काठमाडौ।प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई पनि कोरोना संक्रमण देखिएको छ। उनले शुक्रबार पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए। उनले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जनाएका हुन्। उनले यसबीचमा सम्पर्कमा आएका सबैलाई पिसिआर परीक्षण गर्न अनुरोध गरेका छन्।
उनीसहित प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापाले स्वाब दिएका थिए। उनीहरू दुवैलाई संक्रमण पुष्टि भएको छ। यस्तै, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ।प्रधानमन्त्री निवासमा खटिएका दर्जनबढी सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण देखिएपछि उनीहरू कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।
©2023 Rapti Pahichan. All rights reserved.