१४ साउन ,कोहलपुर बाँके।
बाँके जिल्लाको नेपालगंज मा ट्राफिक प्रहरी बाँकेले ट्राफिक व्हिल लकको सुरुवात गरेको छ।
सुरुवात संंगै ट्राफिक प्रहरीले मंगलबार साझँसम्म अस्तब्यस्त रुपमा पार्क गरिएका सवारीसाधनलाई व्हिल लक लगाउन सुरु गरेको छ।
ट्राफिक प्रहरीले अव्यवस्थित रुपमा नेपालगन्जको बिपि चोक, धम्बोझी चोक लगायतका स्थानमा पार्क गरिएका १२ वटा चार पाङ्ग्रे सवारीसाधनलाई व्हिल लक लगाएको नेपालगन्ज ट्राफिक पोस्टका प्रमुख प्रहरी नायब निरीक्षक भरत प्रसाद पौडेलले बताए।
व्हिल लक लगाएका सवारीसाधनलाई जरिवाना समेत तिराइएको छ।त्यस्तै २ पाङ्ग्रे सवारीसाधनका चालकलाई भने एक पटकलाई सम्झाई बुझाई गरिएको प्रहरी नायब निरीक्षक पौडेलले भने।
यो कार्यलाई ट्राफिक प्रहरीले दिनहुँ निरन्तरता दिने समेत बताइएको छ।
©2023 Rapti Pahichan. All rights reserved.