आज विषेश गरी सही र गलत विचको राष्ट्रिय संर्घष हो त्यस संघर्षलाई सहीतिर लिन मुस्कील परेको अवस्था छ भने गलततिर लिन खोज्ने हरूलाई पनी उस्तै। हामीहरूले नेपाललाई स्वाधिन तथा पंचसिलमा आधारित
लगायत आदी कुरा त गर्छौ सारतः पराधिनताको पराकाष्टतामा पो रहेछ त देश।नेपालदेशका नेताहरू स्वतन्त्र नभएको कुरा थाहा हामीहरूले पाईसके पछी आम जनता संग एकाकार भयर आत्मनिर्भर अर्थ प्रणाली भयको समाज निर्माण गर्न सक्यौ भने मात्र दलाल नोकरसाही संयन्त्रका मुख्य अंगहरू सेना,अदालत,अख्तियार,पुलिस,जेल र कर्चारी हरूलाई वदल्न सकीन्छ।जनबलका भरमा त्यसमा पनी सत्यतामा आधारित भयर सकीन्छ।
यदी जनतालाई निरन्तर रूपले विचारको ताजगिकरण गर्दै एकाकार भयनौ भने विघटन र प्रतिगमन सत्य कुरा हो अन्य कुरा गर्नु भ्रम हो। त्यसैले भ्रमबाट मुक्त हुनलाई इतिहासको सही वुझाई सहित वर्तमानमा हाम्रा कार्यभारहरू निर्धारित गरिनु पर्छ। निर्वाचन छलढाटमा आधारित छ त्यसको सहि तरिकाले भण्डाफोर गर्दै निर्वाचनमा आजको उत्पादन प्रणालीमा परिवर्तन गर्न सक्ने सक्तीलाई जनताहरूले मतदान गर्ने वातावरण बनाऔ। परंपरागत र
यथा-स्थितीका चुनावहरू बहीष्कार या विद्रोह गर्ने र निर्वाचन जनमुखी बनाउन आवसयक छ। यही दलाल पुँजीवादी संयन्त्रको चुनावमा जनताका प्रतीनिधीहरू हार्ने छन।जनताहरूले हार्ने र दलालहरूले जित्ने चुनावमा वलगर्न लगाई जनमुखी नेताहरूलाई कंगालीकरण गराउदै आएको वर्तमानको निरन्तरता क्रमभंग आजको आवसयकता हो। अर्को कुरा जनमुखी नेताहरूले दलाल हरू संग आर्थिक प्रतिस्पर्धा गर्न
नसक्ने अवस्थामा विद्रोह गर्दा पनी साथ नपाउने अबस्थाका कारण दलालहरूको प्रचारमा जुटनपर्ने वर्तमान अबस्थालाई चीर्न भने आवसयक छ। कैयौ नेताहरू र
दलहरू जनताबाट अलग हुदै साना हुनेको निरन्तरतामा निर्वाचन प्रणाली बदल्ने संघर्ष तिर लागौ चुनावतिर भन्दा अर्को कुरा के का लागी चुनाव दलाल लाई मात्र बदल्ने कुराहरू जनतामा छोटो समयमा स्पष्ट गर्न
मुश्किल पर्ने छ। 52 सालमा विद्रोह गर्ने हामी जीउदा मान्छेहरू की त लास भैसक्यौ,की डरायौ,थाक्यौ, कार्यदीसा विहीन भयौ या प्रतीगमनकारी हरू को चंगुलबाट
निष्कन सकेनौ यस्तै यावत कुराहरूको जवाफ त दिन पर्ला। आरोप कसैलाई लगाई अंधकारमा डुल्ने क्रान्तीकारी को देश यदि संसारमा छ भने नेपाल भने पक्कै हो भ्रममा पर्नु छैन। यही दलाल पुँजीवादि संयन्त्रको निर्वाचन प्रणालीबाट देशमा समाजवाद को आसा गर्नु भ्रम मात्र हो तर सत्य कुरा मालेमावादको
आलोकमा वीद्रोह नै हो। विद्रोह 52 सालमा जुन अन्तर विरोधमा टेकेर गरेका थीयौ त्यो भन्दा वैज्ञानिक र परिपक्व समय वर्तमान छ की अब सकीदैन भनौ यात सम्भव देख्नेहरू संगठित विद्रोहमा जुटौ। आज हतीयार बोकेर हीडनु छैन जनतामा सत्य कुरा लिएर सान्तीपुर्ण विद्रोह गराउने कुरा संबैधानिक अधिकार भित्रको कुरा हो। अन्तीम कुरा विद्रोह भन्ने विषय नापेअनुसार हुदैन वलिदान संघर्षको मैदानमा आवस्यक
छ सो मनोविज्ञानका साथ जनता हरू का विचमा पुगी आफु र जनतालाई सही बाटोमा हीडौ र हीडाऔ यसैमा जनताको तथा हाम्रो भविस्य छ अन्यकुरा भ्रम हो।।
©2023 Rapti Pahichan. All rights reserved.