लमजुङ जिल्ला सामुदायिक अस्पतालका एक स्वास्थ्यकर्मीसहित लमजुङमा शुक्रबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला समुदायिक अस्पतालमा कार्यरत २१ वर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।बेसीशहर नगरपालिका वडा नं. ८ का ५१ वर्षीय पुरुष, २९ वर्षीया महिला, २ वर्षकी बालिका, बेसीशहर नगरपालिका वडा नं. ७ का २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।लमजुङमा हालसम्म कोरोना संक्रमितको संख्या २८२ जना पुगेका छन्, भने उपचारपछि घर फर्किएको संख्या १२१ जना पुगेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
©2023 Rapti Pahichan. All rights reserved.