रमा बुढा मगर -==
घोराही १८ असोज २०७८, भ्रस्टाचार, घुसखोरी र कर छली बिरुद्द कलम चलाउदै आएका राप्ति पहिचान डटकम का प्रकाशक तथा कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगरले घोराही उपमहानगरपालिका भित्र भएको भ्रस्टाचारको फाइल आधार प्रमाण सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाई बुझाउने भएका छन। घोराही उपमहानगर मा २०७७ सालमा इन्धन घोटाला भएको समाचार बाहिर आएको थियो।
इन्धन घोटाला भएको समाचार बाहिरिए पछी घोराही उपमहानगर को मिति २०७७/०६/०८ गतेको ९०औ कार्यपालिका बैठक ले वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिती गठन गरेको थियो। समितिको सदस्य हरुमा वडा नं ५ का वडा अध्यक्ष विष्णुमणी दहाल,वडा नं १३ का अध्यक्ष रबिलाल घर्ती,वडा नं १७ का अध्यक्ष खुशिराम चौधरी र कार्यपालिका सदस्य धन बहादुर कुसुन्डा लाई सदस्यमा राखिएको थियो। इन्धन हिनामिना भएको
बारे छानबिन गर्न बनेको समिती ले ३ महिना ११ दिन लगाएर मिति २०७७/०९/१९ गते छानबिन प्रतिवेदन नगर कार्यपालिका लाई बुझाएको थियो। प्रतिवेदनमा उपमहानगरका तत्कालिन खरिद तथा जिन्सी शाखा प्रमुख बाबुराम पंथी ले रा १ ग ११ नं को फोहोर बोक्ने गाडी , रा १ग १७ नं को फोहोर बोक्ने टिप्पर, रा १ ग १३ नं को फोहोर बोक्ने गाडी,रा १ द २० नं को ट्रेक्टर उपमहानगरको नाम मा रहेका JCB र एक्साभेटर मा डिजल खरिद गर्दा व्यापक अनियमितता गरेको ठहर गरेको छ।
छानबिन समितिको दायरामा परेका जिन्सी शाखा प्रमुख बाबुराम पंथी ले फर्जी कुपन पेश गरि उपमहानगर बाट भुक्तानी लिइ सकेको २ लाख ५० हजार रुपैया, क्रीजल पेट्रोल पम्प बाट फर्जी कुपन को आफुले बुझ्न बाँकी रकम ९५ हजार र अरुणोदय पेट्रोल पम्प बाट फर्जी कुपन बाट बुझ्न बाँकी १ लाख ५५ हजार गरि जम्मा ५ लाख रुपैयाँ उपमहानगरको खातामा फिर्ता गर्नुले पनि उपमहानगरमा इन्धन घोटाला भएको पुष्टि
हुन्छ प्रतिवेदन मा उल्लेख छ। समितिको प्रतिवेदन को बुँदा २ को ९ मा कुपन दुरुपयोग गरि १६ लाख रुपैया अनियमितता भएको र सो रकम असुल उपर हुनु पर्ने देखाएको छ भने कुपन दुरुपयोग गरि अनियन्त्रीत तरिका ले रकम भुक्तानी माग्दा समेत भुक्तानी दिने निकाय लेखा अधिकृत र प्रमुख प्रशासकिय अधिकृत मौन बस्दा शंकास्पद देखिन्छ भनी भनेको छ। घोराही उपमहानगरमा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम के सी छन भने लेखा अधिकृतमा लोकमणी शर्मा छ्न।
उता इन्धन हिनामिना भएको समाचार बाहिरिएर छानबिन समिती बने पछी तत्कालिन जिन्सी शाखा प्रमुख बाबुराम पंथी सरुवा मिलाएर हाल राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा सरुवा भएका छन भने उपमहानगर ले उनलाइ कुनै किसिम को कारवाही प्रकृया अगाडि बढाएको छैन। छानबिन समितिले थप १६ लाख रुपैया असुल उपर गर्नु पर्ने भनी देखाएकोमा उपमहानगर ले यस तर्फ बेवास्ता गर्दै बसेको देखिन्छ।
छानबिन समितिले प्रतिवेदन बुझाएको झन्डै दस महिना सम्म पनि छानबिन प्रतिवेदन सार्वजनिक गरिएको छैन भने अनियमिततामा संलग्न कुनै कसैलाइ पनि कारवाही को दायरामा ल्याइएको छैन। बरु मिति २०७८/ असोज ६ गतेको कार्यपालिका बैठक ले घटनामा संलग्न सबैलाइ फेरि यस्तो नगर्ने गरि आम माफी दिइएको छ।
तत्कालिन जिन्सी शाखा प्रमुख बाबुराम पंथी बाट ५ लाख रुपैयाँ फिर्ता भइ सकेको र १६ लाख रुपैयाँ असुल उपर गर्ने भनी छानबिन समिती ले प्रतिवेदन दिएको भए पनि उपमहानगर ले हाल सम्म कुनै कसैलाइ कारवाहीको दायरामा नल्याएका ले आफू यस बिषयमा अदालत र अख्तियार मा उजुरी गर्न जाने निर्णय गरेको कुरा सामाजिक अभियन्ता तथा राप्ती पहिचान डटकम का प्रकाशक एग्गे बहादुर बुढा मगर ले राप्ती पहिचान डटकम का सम्पादक प्रेम बहादुर गुरुङ सङ्गको कुराकानी बताए।
मैले भ्रस्टाचार घुसखोरी र कर छली बिरुद्द संघर्ष गर्न संचारगृह खोली अभियान सुरु गरेको हुँ, घोराही उपमहानगरमा भएको भ्रस्टाचार लाई म टुलुटुलु हेरेर बस्न सक्दैन म अख्तियार मा पनि उजुरी गर्छु र अदालतमा पनि उजुरी गर्छु बुढा ले अगाडि भने। छानबिन समितिले दिएको प्रतिवेदन मा तत्कालिन खरिद तथा जिन्सी शाखा प्रमुख लाई मुख्य दोषी र प्रमुख प्रशासकिय अधिकृत ऋषीराम के सी र लेखा अधिकृत लोकमणी शर्मा
लगायतका को संलगलनता औल्याएको छ त्यसै लाई आधार मानी छानबिन गरि पाउ भनी सम्मानित अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिट निवेदन दिन्छु बुढाले फेरि भने। यता यही बिषयमा घोराही उपमहानगर का मेयर नरुलाल चौधरी लाई इन्धन घोटालाको बारेमा के भएको हो भनी सोध्दा आइन्दा यस्तो काम नगर्ने भन्ने शर्तमा छोडिएको छ भनी बताउछ्न।
उनले राप्ती पहिचान डटकम का प्रकाशक तथा कार्यकारी सम्पादक सङ्ग यस्तो बताएका हुन। यता यही बिषयमा प्रमुख प्रशासकिय अधिकृत सङ्ग प्रतिकृया माग्दा तत्कालिन आन्तरिक खरिद तथा जिन्सी शाखाका प्रमुख बाबुराम पंथीको बचाउ गर्दै तेलको कुपन बुझ्ने डाइबर अनि दोषी बाबुराम कसरी हुन्छ भनेर बताए। त्यसो भए बाबुराम पंथी ले ५ लाख रुपैयाँ उपमहानगरको खातामा बिनासित्ती किन रकम फर्काएका हुन? भन्ने हाम्रो प्रश्नमा छानबिन समिती का पदाधिकारी हरुले राती १० बजे घेरा हालेर तलाइ मार्छौ, काटछौ भने पछी उनी डराएर ५ लाख रुपैयाँ उपमहानगरको खातामा जम्मा गरेका हुन भन्ने जवाफ फर्काए।
छानवीन समितिको प्रतिवेदन मा भने पेट्रोल पम्प वाला ले बाबुराम पंथी ले एक पटकमा १५ /२० हजार देखि १ लाख रुपैयाँ सम्म उनले पेश गरेको फर्जी कुपनको पैसा हामी हरु बाट बुझ्ने गरेको कुरा बताएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ। सरसरती हेर्दा पहिला फर्जी कुपन को पैसा र यथार्थ तेलको पैसा पेट्रोल पम्प वाला को नाममा भुक्तानी गराउने र त्यस पछी यथार्थ पैसा पम्पवाला लाई छोडेर फर्जी कुपन को पैसा पंथिले बुझ्ने गरेको देखिन्छ।
©2023 Rapti Pahichan. All rights reserved.