रमा बुढा मगर====–
तुलसिपुर चैत ८ , तुलसिपुर चेम्बर अफ कमर्सको अध्यक्षमा टोप बहादुर घर्ती चयन भएका छन! घर्ती दोस्रो कार्यकाल का लागि निर्विरोध चयन भएका हुन! चैत ७ गते चेम्बर को प्रथम साधारण सभा ले घर्ती लाई दोस्रो कार्यकाल का लागि सर्वसहमत चयन गरेको हो! घर्ती सुशील फेन्शी स्टोर का संचालक हुन! यसै गरि चेम्बरको वरिष्ठ उपाध्यक्षमा प्रेम बाँठा मगर
उपाध्यक्ष मा वेणु अधिकारी,महासचिव प्रेमप्रकाश गीरी, कोषाध्यक्ष संतोष खडका,सह कोषाध्यक्ष युवराज नेपाली,सचिव ऋषिराज भन्डारी चयन भएका छन! त्यसै गरि सदस्य हरुमा योगेश लामिछाने,निर्मल कुमार पौडेल,विनोद पन्त, भागवत कमलापुरी, सनोद थापा,
सुमन गीरी, कर्ण बहादुर डाङ्गी, दुर्गा प्रसाद शर्मा, , मन्जित पुन, अभय सपलायर्सका प्रोप्राइटर नन्दन रोका, तस्वर वली, देव बहादुर पाण्डे, चक्र नेपाली र रमेश बुढाथोकी रहेका छन!
©2023 Rapti Pahichan. All rights reserved.