रमा बुढा मगर—
तुलसिपुर पुस ११, नेपाल कम्युनिस्ट पार्टी नेकपा का केन्द्रीय सदस्य राम जी चौधरी(मिलन)ले आफुले महाबुर्जुवा चिन्तन बोकेको समूह छोडेको कुरा बताएका छन! राप्ती पहिचान सङ्गको कुराकानीमा उनले यस्तो बताएका हुन! फुटको संघारमा पुगेको नेकपा हाल दुई समुहमा बिभाजित देखिएको छ! दुई समुह मध्य पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलि को समुहलाइ चौधारी ले समर्थन गरेका छन! चौधरी यस अघि तत्कालिन बिद्रोही नेपाल कम्युनिस्ट पार्टी को जिल्ला सेक्रेटरी, त्यस पछी एकीकृत नेकपा माओवादीको केन्द्रीय सदस्य, माओवादी केन्द्र हुँदा जिल्ला उप संयोजक र हाल यो भन्दा पहिला सयुक्त कमिटी हुदा नेपाल कम्युनिस्ट पार्टी नेकपा को लुम्बिनी प्रदेश सद्स्य थिए! चौधरी २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा दाङ्ग को निर्वाचन क्षेत्र नं ४ बाट प्रत्यासी हुन! उक्त चुनावमा चौधरी झिनो मतले पराजित भएका थिए! यता चौधरी ओलि समुहको केन्द्रीय सद्स्य भए पछि नेकपा भित्रको माओवादी खेमामा हलचल पैदा भएको छ! जनतामा लोकप्रीय मानिने चौधरी ले ओलि समुहलाइ समर्थन जनाए पछि चौधरी का समर्थक शुभचिन्तक हरु पनि ओलि समुहमा जाने पक्कापक्की देखिन थालेको छ! हामिले चौधरी लाई माओवादी खेमा मा रहेको तपाइको त्याग योगदान र बलीदानी छोडेर एक्कासी किन जानू भएको भन्ने प्रश्न मा माओवादी का कार्यकर्ता सर्वहारा श्रमजिवी नै भएको तर माओवादी खेमाको नेतृत्व महाबुर्जुवा, नवधनाढ्य र नवसामन्त को रुपमा उदाएका ले अब यी नेता बाट सर्वहारा श्रमजीवी वर्गको भलाइ नहुने देखेकाले आफुले यो खेमा छाड्नु परेको कुरा बताए! एक अर्को प्रसङ्गमा आफु नेकपा कै कार्यकर्ता भएको तर प्रचन्ड माधव खेमा ले पार्टि छोडेर नै सडक आन्दोलनमा गएको कुरा बताए! पार्टी को मुल नेतृत्व ओलि नै भएको र सर्वोच्च अदालतले नेकपा को मुल नेतृत्वकै पक्षमा फैसला दिन्छ उनले भने! आफूले सर्वहारा वर्गको नेतृत्व गरि रहंदा अहिले सम्म त्याग योगदान बाहेक केही नलगेको र माओवादी खेमा का नेता हरुले सर्वहारावर्गको नेतृत्व गरे बापत मासिक एक लाख रुपैया राज्यकोष बाट बुझ्ने गरेको कुरा बताए! प्रचन्डले भारतकै प्रायोजनमा जनयुद्द लडेका रहेछन अहिले पनि भारत कै इसारामा पार्टी, प्रधानमन्त्री र देशको रास्ट्रपती लाई नै समाप्त पार्ने खेलमा लागेका ले देशको स्वाधिनता सार्वभौमिक्ता र अखन्डता जोगाउन आफुले देशको प्रधानमन्त्री लाई समर्थन गरेको उनले बताए!
©2023 Rapti Pahichan. All rights reserved.