तुलसीपुर २४ माघ । तुलसीपुरको पहाडी क्षेत्र राम्री क्षेत्रबाट चुनढुङगा उत्खनन गर्ने चर्चा चलेसंगै तुलसीपुरमा सर्वदलिय सर्वपक्षिय बैठक बसेको छ । बैठकमा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीले २०६९ साल देखी प्रक्रिया अघि बढाएको कुरा अहिले थाहा पाएको बताउनुभयो ।
संस्थाले आयोजना गरेको बैठकमा सहभागी स्थानिय जनप्रतिनिधि तथा सरोकारवालाहरुले चुनढुङगा उत्खनन गर्ने प्रक्रियालाई रोक्नु पर्ने जोडदार माग गरेका छन् । सुनगाभा माईनिङ प्रालिले तुलसीपुर ३ को राम्री क्षेत्रबाट चुनढुङगा उत्खनन गर्नका लागी अनुमति लिन लागेको प्रति खबरदारी गर्दै यसलाई रोक्नुपर्ने सहभागीहरुले माग गरेका छन् । चुनढुङगा उत्खननले तुलसीपुर ३ राम्री र तुलसीपुर ४ मुल्कोट खानेपानी मुहानलाई ठुलो असर पर्ने भन्दै यसलाई रोक्नु पर्ने उनीहरुको माग छ ।
संस्थाका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर नगरसमितिका सभापति सुरेस हमाल,नेकपा एमाले तुलसीपुरका प्रतिनिधि दुजमान भण्डारी, नेकपा माओवादी केन्द्र तुलसीपुरका भिम बहादुर चौधरी, जनता समाजवादी पाटीका संघिय परिषद सदस्य जीवन भण्डारी, नेकपा एकिकृत समाजवादी पार्टीका विष्णु थापा, राष्ट्रिय जनमोर्चाका दुर्गाप्रसाद भण्डारी, नेपाल कम्युनिष्ट पाटीका रुद्र बहादुर वली, क्रान्तीकारी माओवादीका मन बहादुर वली, तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर चेम्वर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ति, अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष चन्द्रकान्त खरेल, बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सदस्य पुस्कर रावतले पानीको स्रोत बचाउन उत्खनन् कार्य रोक्नुपर्ने बताएका थिए ।
©2023 Rapti Pahichan. All rights reserved.