घोराही, ७ भदौ ।
प्रेस सेन्टर नेपाल, दाङले पत्रकार हेमन्त प्रकाश वलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा र सचिव जनक नेपालीले विज्ञप्ति जारी गरेर सरकारलाई प्रेस स्वतन्त्रता बिरोधी
हर्कत बन्द गर्न माग गर्नुभएको छ ।
विप्लव सम्बद्ध नेकपाले आयोजना गरेको बन्दको समाचार संकलन गर्न गएका जनपत्रकार संगठन दाङका अध्यक्ष वलीलाई मंगलबार बिहान प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको थियो ।
‘लोकतान्त्रिक सरकारको यस प्रकारको प्रेस स्वतन्त्रता बिरोधी हर्कत बन्द गर्न हामी जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हेमन्तजीलाई तत्काल रिहाइका लागि हामी सरकार समक्ष अनुरोध गर्दछौं ।’
साथै सेन्टरले लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता आभारभूत मान्यता भएको बताएको छ । ‘कुनै पनि दलमा आस्था राख्नु र उसलाई समर्थन गर्न पाउनु हरेक पेशामा जोडिएका आम नागरिकको नैसर्गिक अधिकार हो,’ विज्ञप्तिमा भनिएको छ, ‘आस्थाकै आधारमा पत्रकारहरू माथिको धरपकड अत्यन्त खेदजनक छ, हामी यस प्रकारको संविधान बिरोधी तथा मानवअधिकार बिरोधी हर्कत तत्काल बन्द गर्न सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं ।
©2023 Rapti Pahichan. All rights reserved.