रमा बुढा मगर–===
तुलसिपुर ९ बैशाख २०७९, दाङका तीन जना कर्मचारी बिरुद्द अख्तियारमा उजुरी परेको छ।दाङको मालपोत कार्यालय घोराहीमा उनी हरु प्रमुख ओहदामा रहेका बेला टरीगाँउ श्थित २०२६ सालको सर्वे नापी हुदा नेपाल सरकारको नाउँमा दर्ता रहेको दाङ टरीगाँउ ९ ख कित्ता नं १७६ को ४३ बिगाह १६ गट्ठा साढे ४ धुर जग्गा बाट केही सरकारी जग्गा ब्यक्ती लाई पास
गरिदिएको र केही सरकारी जग्गामा अतिक्रमण गराउन मद्दत गरेको पाइए पछी उनी हरु बिरुद्द सरकारी सम्पत्ती हिनामिना गरेको आरोपमा उजुरी परेको हो।यस्तो उजुरी पर्नेमा तत्कालिन मालपोत कार्यालय दाङका कार्यालय प्रमुख अब्दुल कलाम खाँ, मालपोत अधिकृत कृष्ण
प्रसाद गौतम र मुद्दा शाखा प्रमुख कमल बहादुर वलीको नाम रहेको छ। उनी हरुले २०५७ सालमा नेपाल सरकारको नाउमा रहेको टरीगाँउ ९ ख कित्ता नं १७६ को ज बि ४३ बिगाह १६ गट्ठा साढे ४ धुर सरकारी जग्गा बाट कति लाई रजिस्ट्रेसन पास नै गरि दिएका छन भने कति लाई अतिक्रमण गर्न सघाएको भनिएको छ।
©2022 Rapti Pahichan. All rights reserved.