तुलसिपुर, 22 फागुन। तुलसिपुर उपमहानगरपालिका वडा नं ३ कल्ले र सिद्धारामा आज देखि बिजुली बत्ती सुचारु भयको छ। तुलसिपुर उपमहानगरपालिका को बिकट ठाँउले बुझिने वडा नं ३ को कल्ले बल्ले टुनापानी सिद्धारा नाउला आम्बास थापापानीमा गत बर्ष देखि बिजुली बत्ती बाल्ने बिद्धुत प्राधिकरणको योजना भय पनि केहि समस्याका कारन संचालन हुन सकेको थिएन। आज फागुन २२ गते देखि कल्ले र सिद्धारामा बिजुली बत्ती सुचारु गरियको छ। अन्य वडामा पनि अब एक हप्तामा बत्ती छोडिने बिद्धुत प्रधिकरणले जनाएको छ। र बत्ती छोडिएको हुनाले अनआबस्यक पोलमा चढ्ने र पोलको नजिकको रुखमा नजान बिद्धुत प्राधिकरणले अनुरोध गरेको छ।
©2022 Rapti Pahichan. All rights reserved.