रमा बुढा मगर—=
तुलसिपुर फागुन ५ , पहिलो चरणमा अग्रपङ्तिमा खटिएका स्वास्थ्य कर्मी, अस्पताल प्रशासन तर्फ का कर्मचारी, शव ब्यबश्थापनमा खटिएका सुरक्षा कर्मी,एम्बुलेन्स चालक,महिला स्वाश्थ्य स्वयमसेविका र सरसफाइ कर्मचारी लगायत लाई कोरोना भाइरस विरुद्दको खोप दिएको सरकारले दोस्रो चरण मा सुरक्षा कर्मी, पत्रकार, निजामती कर्मचारी, स्थानिय तहका कर्मचारी, सिमा मा खटिएका सुरक्षा कर्मी, प्राधिकरण र संस्थान तर्फ का कर्मचारी लाई खोप दिने घोषणा गरे सङ्गै प्रहरी प्रशासन तर्फका सुरक्षा कर्मी ले धमाधम खोप लगाउन थालेका छन!
यसै क्रम मा आज मात्रै इप्रका तुलसिपुर अन्तर्गत का प्रहरी अधिकृत, जुनियर अधिकृत, अन्य दर्जा र जवान लगायत ६६ जना सुरक्षा कर्मी ले कोरोना विरुद्दको खोप लगाएका हुन! प्रादेशिक अस्पताल तुलसिपुर परीसरमा भेटिएका अ-स्थाइ प्रहरी चौकी गोलटाकुरी मा कार्यरत प्रहरी जवान देवराज डाँगीले आज आफुले पनि कोरोना विरुद्दको खोप लगाएको कुरा राप्ती पहिचान लाई बताए! नेपाल सरकार ले सुरक्षा कर्मी ले कोरोना विरुद्दको खोप लगाउनु भन्ने आदेश गरेको र नियामक कार्यालय बाट जानकारी पाए पछी आफू खोप लगाउन आएको र खोप लगाएको कुरा उनले बताए! आज कोरोना विरुद्द को खोप लगाउदा आफू कोरोना महामारी बाट जोगिएको महसुस भएको र यसै गरि देशका सबै नागरिक यो महामारी बाट जोगीनु पर्छ डाँगी ले हामी लाइ भने!
यता आज मात्रै १९३ जना लक्षित कर्मचारी ले कोरोना विरुद्दको खोप लगाएको कुरा तुलसिपुर उपमहानगर का कोरोना फोकलपर्सन बिमल के सी ले राप्ती पहिचान लाई जानकारी दिए ! उनका अनुसार यस अघि १८८६ जनाले खोप लगाइ सकेको र आज १९३ जना गरि आज सम्म कोरोना विरुद्द खोप लगाउने हरुको संख्या २०७९ पुगेको छ फोकलपर्सन के सी ले अगाडि भने! कोरोना विरुद्दको खोप लगाउदा कसै कसैलाइ सामान्य ज्वरो आउने जिउ दुख्ने झुम्म पार्ने सामान्य लक्षण देखिए पनि आत्तिनु पर्ने कुनै कारण नभएको कुरा उनले बताए!
हरेक औषधीमा सामान्य किसिमका साइटइफेक्ट हुन्छ त्यही कारण त्यसले रोग निको पार्ने काम गर्छ यसमा कोइ आत्तिनु पर्दैन आत्तिनु पर्ने कुनै कारण छैन केही बढी भइ हालेमा हामी स्वाश्थ्य कर्मी २४सै घन्टा अलर्ट बसेका छौ के सी ले फेरि भने! खोप लगाउन आउदा आफ्नो परिचय खुल्ने परिचयपत्र वा आफू कार्यरत कार्यालयको पत्र लिएर आउन भनिएको छ!
©2023 Rapti Pahichan. All rights reserved.