रमा बुढा मगर–=====
घोराही फागुन २९, एकाइशौ सताब्दी अहिन्दु मुलवासी मंगोल मुक्तीको शताब्दी हो भन्ने मुलनारा का साथ मंगोल नेशनल अर्गनाइजेसन नेपाल को दाङ्ग जिल्ला को तेस्रो जिल्ला अधिवेसन एक कार्यक्रम का बिच सम्पन्न भएको छ! मंगोल नेशनल अर्गनाइजेसनका
केन्द्रीय सचिव थम्मन बुढा मगरको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेसन ले प्रीतम चौधरी अध्यक्ष रहने गरी ४१ सदस्यीय जिल्ला संगठन समिती निर्माण गरेको छ! जसको सचिवमा प्रीन्स घर्ती,सह-सचिवमा जितम राना, कोषाध्यक्ष मन बहादुर पुन र सद्स्य हरुमा नरेन्द्र रोका
मगर,ज्योती रोका मगर, पुनम बुढा मगर,धर्म बहादुर चौधरी,रमिता चौधरी,गणेश चौधरी,लाल कुमारी बुढा, आशा चौधरी, शुसिला चौधरी लगायत रहेका छन! साथै अधिवेसन ले खड्ग बहादुर घर्तीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सल्लाहकार समिती पनी चयन गरेको छ! जसको सदस्यमा धनसरी रोका , हिरासरी बुढा र कान्ता बहादुर घर्ती लगायत रहेका छन! नेपाल मगर संघ दाङ्गको कार्यालय परिसरमा सम्पन्न कार्यक्रम
कल्पना चौधरीको स्वागत मन्तब्य बाट सुरु भएको थियो! अधिवेसन समापन कार्यक्रममा प्रमुख अतिथी थम्मन बुढा मगर, विशिष्ट अतिथी दिलिप धिमाल,कल्पना चौधरी,लाल बहादुर घर्ती र दिपक थापा मगर लगायतले शुभकामना मन्तब्य राखेका थिए!
©2023 Rapti Pahichan. All rights reserved.