तुलसीपुर, १९ भदौ । तुलसीपुरमा दुई वटा एम्बुलेन्स एक आपसमा ठोक्कीदा एक जना घाईते भएको प्रहरीले जानकारी दिएको छ ।
घाईते हुनेमा प्युठानको, प्युठान नगरपालिका २ जुम्री निबासी २४ बर्षकी रतिमा विष्ट रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको रा१झ १७२ र सल्यानबाट तुलसीपुर आउँदै गरेको रा१च ४७७ नम्बरको एम्बुलेन्स रक्षाचौरमा एक आपसमा ठोक्कीदा दुर्घटना भएको थियो । घटना करिब दुई बजे भएको थियो ।
©2023 Rapti Pahichan. All rights reserved.