रमा बुढा मगर–====
तुलसिपुर २१ जेठ २०७९, मैले माओवादी पार्टी परित्याग गरेरै स्वतन्त्र बाट चुनाव लडेको हुँ।यो भनाइ तुलसिपुर उपमहानगरपालिका वडा नं १६ का नव-निर्वाचित वडा अध्यक्ष शिवानन्द डाङ्गीको हो।२०७९ बैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको चुनावमा डाङ्गीले
माओवादी केन्द्र को निर्णय बिपरित स्वतन्त्र रुपमा वडा अध्यक्ष पदका लागी मनोनयन दर्ता गराए भने उनले सो वडामा चुनाव पनी जितेका छन।नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका सदस्य समेत रहेका डाङ्गी ले माओवादी केन्द्रले वडा अध्यक्ष पदमा टिकट
नदिए पछी माओवादी पार्टी परित्याग गरी तुलसिपुर १६ मा पुतली चुनाव चिन्ह लिएर स्वतन्त्र बाट चुनाव लडेका थिए। डाङ्गी तुलसिपुर क्षेत्रमा माओवादी केन्द्रका प्रभावशाली स्थानिय नेताको रुपमा चिनिन्छन।
उनको त्यही प्रभाव र जनतामा लोक प्रीयताका कारण उनले चुनाव जीतेको कुरा एक स्थानिय ले राप्ती पहिचान डटकम लाई बताए।अब तपाईं लाई माओवादी बाट निर्वाचित वडा अध्यक्ष भनौ कि स्वतन्त्र बाट चुनाव
जितेका वडा अध्यक्ष भनौ भन्ने हाम्रो प्रश्नमा मैले माओवादी पार्टी परित्याग गरी सकेको छु अहिले म माओवादीमा छैन डाङ्गीले हामी लाई बताए।
©2023 Rapti Pahichan. All rights reserved.