तुलसीपुर, १४ माघ २०७८। नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले नेपालको लोकतान्त्रिक आन्दोलनमा कर्मचारी संगठनको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन तुलसीपुर नगर कार्यसमितिको आयोजनामा तुलसीपुरमा भएको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नेपालको राजनीतिक, लोकतन्त्रिक, मानवअधिकार र समाज रुपान्तरणका लागि कर्मचारीको महत्पूर्ण भूमिका रहेको केन्द्रिय सदस्य पाण्डेले बताउनुभयो ।
स्थानीय तह १५ बर्षसम्म जनप्रनिधी बिहीन हुँदा पनि कर्मचारीले व्यवस्थीत रुपमा कार्यसम्पादन गरेको बताउँदै समृद्ध नेपाल निर्माणमा लाग्न कर्मचारलाई आग्रह गर्नुभयो । साथै उहाँले जनताको मनजित्नेगरी काम गर्न पनि आग्रह गनुभयो ।
कार्यक्रममा अन्य बक्ताहरुले कर्मचारीले इमान्दारी पूर्वक जनताको सेवकका रुपमा काम गर्नुपर्ने बताउँदै पेशागत हकहितका लागि संगठीत भएर अघि बढ्नु पर्ने बताएका थिए ।
निजामति कर्मचारी संगठन तुलसीपुर नगर कार्यसमितिका अध्यक्ष भेषराज चन्दको अध्यक्षतामा भएको कार्यक्रममा, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य गोकर्ण वली, नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमितिका अध्यक्ष शेर बहादुर केसी, नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमितीका पूर्व अध्यक्ष खिमबहादुर डाँगी, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरी, नेकपा एमाले जिल्ला कमिटी सदस्य श्याम डाँगी, नेकपा एमाले तुलसीपुर नगर कमिटीका अध्यक्ष माधव वली, अखिल नेपाल महिला संघ तुलसीपुर नगर कमिटी अध्यक्ष यमुना परियार, स्थानीय कर्मचारी संघ लुम्बिनी प्रदेश संयोजक झरेन्द्र खरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका जिल्ला अध्यक्ष रुद्र पौडेल लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा निजामति कर्मचारी संगठनको नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी, पूर्व अध्यक्ष लगाएतलाई स्वागत तथा सम्मान गरिएको थियो । निजामति कर्मचारी संगठन नगर कार्यसमितिका उपाध्यक्ष दिपा सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव केशव डाँगीले गर्नुभएको थियो ।
©2023 Rapti Pahichan. All rights reserved.