मङ्गलसिङ घर्ती
तुलसिपुर असोज २७, पश्चिम दाङ्ग को एक सामुदायिक बन उपभोक्ता समूह बाट साल जातको चिरान काठ सहित सा व का अध्यक्ष सहित दुई जना पक्राउ परेका छन भने एक जना फरार रहेका छन! पश्चिम दाङ्गको शान्तिनगर गाउपालिका वडा नं ३ को हरियाली सामुदायिक बनमा यस्तो घटना भएको हो! सामुदायिक बन का अध्यक्ष सन्तविर कामी लाई २२, ९३ क्यु फिट र सोही ठाउँ निवासी शसिराम घर्ती लाई ३७ क्यु फिट साल जातको चिरान काठ सहित पक्राउ गरेका छौ सबडिभिजन बन कार्यालयका प्रमुख दयाराम पौडेल ले राप्ती पहिचान लाई बताए! त्यस्तै शान्तिनगर ३ कै हुम बहादुर बि क को घर बाट ४२ क्यु फिट साल जातको चिरान काठ र सामुदायिक बनमा हुम बहादुर बि क ले काटेका तर चिरान गर्न बाँकी रहेका ३५ क्यु फिट साल जातको गोलिया काठ पनि बरामद भएको छ भने हुम बहादुर वि क फरार रहेका छन पौडेल ले अगाडि भने! हरियालि सामुदायिक बनमा हालसालै २१ वटा साल जातका रुख काटिएका छन, रुख काट्न अनुमती दिने मा समुहका अध्यक्ष सन्तविर कामी र समुहका कोषाध्यक्ष धनसिङ घर्ती भएकोमा अध्यक्ष सन्तविर कामी पक्राउ परे पनि कोषाध्यक्ष धनसिङ घर्ती पक्राउ नपर्नुमा सब डिविजन बन कार्यालय श्रीगाउ का कार्यालय प्रमुख दयाराम पौडेलको मिलेमतोमा घर्ती लाई पक्राउ नगरिएको कुरा एक स्थानिय ले बताए! समुहका कोषाध्यक्ष धनसिङ घर्ती को घरमा पनि साल जातको चिरान काठ छ, कति काठ उनले बन कर्मचारी को मिलेमतोमा लुकाइ सकेका छन भने शसिराम घर्ती को घर बाट भेटिएको काठ उनकै भएको अर्का स्थानिय ले बताए! २०७५/ सालमा पनी यस्तै प्रकारले बनमा सालजातका रुख कटानी भइ बिक्री गर्ने तयारी गर्दै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग को टोलि ले २०७ क्यु फिट साल जातका गोलिया काठ फेला पारी अध्यक्ष सन्तविर कामी र कोषाध्यक्ष धनसिङ घर्ती का जिम्मा राखी अनुसन्धान थालेको थियो तर अहिले त्यो काठ पनि वि क र घर्तिले बिक्री गरि सकेका छन स्थानिय लोक बहादुर वलि ले राप्ती पहिचान लाई भने! यसै बिषयमा डिभिजन बन कार्यालय दाङ्गमा सम्पर्क गर्दा शान्तिनगरको हरियाली सामुदायिक बन बाट १३६ क्यु फिट भन्दा बढि सालजातको चिरान काठ सहित समुहका अध्यक्ष सहित दुई जना लाई पक्राउ गरि सकेका छौँ भने एक जना फरार रहेका छन दुई जना लाई जिल्ला अदालत बाट म्याद थप गरि मुद्दा चलाउने तयारी गरीका छौ भने एक जना लाई फरार घोषणा गरि मुदा चलाउने तयारिमा छौँ डिभिजन बन कार्यालय दाङ्ग का प्रमुख ले हामिलाइ बताए!
©2023 Rapti Pahichan. All rights reserved.