मंगलसिङ घर्ती,
तुलसिपुर मंसिर २०, तुलसिपुर उपमनपा वडा नं ७ श्थित अजम्बरी कृषि सहकारी संस्था को नवौ वार्षिक साधारण सभा एक कार्यक्रमका बिच सम्पन्न भएको छ! साधारण सभा संस्था का अध्यक्ष दिपक वली को अधयक्षता र तुलसिपुर उपमनपा वडा नं ५ का वडा अध्यक्ष बिरेन्द्र शाह को प्रमुख आतिथ्यतामा भएको हो! कार्यक्रम मा संस्था का अध्यक्ष दिपक वली ले प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने तुलसिपुर १७ बगौसी का अनाथ बालक बिजय वि क लाई संस्था को तर्फ बाट छात्रवृत्ती २ हजार रुपैया प्रदान गरिएको थियो! संस्थामा खाली रहेको पदपुर्ती गर्ने प्रस्तावमा शंकर विस्ट लाई ऋण उपसमिती को सदस्य र लेखा समिती को सदस्यमा मख्खन चौधरी लाई मनोनयन गर्ने निर्णय सर्वसम्मती बाट पारित भएको थियो! त्यसै गरि सल्लाहकार समितिमा साबित्रा गुरुङ्ग,मिनराज वली, ओमलाल बुढाथोकी,बेदप्रसाद वली र इन्द्रादेवी शर्मा लाई चयन गर्ने निर्णय भएको छ! संस्था का लेखापाल कमला वली गौतमको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी बिरेन्द्र शाह विशिष्ट अतिथी साबित्रा गुरुङ्ग वक्ता हरु मिनराज वली बेदप्रसाद वली शंकर विस्ट शैलेन्द्र वली ओमलाल बुढाथोकी ले संस्थाको प्रगतीको कामना गर्दै शुभकामना मन्तब्य राख्नु भएको थियो! कार्यक्रम को संचालन संस्थाका ब्यबश्थापक ललित के सि ले गर्नु भएको थियो!
©2023 Rapti Pahichan. All rights reserved.