काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित जितपुरको कुखुरा पोल्टी फर्ममा आगलागी हुँदा २७ सय कुखुरा जलेर नष्ट भएका छन् ।
आगलागी गएराति भएको हो । भुसे चुलोबाट सल्किएको आगोले टहराको छवाली सल्केर पोल्टीफर्ममा आगो लागेको थियो ।
स्थानीय दीपक गिरीले चलाइरहेको उक्त फर्ममा रहेका प्यारेन्ट जातका २ हजार ७ सय वटा कुखुरा मरेका छन् । स्थानीय सहयोगमा आगो नियन्त्रणमा लिइए पनि कुखुरा जलेका थिए ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार आगलागीबाट करिब १५ लाख बढी मूल्य बराबरको क्षति भएको छ । फर्मको बीमा गरिएको थिएन ।
©2023 Rapti Pahichan. All rights reserved.