मङ्गल सिङ घर्ती
तुलसिपुर असोज २४, दाङ्गको बेल्झुन्डी श्थित कोरोना विशेष अस्पत्तालमा पहिलो पटक एक जना महिला को ज्यान गएको छ! तिलोत्तमा नगरपालिका वडा नं ३ निवासी ६६ वर्षिय महिला को कोरोना संक्रमण का कारण असोज २४ गते बिहान ८ बजे ज्यान गए पछि कोरोना संक्रमणका कारण दाङ्गमा ज्यान जाने क्रम सुरु भएको हो! रुपन्देही श्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पत्ताल र प्रादेशिक अस्पत्तालमा आइ सि यु वेड नपाए पछि उनलाइ थप उपचारका लागी गएराती १० बजे दाङ्गको बेलझुन्डी श्थित कोरोना बिशेष अस्पत्तालमा भर्ना गरिएको थियो! कोरोना संक्रमण बाट मृत्यु भएको महिलाको शव नेपाली सेनाले ब्यबश्थापन गरेको छ कोरोना विशेष अस्पत्तालका ब्यबश्थापक दोर्ण वलि ले राप्ती पहिचान लाई बताए! यस अस्पत्तालमा हाल सम्म ५०५ जना कोरोना संक्रमित हरु आएकोमा ४९५ जना संक्रमण मुक्त भइ घर गइ सकेको र एक जनाको मृत्यु भएको, २ जना आइ सि यु मा उपचारारत छ्न भने ७ जनाको जनरल वार्डमा राखेर उपचार गरि रहेका छौँ वलि ले अगाडि भने!
©2023 Rapti Pahichan. All rights reserved.