रमा बुढा मगर——-=
तुलसिपुर पुस २१/२०७८, तुलसिपुर क्षेत्रमा पछिल्लो समय कोरोना संक्रमण ह्वात्तै बढेको छ। संक्रमितको संख्या दुई दिनमा २५ पुगेको छ। तुलसीपुर क्षेत्रमा पुस २० गते ११ जनामा कोरोना संक्रमन देखिएकोको थियो भने आज पुस २१ गते थप १४ जनामा सक्रमण देखिएको हो। आज संक्रमित हुनेमा तुलसीपुर ६ का ६ जना,वडा नं ८ का ३ जना, वडा नं ९ का एक जना, वडा नं ७ का १ जना, वडा नं १२ का २ जना, वडा नं १८ का १ जना रहेका छन्।
यो सँगै तुलसीपुरमा संक्रमित संख्या ३९ पुगेको छ।आज संक्रमित मध्य ३ जना विद्यार्थी,४ जना स्वास्थ्यकर्मी,१ जना इन्डीया बाट आएका १ जना शिक्षक तथा ५ जना अन्य समुदायका रहेका छन्। संक्रमित मध्य ११ जना खोप नलगाएका र २८ जना खोप लगाएका मानिस रहेको कुरा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा का कोरोना फोकलपर्सन विमल के सी ले राप्ती पहिचान लाई बताए। संक्रमित मध्य २ जना कोरोना इकाई अस्पतालमा भर्ना भएका छन् भने ३७ जना होमाइसोलेसनमा रहेको कुरा के सी ले अगाडी भने।
©2023 Rapti Pahichan. All rights reserved.