपत्ता हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका लोकेन्द्र भुसाल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीवार दाजु रेमन्तको अस्तु देवघाटमा सेलाउन गएका लोकेन्द्रलाई नारायणीले बगाएको हो ।
रेमन्तका फुपूका छोरा ३२ वर्षीय लोकेन्द्रलाई शुक्रवार बिहान नारायणी नदीले बगाएकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । तुलसीपुर–१२ को रझेनामा साउन १५ गते बेलुका मोटरसाइकल र स्कुटर ठोकिँदा गम्भीर घाइते हुनुभएका रेमन्तको उपचारका क्रममा बुधवार भारतको लखनउमा ज्यान गएको थियो ।
रमा बुढा मगर -=====
तुलसीपुर २७ असार २०८०, प्रधानमन्त्री पुष्पकमल दाहल को श्रीमती तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को सल्लाहकार सिता दाहालको असामयिक निधनले यस संचारगृह स्तब्ध र मर्माहत भएको छ | जनयुद्द की आमा सच्चा कम्युनिस्ट महिला सिपाही,कम्युनिस्ट जिबनशैलीको अमर पाठशालाको रुपमा पहिचान बनाउन सफल एक रास्ट्रीय नेपाली महान नारीको
निधन प्रती सच्चा श्रद्वान्जली अर्पण गर्न दाङको तुलसीपुर बाट प्रकाशन प्रशारण हुँदै आई रहेको राप्ति पहिचान डटकम नामक अनलाईन संचारगृह बाट २०८० असार २७ गते राती १२ बजे देखी लागु हुने गरी २०८० साल असार ३० गते बिहान ६ बजे सम्म कुनै पनी प्रकारका सन्दर्भ सामग्री,समाचार सामग्री प्रकाशन प्रसारण नहुने भएका छन् | राप्ति पहिचान डटकम का प्रकाशक
एग्गे बहादुर बुढा मगरले असार २७ गते राती शोक बिज्ञप्ती निकाल्दै राप्ति पहिचान डटकमको प्रसारण तथा प्रकाशन शाखा लाई यस्तो जानकारी गराएका हुन् | कुनै पनी खालका समाचार सामग्री प्रकाशन प्रसारण नहुने यस समयमा राप्ति पहिचान डटकम बाट सिता दाहाल प्रती सम्झना र शोक लयमा आधारित गित प्रसारण हुने भएको कुरा प्रधान सम्पादक रमा बुढा मगर ले समाचार डेस्क लाई जानकारी गराईन |
राजधानी समाचारदाता
काठमाडौं १३ फागुन २०७९ ,,नेपाली कांग्रेस ले आफ्नो पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई रास्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। फागुन १३ गते बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवारबनाउने निर्णय गरेको हो। बैठकमा सभापति शेरबहादुर देउवाले पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउनु पर्ने प्रस्ताव
गरेका थिए।कांग्रेसको निर्णयसँगै पौडेल ८ दलीय गठबन्धनका साझा उम्मेदवार बन्ने भएका छन्।गठबन्धनका सबै नेताहरू पाैने १ बजे संसद भवन नयाँ बानेश्वरमा जम्मा हुने र त्यसपछि उम्मेदवारी दर्ता गर्ने तयारी छ। कांग्रेसको निर्णयसँगै पौडेल गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति बन्ने पक्का भएको छ। रामवरण यादव मुलुकको पहिलो र विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति बनेका थिए।
पौडेल देशका प्रमुख नेताहरूमध्ये सम्भवतः सबैभन्दा लामो राजनीतिक इतिहास भएका राजनीतिज्ञ हुन्। राजा महेन्द्रले २०१७ सालमा ‘कू’ गरेपछि वामपन्थी विद्यार्थी राजनीतिको झुकाव छाडेर पौडेल नेपाली कांग्रेससँग जोडिएका थिए। ३० वर्षे लामो पञ्चायतका दौरान पौडेलले कांग्रेसमा बसेर अविचलित रूपमा संघर्ष गरे।
उनी २०२७ सालमा गठित नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समितिमा केन्द्रीय सदस्य थिए। पञ्चायतको समयमा पौडेलले राजनीतिक बन्दीका रूपमा पटकपटक गरी १३ वर्ष जेल जीवन बिताएका छन्। २०४७ सालमा बहुदलको पुनर्स्थापना भएपछिको आम निर्वाचनमा उनी गृह जिल्ला तनहुँबाट निर्वाचित भएका थिए। त्यसयता २०७४ सालमा बाहेक पौडेल तनहुँबाट
६ पटक सांसद निर्वाचित भएका छन्। पौडेल प्रतिनिधि सभाको सभामुख र उपप्रधानमन्त्री रहिसकेका छन्। उनी नेपाली कांग्रेसको पूर्व उपसभापति पनि हुन्।पाँच वर्षअघि भएको १३ औं महाधिवेशनमा पौडेल शेरबहादुर देउवासँग नेपाली कांग्रेसको सभापतिमा पराजित भएका थिए। त्यस्तै नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा उनी एमालेका झलनाथ खनालसँग पराजित भएका थिए।
रमा बुढा मगर -====
तुलसीपुर ११ फागुन २०७९, तुलसिपुर का एक प्रतिष्ठित घराना का दम्पती करोडौं ठगी गरेर फरार भएको कुरा खुल्न आएको छ यस्तो गर्नेमा दंगीशरण गाउपालिका वडा नम्वर ४ हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ बस्ने गजेन्द्र बुढाथोकी र उनको श्रीमती प्रितम शर्मा रहेको कुरा उनी हरु बाट ठगीमा परेका पिडित हरुले जानकारी दिएका छन् | बुढाथोकी दम्पतीले
दाङ का बिभिन्न पालिका का युवा युवती हरु लाइ भुटानी शरणार्थी बनाएर तिमी हरु लाइ अमेरिका पठाइदिन्छु भन्दै रकम असुलेर ठगी गरेका हुन् |बुढाथोकी दम्पती को तुलसीपुर ग लाइनको रौनियार मेडिकल भन्दा माथिल्लो चोकमा आलिशान बंगला समेत रहेको छ | फोटोमा देखाइएको घर उनी हरुकै हो एक पिडित भरत के सी ले राप्ति पहिचान लाइ बताए |उनी
हरुले पिडित हरु बाट जनही२० लाख देखी ४५ लाख रुपैयाँ सम्म असुलेर फरार भएको देखिन आएको छ |२०७८ साल चैत्र २ देखी एक महिना सम्म ८ करोड रुपैया असुल्ने काम गरेका श्रीमान् श्रीमती हाल ठगी गरेर फरार रहेका छन् | उनी हरु तुलसीपुर ३ गोटिखोला का बिरेन्द्र वली संग २० लाख, तुलसीपुर ६ हात्तीखौवा निवासी सन्तोष गौतम बाट २० लाख रुपैयाँ,बबइ गा पाको
हंसपुर निवासी मोहन पाण्डे बाट रु २० लाख यस्तै कटाहका तुलसी के सी बाट २० लाख रुपैयाँ ठगी गरेर फरार भएका छन् | यसै गरी उनी हरु बाट ठगीमा पर्नेमा राकेश लामिछाने तुलसीपुर ८ अस्वारा १५ लाख रुपैयाँ, तुलसीपुर ६ घोराही रोड निवासी हरिश कोराल २० लाख,दिपक के सी तुलसीपुर १६ सजनेवा २० लाख,लेखनाथ योगी तुलसीपुर १९ बिजौरी २० लाख,यशोदा
गौतम तुलसीपुर गाइडहर निवासी ३० लाख र राप्ति बबइ क्याम्पस रोडका प्रमोद बस्नेत २० लाख रुपैयाँ रहेका छन् | यस्तै तु पु १६ सजनेवा निवासी प्रेमनाथ योगी २० लाख,तेजिना लमसाल घोराही निवासी बाट ४५ लाख,शान्तिनगर ७ बुराढावाका खेमराज पौडेल बाट २० लाख, तु पु ४ रक्षाचौर निवासी राजु के सी बाट २० लाख, दोर्ण अधिकारी बाट २० लाख,बबइ गा पा हंसपुर
निवासी माधव वली बाट २० लाख,सो ही ठाउँ निवासी देवेन्द्र के सी बाट २० लाख रुपैयाँ ठगी गरेर उनी हरु फरार भएका हुन् | यसै गरी ठगीमा पर्ने हरु तुलसीपुर ठाँटीगाउँ का भरत के सी २० लाख, शान्तिनगर ४ बिष्णपुर् का कोमल बिष्ट २० लाख, घोराही १२ गुर्जेका घनश्याम बस्नेत २० लाख सो ही ठाउँ निवासी सुदन बस्नेत २४ लाख र बबइ ४ हापुरेका यम कुमारी वली २० लाख
रुपैयाँ लगायतका दर्जनौ मान्छे हरु रहेका छन् | ठगीमा परेका हरुले आज एक सुचना जारी गर्दै गजेन्द्र बुढाथोकी र प्रितम शर्माको तुलसीपुर ग लाइनमा रहेको घर मा भोली देखी उनी हरु सम्पर्कमा नआउन्जेल ताला लगाउने भएका छन् |गजेन्द्र बुढाथोकी र प्रितम शर्मा का बिरुद्द अदालतमा मुद्दा दर्ता भएर उनी हरुको नाउमाअदालत बाट पक्राउ पुर्जी जारी भएको छ
इलाका प्रहरीकार्यालय तुलसीपुर का एक अधिकारीले राप्ति पहिचान लाइ बताए | बुढाथोकी दम्पती लाइ प्रहरीले खोजीको सुचिमा राखेको छ र खोजी गरी रहेको छ फेला पार्ने बित्तिकै आवश्यक कारवाही को प्रक्रिया अघी बढ्छ उनले भने |उनी हरु कहिले पक्राउ पर्छन त् भन्ने हाम्रो प्रश्नमा अपराधी जती सुकै लुकेछिपे पनी एक न एक दिन पक्राउ पर्ने र कानुन संग कोइ पनी लुक्न छिप्न नसक्ने कुरा उनले अगाडी भने |
रमा बुढा मगर -====
काठमाडौँ । प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ ।
बिहिबार एक विज्ञप्तिमार्फत काउन्सिलले जनस्वास्थ्य प्रतिकूल हुने खालका सामग्रीको प्रचार रोक्न सञ्चार माध्यमलाई सचेत गराएको हो । काउन्सिलका सह-प्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहरा द्वारा जारी विज्ञप्तिमा सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार भइरहेको भन्दै काउन्सिलको ध्यानाकर्षण भएको जनाइएको छ ।
‘जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा (१) मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘यस विपरीत विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार भइरहेको सन्दर्भमा प्रेस काउन्सिल यस किसिमका विज्ञापन सामग्री सम्प्रेषण नगर्न/नगराउन सम्पूर्ण सञ्चार माध्यमलाई यसै विज्ञप्ति मार्फत् आह्वान गर्दछ ।’
काउन्सिलले पछिल्लो समय प्रकाशित सामग्री लाई लिएर प्रेस स्वतन्त्रताको हनन हुने किसिमबाट गालीगलौज गर्ने, धम्की दिने कार्य हुने गरेको प्रति काउन्सिलको ध्यानाकर्षण भएको समेत जनाएको छ ।
त्यस्तै कतिपय स्वास्थ्य तथा आर्थिक क्षेत्र तर्फ केन्द्रित सञ्चार माध्यमबाट पर्याप्त आधार/कारण र प्रमाणबिनै सम्बन्धित निकाय वा पक्षको भनाइलाई स्थान नदिइ एकपक्षीय सामग्री सम्प्रेषण गर्ने गरेको भनी गुनासाहरू आउन थालेकाले त्यस्तो प्रवृत्ति रोक्न समेत भनिएको छ । ‘यसतर्फ पनि पत्रकारिताको पेसागत आचारण कायम राख्न र गैर पेसागत क्रियाकलाप नगर्न/नगराउनतर्फ सम्बन्धित पक्षलाई सचेत गराउँदछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
१ पुस, काठमाडौंं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को प्रारम्भबाटै सरकारको हिसाब किताब चापमा छ । यो श्रृङ्खलामा चालु आवको पाँचौं महिनासम्म पुग्दा समेत जारी छ । मंसिर मसान्तसम्म सरकारले ३ खर्ब ५७ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन र अन्य आम्दानी गर्दा ४ खर्ब ३५ अर्ब २१ करोड रुपैयाँ खर्च गरेको छ ।
यस अनुसार सरकारको हिसाब–किताब ७८ अर्ब रुपैयाँ घाटामा चलिरहेको छ । यसले आगामी दिनमा सरकारलाई स्रोत जुटाउन हम्मेहम्मे पर्ने देखिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंसिर मसान्तसम्म सरकारले लक्ष्यको २३.३ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ । अन्य खर्च भने लक्ष्यको २४.२६ प्रतिशत भएको छ । यस हिसाबमा सरकारले लिने आन्तरिक तथा बाह्य ऋण भने गणना हुँदैन ।
तुलसीपुर १ पुस २०७९,मान्छे बिरामी हुँदा बित्तिकै अस्पताल जान्छ,डाक्टर लाइ जचाउँछ त्यस पछी डाक्टरले लेखेको औषधी पर्चा लिएर औषधी किन्न मेडिकल हरुमा जान्छ र उसलाई यत्ति मात्रै थाहा हुन्छ की उ यो औषधी खाए पछी निको हुन्छ वा उ रोग बाट सुरक्षित हुन्छ तर उसलाई थाहा हुँदैन कि तिनै औषधी पसल हरुमा औषधि सम्बन्धि जानकारी नै नभएका मान्छे हरुले औषधी बिक्रि गरी रहेका छन् भन्ने कुरा | यहि विषयमा राप्ति पहिचान डटकमले विगत ३ महिना पहिला देखी दाङ का घोराही
क्षेत्र र तुलसीपुर क्षेत्रमा रहेका औषधी पसल [ मेडिकल ] हरुमा गुप्त रुपमा अनुसन्धान थालेको थियो | मेडिकल हरुमा अनुसन्धान गर्ने क्रममा तपाइँ हामीले कल्पना नै गर्न नसकिने कुरा फेला परेका छन् |ती कुरा हुन् तपाइँ हामीले बाँच्नका लागी औषधी किनेर खाने मेडिकल हरुमा औषधी सम्बन्धी जानकारी नै नभएका मान्छे हरुले हामि लाइ औषधी बेची रहेको तथ्य कुरा | तुलसीपुर बजारको [ग ] लाइनमा रौनियार मेडिकल नामले चिर परिचित मेडिकलमा हामीले यस्तै तथ्य आधार प्रमाण फेला
पारेका छौं | मुरली मनोहर रौनियार द्वारा संचालित लाइफ मेडिकल सेन्टर र हेमन्त कुमार रौनियार ले संचालनमा ल्याएका एउटा आयुर्वेदिक मेडिकल र अर्को एलोपेथिक मेडिकल एकै कोठामा संगै राखेर संचालन गरिएको छ | मुरली मनोहर रौनियार पेशाले आयुर्वेद तर्फका BAMS हुन् | उनले कोहि बिरामी आयुर्वेद औषधी गर्न आएमा आयुर्वेदऔषधिको प्रेसक्रिप्सन लेख्न पाउछन तर उनले आयुर्वेद औषधी त् देखाउन मात्रै राखेका छन् उनले बिरामी जाँचेर सबै लाइ एलोपेथिक अर्थात अंग्रेजी
औषधी लेख्ने गर्छन | आयुर्वेद उपचार विधा र एलोपेथिक विधा फरक फरक उपचार पद्दती हुन् तर रौनियारले आयुर्वेद पद्दती बाट उपचार गर्ने पढाइ पढेको भए पनी उनले एलोपेथिक औषधी प्रेसक्रिप्सन गर्छन र आफ्नै लाइफ मेडिकल बाट हचुवाको भरमा बिरामी हरुलाई औषधी दिने गरेका छन् | मानव स्वाश्थ्य जस्तो अती संबेदनसिल कुरामा यती ठुलो खेलवाड गरी रहेका मुरली मनोहर रौनियारको लाइफमेडिकलमा अर्को एउटा गम्भीर तृटी फेला परेको छ त्यो हो अनधिकृत-अदक्ष,औषधी सम्बन्धी
जानकारी नै नभएको मान्छे द्वारा औषधी बिक्री गर्ने काम |डाक्टरले बिरामीलाई यो औषधी खानु भनी लेखेको औषधी फार्मेशी शिक्षा पढेका मान्छेले मात्रै बिक्रि गर्न पाउने नेपाल फार्मेशी परिषद ऐन ले ब्यबश्था गरेको छ |नेपाल फार्मेशी परिषद ऐन २०५७ संशोधन २०७५ को दफा ११ ले यो ऐन प्रारम्भ भएको मितिले एक वर्ष पछी परिषदमा नाम दर्ता नभएकोकुनै पनी व्यक्तिले फार्मेशी ब्यबशाय गर्न हुँदैन गरेको पाइएमा सो हि ऐनको दफा २९ को उप दफा १ मा ऐनको दफा ११ बिपरित परिषदमा नाम
दर्ता नगराई फार्मेशी ब्यबशाय गरेमा यस ऐन बमोजिम कसुर भएको मानिने छ र त्यस्तो कसुर गर्ने व्यक्ति लाइ ३ वर्ष सम्म कैद र ३० हजार रुपयाँ जरिवाना हुने ब्यबश्था गरेको भए पनी मुरली मनोहर ले संचालनमा ल्याएको लाइफ मेडिकलमा औषधी ब्यबश्था विभागमा दर्ता भएका व्यक्ति नभई फार्मेशीसम्बन्धी ज्ञान नै नभएका अर्कै व्यक्तिले धमाधम औषधी बेची रहेको
पाइएको छ |रौनियारले संचालन गरेको मेडिकल दर्ता गर्दा फार्मेशिको नाम सिद्दी बहादुर के सी को प्रमाण पत्र राखेर मेडिकल दर्ता गराएको भए पनी सिध्दी बहादुर के सी भने त्यहाँ कहिल्यै बस्दैनन् | नेपाल सरकारले जारी गरेको नेपाल फार्मेशी परिषद ऐन र औषधी बिक्रि वितरण संहितामा सम्बन्धित फार्माशिस्टले आफै वा आफ्नो निगरानीमा मात्रै औषधी बिक्रि वितरण
गर्ने भनेको छ| औषधी पसल दर्ता गर्न औषधी ब्यबश्था बिभागमा जाँदा पनी सम्बन्धित फार्मशिस्ट ले मेरो उपश्थितिमा वा मेरो निगरानीमा मात्रै औषधी बिक्रि वितरण गर्ने छु म नभएको समयमा औषधी पसल बन्द गरेर जानेछु भन्ने कबुलियतनामा गर्ने गरेको भए पनी सिद्दी बहादुर के सी रौनियार मेडिकलमा नभई उनी दाङ को गोलटाकुरी स्थित स्वाश्थ्य चौकीमा कार्यरत सरकारी स्वाश्थ्य कर्मचारी हुन् भने उनले आफ्नो फार्मेशी लाइसेन्समात्रै रौनियार लाइ प्रयोग गर्न दिएको पाइएको छ | फार्मेशी
लाइसेन्स प्रयोग गर्न दिए वापत के सी ले वार्षिक मोटो रकम कामै नगरी रौनियार बाट लिने गरेका छन् नाम नबताउने शर्तमा तुलसीपुर बजारमा औषधी पसल संचालन गर्दै आइ रहेका एक ब्यापारीले हामि संग भने | यसै गरी मापदण्ड विपरित संचालन भइ रहेको अर्को मेडिकल हो ज्योति मेडिकल |याम बहादुर धौलाकोटि संचालक रहेको तुलसीपुर बजारको [ ग ] लाइनमा
रहेको यो मेडिकलमा पनी अनधिकृत मान्छेले डाक्टरले मात्रैप्रेसक्रिप्सन गर्न पाउने औषधी धमाधम प्रेसक्रिप्सन लेख्ने गरेको पाइएको छ | ज्योती मेडिकल एण्ड बिनोद प्याथोलोजी तथा तुलसीपुर पोलिक्लिनिक का संचालक याम बहादुर धौलाकोटी पेशाले अ हे व हुन् तर उनले एम बि बि एस एम डी गरेका डाक्टरले समेत बिरामी लाइ औषधी लेख्दा सोचेर मात्रै लेख्ने खालका औषधी हाकाहाकी
लेखी रहेका छन् भने उनको मेडिकलमा औषधी बिक्रि गर्ने मान्छे हरु समेत फार्मेशी सम्बन्धी अध्ययन नगरेका तर औषधी सम्बन्धी जानकारी भएका मान्छे मात्रै हुन् | मङ्सिर २९ गते हाम्रो स्टिंग अप्रेसन टिम त्यहाँ पुग्दा अनधिकृत मान्छे हरुले बिरामी हरुलाई औषधी बेची रहेका थिए |धौलाकोटीले संचालन गरेको ज्योती मेडिकलमा औषधी बेची रहेकी फोटोमा देखिएकी इनलाई हाम्रो टिमले तपाईलाई औषधी बिक्रि वितरण गर्न पाउने अधिकार छ की छैन भन्दा उनी भागेकि थिइन् भने नाम समेत बताइनन
|सरसर्ती हेर्दै जाँदा ज्योति मेडिकलका संचालक ले संचालन गरेको तुलसीपुर पोलिक्लिनिकमा पनी बेथिती र कानुन विपरित कार्य भएको पाइयो | पोलिक्लिनिकमा स्वाश्थ्य संस्था संचालन मापदण्ड २०७७ र स्वाश्थ्य संस्था स्थापना संचालन तथा स्तरउन्नती मापदण्ड सम्बन्धीनिर्देशिका २०७० मा भएका ब्यबश्था विपरित ५ वटा अस्पताल बेड राखेर बिरामी भर्ना गरेको
पाइएको थियो |उक्त मापदण्ड र निर्देशिकाले पोलिक्लिनिक हरुमा अस्पताल बेड राख्न पाउने ब्यबश्था गरेको छैन | डाक्टरले लेखे जस्तो गरी औषधी लेखी रहनु भा छ तपाइँ लाइ प्रेसक्रिप्सन लेख्ने अधिकार छैन किन लेखी रहनु भा छ भन्ने हाम्रो प्रश्नमा धौलाकोटि ले आफु लाइ औषधी प्रेसक्रिप्सन लेख्ने अधिकार भएको कुरा बताए | तर यता स्वाश्थ्य संस्था संचालन मापदण्ड २०७७ र स्वाश्थ्य संस्था स्थापनासंचालन तथा स्तरउन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० मा अ हे व ले सामान्य प्रकारका
बाहेक सबै प्रकारका औषधीको प्रेसक्रिप्सन लेख्ने ब्यबश्था छैन | यसरी मानव स्वाश्थ्य जस्तो संवेदनशील कुरा लाइ नियमन गर्न बनेका ऐन,नियमावली र निर्देशिका लाइ वेवास्ता गरेर औषधी बेची रहेका औषधी पसले हरुलाई किन कारवाही गर्नु हुन् भनी तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल लाइ प्रश्न गर्दा अब निरीक्षण गरेर गलत तरिकाले औषधी बेच्ने लाइ कारवाही को लागीसम्बन्धित निकायलाई सिफारिस गर्ने कुरा बताए | स्वाश्थ्य जस्तो संबेदनशील कुरामा यतिका
खेलवाड भा रैछ अब त्यसो हुन् दीइदैन उनले अगाडी भने |पहिला पहिला मान्छे हरु औषधी नपाएर मरेको इतिहास देखिन्छ भने हाल मान्छे हरु औषधी खाएर मर्ने गरी रहेका छन् यस्तो हुनुमा दक्ष जनशक्ति बाट औषधी बिक्रीवितरण र औषधीको बिकार संम्बन्धी काउन्सिलिंग राम्रो संग नहुनुको कारण हो नेपाल फार्मेशी संघ दाङ का अध्यक्ष सुलभ अधिकारीले राप्ति पहिचान संगको कुराकानीमा बताए | यहाँऔषधी पसल वाला हरुले अलिकती पैसाको लाभमा बिरामी लाइ धेरै औषधी खान भन्ने
जस्ता कारणले पनी मान्छे औषधी खाएर मर्ने भए उनले भने | औषधी ऐन २०३५ ले औषधी बिक्री गर्न चाहिने शिक्षा लाइ वर्गीकरण गरेको छ जसमा औषधीको गुण र बिकार, ब्यबश्थापन, भण्डारण र उत्पादन सम्बन्धी पढाइ हुने गर्दछ, औषधी बिक्रि वितरण गर्न दक्ष जनशक्ति भनेको हालको कानुन अनुसार सबै भन्दा तल्लो दर्जाको फार्माशिस्टले ३ वर्षीय डिप्लोमा इन फार्मेशी पढेको हुनु पर्छ भने त्यो भन्दा ३ प्रकारकाफारमाशिस्ट रहने ब्यबश्था गरेको छ | [ B PHAM ] ब्याचलर इन फार्मेशी, ४ वर्षीय
कोर्ष पुरा गर्नु पर्छ भने[ M- PHAM ] मास्टर फार्मेशी जो ब्याचलर फार्मेशी गरी सके पछीको थप २ वर्षीय कोर्ष पुरा गर्नु पर्ने ब्यबश्था छ| त्यस पछी को सबै भन्दा माथिलो दर्जा हो [PHAAM-D ]जसको ६ वर्षीय कोर्ष पढेर आउनु पर्ने ब्यबश्था छ |अधिकारी ले भने | तर यहाँ २०५४ साल भन्दा अघिको कानुनी ब्यबश्था अनुसार एक महिना फार्मेशी तालिम गरेका फार्माशिस्ट हरुलाइ पनी औषधी बिक्रि वितरण गर्नऔषधी ब्यबश्था विभागले अझै अनुमती दिन नछोडेकाले पनी औषधीको बिकार सम्बन्धी
गम्भीर समस्या निम्ती रहेको छ नेपाल फार्मेशी संघ का जिल्ला सचिव दया ज्ञवाली ले हामी संग भने |पैसा कमाउनकै लागी औषधी ब्यबशाय गर्ने प्रवृतिले पनी स्वाश्थ्य क्षेत्रमा गम्भीर स्वाश्थ्य समस्या निम्ति रहेको कुरा ज्ञवाली बताउछन | उनका अनुसार ५ दिन खानु पर्ने एन्टीवायोटिक औषधी १०दिन खान सुझाव दिने गरेर दुइ पैसाका लागी आफ्नो औषधी बिकाउने सोंचका साथ् मेडिकल ब्यबशायामा आएका अ-दक्ष मान्छे हरुले नै यो बिकराल समस्या आउनुमा जान अन्जान भूमिका खेली रहेको कुरा
बताए| एन्टीवायोटिक औषधी मात्रा अनुसार खाएमा औषधीको रुपमा काम गर्ने तर मात्रा भन्दा बढी खाएमा सोलोप्वैजन जस्तै खराब गर्ने कुरा ज्ञवाली बताउछन |सामाजिक न्याय<बेथिति विसंगती, भ्रस्टाचार, कानुनको उलंघन गर्ने जो कोहीका बिरुद्द उभिएको राप्ति पहिचान डटकम एउटा संचार ग्रिह हो यसको कर्तब्य सत्य तथ्य कुरा बाहिर ल्याउने हो र ल्याएको छ मानव स्वाश्थ्य जस्तो संबेदनसिल कुरामा खेलवाड मात्रै नभई खेलवाडको पराकाष्ठा नै देखा परेकाले कर्तब्य ठानेर ३ महिने अनुसन्धान र खोजी पछी यो समाचार बाहिर ल्याएका छौं राप्ति पहिचानका कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगर ले समाचार डेस्क लाइ बताए
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन छाड्ने निर्णय भने नगरेको बताए । बैठकमा गठवन्धन नतोड्ने तर सरकार बनाउन माओवादी अन्य विकल्पमा पनि खुला रहने समेत संचार कर्मी हरु लाइ जानकारी दिए ।उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए । बैठकमा अपेक्षा गरे अनुरुप प्रतिनिधि सभामा
सीट आउन नसकेको समिक्षा भएको महराले बताए ।बैठकपछि महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने भन्दै वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने बताए ।हामी एमाले संग पनी वार्ता गर्छौं यसमा अन्यथा मान्नु पर्ने कुनै बिषय नै होइन उनले अगाडी भने |हाम्रो पार्टी नेकपा माओवादी केन्द्र ले अपेक्षाकृत सिटमा जित हाँसिल गर्न नसकेका
कारण चुनावको प्रारम्भिक समिक्षामात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको उनले बताए ।राजनीतिक कोर्ष जता पनि जान सक्ने भन्दै उनले गठबन्धन अहिले यथावत नै रहेको बताए । तर भावी यात्राबारे अहिले कुरा नभएको उनले प्रष्ट पारे |
©2023 Rapti Pahichan. All rights reserved.