बुधवार देखी सिस्टममा आएको समस्या बारे विभागलाई जानकारी गराउदा पनि सेवा सुचारु हुन नसकेको उहाले बताउनुभयो । सेवाग्राहीहरुको भिड लाग्ने मालपोत कार्यालयमा सेवा प्रभावित भएपछि सेवाग्राहीहरुले बुधवार देखी सेवा लिनबाट बन्चित भएका छन् । बुधवार दिनभर सेवा नपाएर फर्किएका सेवाग्राहीहरु विहिवार पनि त्यसै फर्कनु परेको छ । मालपोत कार्यालयमा सेवा लिन जानु भएका यज्ञ बहादुर बढाथोकीले बुधवार देखी कार्यालयका कर्मचारीले सिस्टमले काम नगरेको भन्दै फर्काउने गरेको बताउनुभयो ।
बुधवार पनि कार्यालयमा गएको थिए उहाले भन्नुभयो, कर्मचारीले आज सिस्टमले काम गरेको छैन भोली आउनुहोला भने। तर आज (विहिवार) जाँदा पनि समस्या उस्तै छ भन्दै सेवा बन्द गरिएको उहाले बताउनुभयो । के कारणले हो सेवा बन्द भएको हो हामीलाई भएन उहाले भन्नुभयो, तर यसरी सर्वसाधारण नागरिकले कति दिन दुख पाउने हो ।
©2023 Rapti Pahichan. All rights reserved.