मङ्गल्सिङ घर्ती——-
असोज ११, दाङ्गको बबइ गाउपालिकामा आ व २०७६/०७७ मा बिकास खर्च भन्दा सेवासुविधा खर्च झन्डै दोब्बर बढि भएको पाइएको छ! गा पा को लेखा शाखा को चालू तर्फ र पुँजिगत तर्फको खर्च बिबरण हेर्दा बिकास खर्च तर्फ १३ करोड ४५लाख ८४ हजार ७७९ रुपैयाँ मात्र बिकासे काम काजमा खर्च गरेको देखिन्छ भने सेवा सुविधा खर्च तर्फ २० करोड ५९ लाख ९३ हजार ३०८ रुपैया खर्च भएको देखिएको छ! सरसर्ती हेर्दा गा पा को कुल बजेटको ६६ प्रतिशत रकम सेवासुविधा मा खर्च गरिएको पाइन्छ भने बिकास तर्फ जम्मा जम्मी ३३ प्रतिशत रकम मात्र खर्च गरिएको पाइएको छ! जनता का घर दैलो सम्म बिकास र परिवर्तनको अनुभूति हुने गरि काम गर्छौँ भन्ने नारा लगाएर चुनाव जितेका कम्युनिस्ट नेता हरु आफै सुख भोगी भएर बिकास खर्च भन्दा सेवासुविधा खर्च बढी गरेछन यो दुखद कुरो हो एक स्थानिय ले नाम नबताउने शर्तमा राप्ती पहिचान लाई भने! सेवा सुविधा खर्च तर्फको खर्च विवरण मा २८लाख १४ हजार रुपैयाँ पदाधिकारी ले मात्रै बुझिइ लगेको देखिन्छ भने १४ लाख ६६ हजार ११५ रुपैयाँ संचार गृह हरुमा भुक्तानी भएको देखिन्छ! उता भ्रमण खर्चमा पनी अत्यधिक रकम खर्च भएको देखिन्छ! भ्रमण खर्चमा मात्रै २० लाख ५५ हजार ७४८ रुपैयाँ खर्च गरेको गा पा ले विविध खर्च भनी २० लाख ६६ हजार ७४८ रुपैयाँ खर्च गरेको छ! बिकास खर्च भन्दा सेवासुविधा खर्च ७ करोड १४ लाख ८ हजार ५२९ रुपैयाँ बढी देखिएको छ! हाम्रो प्रश्नमा नेकपा का स्थानिय नेता भिम बहादुर वलि ले यो ब्यबश्था नै पुँजिवादी ब्यबश्था हो यो ब्यबश्था ले जनताको भन्दा पुजी र आफ्नो आनसानको बढि संरक्षण गर्ने गर्छ त्यसैको एउटा छनक बबइ गा पा मा देखिएको हो भने! सरकार मा बसेका हरुलाइ पार्टिले लगाम लगाउन किन सकेन भनी सोध्दा ब्यबश्था ले लगाम लगाउन दिदैन नेता हरुले कम्युनिस्ट बिचार दर्शन भुली सके शासन नै जनताको पक्षमा छैन नेता हरुको के कुरा भनी भने! बबइमा यस्तो पनि भएको रहिछ हामिलाइ त थाहानै थिएन उनले अगाडि भने! नेपाली सर्वहारा वर्गका जनतालाई सत्ता सुम्पिन समाजवाद उन्मुख कागजी कार्यदिसा बनाएर सत्ता मा पुगेका नेकपा का नेता भुवनेश्वर पौडेल हाल बबइ गाउपालिकाका अध्यक्ष छन!
©2023 Rapti Pahichan. All rights reserved.