२० साउन ,कोहलपुर बाँके।
रिक्त भएको साढे ६ महिनापछि प्रदेश ५ को प्रदेश सभाले विपक्षी दलको नेता पाएको छ। आज मंगलबार बुटवलमा बसेको कांग्रेस संसदीय दलको बैठकले हाल उपनेता रहेका विरेन्द्र कनोडियालाई दलको नेता चयन गरेको हो।कनौडियालाई पार्टी संसदीय दलको नेतामा प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापति डिल्ली चौधरीले समर्थन गरेका थिए।
कनोडिया कपिलवस्तु ३ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।
आम निर्वाचन २०५६ मा कपिलबस्तुबाट प्रतिनिधि सभामा सदस्य भएका कनोडिया २०५८ सालमा जलस्रोत सहायक मन्त्री भएका थिए।
गत माघ ६ गते संसदीय दलका नेता बलदेव शर्माको क्यान्सरका कारण मृत्यु भएपछि उपनेेता कनौडिया कार्यवाहक नेता बनेका थिए ।
प्रदेश सभामा प्रमुख विपक्षी दलको भूमिका सशक्त र प्रभावकारी बनाई सरकारलाई गलत निर्णय र काम गर्नबाट रोक्न आफूले सशक्त ढंगबाट काम गर्ने नव निर्वाचित संसदीय दल का नेता कनौडियाले बताएका छन् ।
©2023 Rapti Pahichan. All rights reserved.