बर्दीया, कात्तिक ५ । बर्दियामा घाँस काट्ने समयमा बाघले आक्रमण गर्दा एक युवकको मृत्यु भएको छ । जिल्लाको मधुवन नगरपालिका ३ भगरैयामा बाघले क्रमण गर्दा २६ वर्षिय गंगा खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। खत्रीलाई आज सशस्त्रको बिओपी नजिक २५ मिटरको दूरीमा बाघले आक्रमण गरेको थियो।
यो क्षेत्र नेपाल(भारत सीमाको खाता जैविक मार्ग हुँदै सीमासँग नजिक भारतको कतरनिया घाट वन्यजन्तु आरक्षसँग जोडिएको घना जंगल पर्दछ । बर्दियाको राष्ट्रिय निकुञ्ज क्षेत्रमा समय सयमा बाघले आक्रमण गर्ने गरेको छ । केहि महिना अघि पनि माछा मार्न गएका एक जनाको बाघले आक्रमण गर्दा दुई दिन पछि मात्र शब फेला परेको थियो ।
©2023 Rapti Pahichan. All rights reserved.